सिन्धुली, – सिन्धुलीमा मोटर साईकल दुर्घटना हुदाँ १ जनाको घटना स्थलमै मृत्यु भएको छ । सिन्धुलीमाढी देखी काठमाडौँ तर्फ जादै गरेको प्रदेश २, ०३०४, प ४३८९ नम्बरको मोटरसाईकल बिपि राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका ५ मुल्कोटमा आफै अनियन्त्रीत भई दुर्घटना हुदा सर्लाही जिल्लाको संग्रामपुर का २६ बर्षिय अजमत अंसारी को मृत्यु भएको इलाका प्रहरी कार्यलय खुुर्कोटका प्रहरी निरिक्षक अनिल राज गिरीले जानकारी दिनुभयो ।
दुर्घटना भएर मोटर साईकल सडकमै रहेको भएपनि मृतकको सव सडक देखि २६ फिट तल भेटिएको प्रहरी निरिक्षक गिरीले जानकारी दिनुभयो । गिरीका अनुसार प्रारम्भीक अनुसन्धानमा मोटर साईकल आफै अनियन्त्रीत भई दुर्घटना भएको हो । सव पोष्टमार्टमको लागि जिल्ला अस्पताल सिन्धुलीमा ल्याइएको छ ।