सिन्धुली – सिन्धुलीका ५९ जना बालबालिकाले वैदेशिक रोजगार छात्रवृत्ति पाउने भएका छन् । आर्थिक वर्ष ०७७/७८ मा जिल्लाका ५९ जना बालबालिकाले बैदेशिक रोजगार छात्रवृत्ति पाउने शिक्षा विकास तथा समन्वय इकाई सिन्धुलीका प्रमुख शान्तिराम पौडेलले बताउनुभयो । उहाँका अनुसार शिक्षा विकास तथा समन्वय इकाई सिन्धुलीको खातामा वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले ५ लाख २० हजार रुपैया छात्रावृत्ति खातामा पठाइसकेको छ ।
बैदेशिक रोजगार बोर्डले छात्रावृत्तिका लागि शिक्षा विकास तथा समन्वय इकाई सिन्धुलीको खातामा पठाएको रकमको ढिला जानकारी दिएको कारण छात्रवृत्ति बाड्न ढिला भएको उहाँले बताउनुभयो । अहिल विद्यार्थीलाई धमाधम छात्रवृत्ति वितरण गरिरहेको प्रमुख पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार यहि असोज मसान्त भित्र छात्रवृत्ति बाडि सकिने छ । आर्थिक वर्ष ०७७/७८ मा आधारभूत तहका ४१ जना र माध्यामिक तहका १८ जना गरि ५९ जनाले वैदेशिक रोजगार छात्रावृत्ति पाउने भएको उहाँले बताउनुभयो । श्रम स्वीकृति लिइ वैदेशिक रोजगारीमा गइ करार अवधिभित्र मृत्यु भएका वा पूर्ण रुपमा असक्त गम्भीर बिरामी भएका कामदारका बालबालिकालाई उक्त छात्रवृत्ति प्रदान गरिन्छ । बैदेशिक रोजगार छात्रवृत्ति कक्षा १ देखि ८ कक्षा सम्म पढ्ने विद्यार्थीले वार्षिक रुपमा ८ हजार रुपैया र कक्षा ९ देखि १२ कक्षासम्म पढ्ने विद्यार्थीले १२ हजार रुपैया पाउने प्रमुख पौडेलले जानकारी दिनुभयो ।
यस्तै आर्थिक वर्ष ०७८/८९ को वैदेशिर रोगार छात्रवृत्तिका लागि यहि असोज मसान्त सम्म आवेदन दिनुपर्ने छ । असोज मसान्त सम्म छात्रवृत्ति प्राप्त गर्नुपर्ने विद्यार्थीले सम्बन्धी विद्यालय मार्फत शिक्षा विकास तथा समन्वय इकाई सिन्धुलीमा सिपारिस दिन प्रमुख पौडेलले आग्रह गर्नुभयो । वैदेशिक रोजगारमा मृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृत्यु भएका अभिभावकका माध्यममिक तहसम्मका छोराछोरीले वैदेशिक रोजगार छात्रावृत्ति पाउने छन् । श्रम स्वीकृति लिइ बैदेशिक रोजागरमा गइ मृत्यु, अंगभंग भएकाका सन्ततीलाई शतप्रतिशत आर्थिक सहायता लिएका कामदार, सामूदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थी आर्थिक सहायता लिएकाको हकमा छात्रवृत्ति प्राप्त हुने छ ।
वैदेशिक रोजगारको लागि सुरक्षित आप्रवासन सामी परियोजना सूचना तथा परामर्श केन्द्र सिन्धुलीले पनि वैदेशिक रोजगारका क्रममा मृत्यु भएका अंग भंग भएकाहरुकाका छोराछोरीलाई छात्रावृद्धि दिलाउन पहल गरिरहेको छ । छात्राबारे प्रचार प्रसार गर्ने, छात्रवृद्धि पाउनै पर्नेहरुका लागि बोर्डमा समन्वयको भूमिका निर्वाह गर्ने गरिरहेको सामी कार्यक्रम संयोजक केआर विजय बताउनुभयो । यस्तै वैदेशिक रोजगारमा श्रम स्वीकृत अवधि अगावै मृत्यु भएका तथा अगंभगं भएका सामीमा आएका व्यक्तिका बालबालिकालाई छात्रवृत्ति सम्बन्धी जानकारी गराइरहेको उहाँले बताउनुभयो । साथै प्रत्येक स्थानिय तहमा खटिएका स्वयम सेवक आरभिहरुले वेदैशिक रोजगारमा गएका व्यक्तिका घरघरमै पुगेर सुचना दिइरहेको संयोजक केआर विजयले बताउनुभयो । वैदेशिक रोजगारका क्रममा मृत्यु भएका अंग भंग भएकाहरुकाका छोराछोरीलाई छात्रावृद्धि दिलाउन आफुहरुले पहल गरिरहेको उहाँको भनाइ छ ।