शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा गाली बेईज्जति मुद्दामा फरार २ प्रतिबादी पक्राउ

मंगलवार , आश्विन ५, २०७८

सिन्धुली – सिन्धुलीमा गाली बेईज्जति मुद्दामा फरार २ प्रतिबादीलाई प्रहरीले पक्राउ गरेको छ । गालि बेईज्जति मुद्दामा जिल्ला अदालत सिन्धुलीको फैसला अनुसारको जरिवाना नतिरि १२ वर्ष देखि फरार रहेकी कमलामाई नगरपालिका ४ आहालेकी ६१ वर्षिय चमेली तोलांगे सार्की र ४ वर्ष देखि फरार रहेकी गोलन्जोर गाउँपालिका ८ हिर्दिङकी ४७ वर्षिय कृष्ण कुमारी बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो ।

चमेली तोलांगे साकीलाई अन्जु कुमारी मँग्राती बगलकोटीको गालि बेईज्जति गरेको जाहेरीको अनुसार जिल्ला अदालत सिन्धुलीले ०६६ पुष ३० गते दुइ हजार जरिवाना सजाय तोकेको थियो । जरिवारना नतिरि फरार रहेकी तोलाङगे सार्कीलाई खोजतास गर्ने क्रममा प्रहरीले सिन्धुली बजारबाट पक्राउ गरि आवश्यक कार्वाहीको लागि सिन्धुली जिल्ला अदालत सिन्धुलीमा पठाएको थियो । प्रतिवादी सार्कीले जरिवाना वापतको रकम बुझाएपछि जिल्ला अदालत सिन्धुलीले छोडेको छ ।

यस्तै कृष्ण कुमारी बस्नेतलाई अम्मर बहादुर बस्नेतको गालि बेईज्जति गरेको जाहेरीको अनुसार जिल्ला अदालत सिन्धुलीबाट ०७४ कार्तिक ३० गते २ सय ५० रुपैया जरिवाना फैसला गरेको थियो । अदालतले तोकेको जरिवाना नबुझाई फरार रहेकी प्रतेबादी बस्नेतलाई खोजतास गर्ने क्रममा प्रहरीले गोजन्जोर गाउँपालिका ८ हिर्दिङमा फेला पारी पक्राउ गरेको थियो । पक्राउ गरिएको बस्नतेलाई आवश्यक कार्वाहीको लागि सिन्धुली जिल्ला अदालत सिन्धुलीमा पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । बुझाउनु पर्ने जरिवाना वापतको रकम सिन्धुलि जिल्ला अदालत सिन्धुलीमा बुझाई मुक्त भइसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया