शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा डाक्टरको लापर्बाहिको कारण बालकको मृत्यु भएको घट्ना ५ लाख रुपैयामा मिलापत्र

बिहिवार , भाद्र २४, २०७८

सिन्धुली , २४ भदौ – सिन्धुलीमा हेल्थ केयरको लापर्बाहिको कारण बालकको मृत्यु भएको घट्ना ५ लाख रुपैयामा मिलापत्र भएको छ । तिनपाटन गाउँपालिका २ भिमस्थानको ओम शान्ति हेल्थ केयर (हस्पिटल)को लापर्बाहिका कारण ७ महिने बालकको मृत्यु भएको थियो । उक्त घट्ना पिडित परिवारलाई ५ लाख रुपैया दिइ मिलापत्र गराइएको छ ।

प्रहरी, जनप्रतिनिधि, राजनितिक दल र घट्नाको दोषिको रोहबरमा पिडित पक्षलाई राखि ५ लाख रुपैया क्षेतीपूर्ति दिने सर्तमा मिलापत्र भएको हो । आफुहरु क्षतीपुर्ति पाउने सहमति मिलेको पिडित परिवारका मामा रामधन तामाङले बताउनुभयो । “हामीले दोषि पक्षसँग सल्लाह गर्‍यौ । नघट्नु घटना घटि सक्यो । अब जति जे गरेपनि भान्जा फर्केर आउने होइन ।” बच्चाको मामा रामधन तामाङले भन्नुभयो, “कानुनी प्रक्रियामा गएपनि अन्तिममा मिल्नु नै पर्छ । कानुनी कुरामा फेरि धेरै झन्झट हुन्छ, त्यसैले यहि क्षतीपुर्ति दिने सर्तमा मिल्यौँ ।” तत्काल एक लाख रुपैया दिएको र बाकीँ रकम १० दिन पछि दिने सहमतिमा मिलापत्र भएको दोषि ठहर भएका हेल्थ केयरको संचालकका दाइ पवन कटुवालले बताउनुभयो ।

प्रहरी, गाउँका अगुवा साथै राजनितिक दलसँगको छलफल पछि पिडितलाई न्याय दिन भन्दै लाग्नु भएको टिनपाटन गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर थापा मगर पिडित पक्षको सहमति मै मिलापत्र भएको बताउनु हुन्छ । क्षतिपूर्ति पाउनु पर्ने पिडितको माग अनुसार मिलापत्र भएको उहाँको भनाइ छ । “पिडित र पिडकको छलफल पछि पाँच लाख दिने सहमति भएको हो ।” उहाँले भन्नुभयो, “दुवै पक्षको सल्लाह अनुसार घट्ना मिलेको छ । पिडितको सहमति मै क्षतिपूर्ति दिने सर्तमा घट्ना मिलेको हो ।”

भदौ १७ गते खुट्टामा आगोले पोलेको ७ महिने बालकको उपचार गर्ने क्रममा हेल्थकेयरमा खटिएका स्वास्थ्यकर्मीले ओभर डोजको औषधी दिएको कारण बालककोे मृत्यु भएको थियो । बच्चालाई बाहिर उपचार गर्न लग्न समेत नदिइ यहि ठिक हुने भन्दै हेल्थ केयरका संचालक भुवन कटुवालले राखेको पिडित परिवारले बताएका थिए । उपचारको क्रममा बच्चाको मृत्यु भएपछि संचालक भुवन कटुवाल सहित कार्यरत स्वास्थ्यकर्मि समेत फरार भएका थिए । स्वास्थ्यकर्मी सहित संचालक फरार भएपछि पिडितले न्याय पाउनु पर्ने भन्दै भदौ २० गते मृतक बालकको शब हेल्थकेयर सेन्टरमा राखि स्थानियले विरोध गदै घेराउ समेत गरेका थिए । स्थानियले हेल्थकेयर घेराउ गरेपछि प्रहरी, राजनितिक दल, जनप्रतिनिधि, गाउँका अगुवा लगाएतका टोली घट्ना स्थलमा पुगि पिडित र दोषिलाई राखि छलफल गराएका थिए । छलफलमा पत्रकारलाई प्रवेश गर्न भने रोक गरेको थिए । लामो छलफल पछि पिडित पक्षलाई क्षेतीपुर्ति दिने सहमतिमा मिलापत्र भएको हो ।

प्रतिक्रिया