नेकपा माओवादी केन्द्रको जनवर्गीय संगठन योङ कम्युनिष्ट लिग (वाईसियल) सिन्धुलीले जिल्लाका स्थानिय तहहरुको ईन्चार्ज र सहईन्चार्ज तोकेको छ । वाईसियल जिल्ला कमिटी सिन्धुलीको मंगलबार बसेको तेश्रो पुर्ण बैठकले जिल्लाका नौँ वटै स्थानिय तहका ईन्चार्ज र सहईन्चार्जको जिम्मेवारी बाडँफाडँ गरेको हो ।
माओवादी केन्द्र सिन्धुलीको इन्चार्ज राजन दाहालको प्रमुख आतिथ्यतामा बसेको बैठकले वाईसियल कमलामाई नगर कमिटीको ईन्चार्जमा विश्व ज्योति थापा र दुधौली नगर कमिटीको इन्चार्जमा विशाल तामाङ, सह ईन्चार्ज राजेश शाहलाई जिम्मेवारी दिएको छ । त्यस्तै, गाउँपालिकाहरुमा मरिणको इन्चार्जमा विजय ठाडा, सहइन्चार्जमा दोर्न वि.क., हरिहरपुगढीको इन्चार्जमा सुनिल वाईबा, सह ईन्चार्जमा कुल बहादुर भोलन, घ्याङलेखको इन्चार्जमा प्रेम थिङ्ग, सुनकोशीको इन्चार्जमा प्रेम लामा, तिनपाटनको इन्चार्जमा गोपाल रुवाले, सह ईन्चार्जमा कपिल श्रेष्ठ, गोलन्जोरकोे ईन्चार्जमा चित्रलाल श्रेष्ठ (चित्रव) र फिक्कलको इन्चार्जमा राजन सुनुवारलाई जिम्मेवारी दिएको छ ।
आज (मंगलबार) बसेको बैठकले वाईसियल सिन्धुलीको सातौँ जिल्ला सम्मेलन असोज ९ गते सिन्धुलीमाढीमा गर्ने निर्णय गरेको छ । पाँच हजार भन्दा बढी युवाहरुको वृहत ¥याली र मार्चपास सहित जिल्ला सम्मेलन गर्ने बैठकले निर्णय गरेको वाईसियल सिन्धुलीका संयोजक भुल कुमार राना (अविरल)ले जानकारी दिनुभयो ।