शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीका गायक वुद्ध खत्रीको शंकास्पद मृत्यु (तस्बिरहरु सहित)

शुक्रवार , भाद्र २५, २०७८

सिन्धुलीका गायक बुद्ध खत्री मृत अवस्थामा फेला परेका छन् । सिन्धुलीमा जन्मिएका खत्री लोक गीतसंगीतमा चर्चा कमाउन सफल गायक हुन् । खत्रिको बिहिबार मृत्यु भएको सिन्धुलीका गायक माधव थापाले सामाजिक संजाल फेसबुक मार्फत जानकारी दिएका छन् । पछिल्लो समय उहाँ भक्तपुरमा वस्दै आउनु भएको थियो । तर, उहाँको शव भने रामेछाप र दोलखाको सिमानामा फेला परेको थापाले जानकारी दिनुभयो । सामाजिक संजाल फेसबुकमा थापाले सिन्धुलीको मान्छे, काठमाण्डौको वसाई तर रामेछाप र दोलखाको सिमानामा लास भेटिनुमा केहि शंकास्पद रहेको बताउनुभएको छ । शवसँगै झोलामा दुईवटा छाता र कालो चस्मा भेटिएको छ ।

मृतकको शरिरमा चोटपटक देखिनु र गाडी पनि नपुग्ने ठाउँमा मृत शरिर भेटिनुलाई रहस्यमय भएको थापाले आफ्नो वालमा लेख्नु भएको छ । मृत शरिरलाई पोष्टमार्टमको लागि दोलखा अस्पताल लगिएको र आज (शनिबार) घटनास्थल तर्फ जाने गायक थापाले जानकारी गराउनु भएको छ । मृत शरिरलाई काठमाडौँ लगिने पनि जानकारी गराउनु भएको छ । सिन्धुलीको फिक्कल गाउँपालिकाका लोक गायक वुद्ध खत्रीले ‘कटारीमा गेट’, ‘के छ मनको सुर’, ‘सिन्धुलीको फिक्कल महादेव डाडा’, ‘सुन्दर सिन्धुली’ लगायत करिव चार सय लोक गीतहरुमा आफ्नो स्वर दिनुभएको छ ।

प्रतिक्रिया