शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

गर्भावस्थामा प्रियंका किन पौडी खेलिरहन्छिन् (भिडियो हेरौँ)

मंगलवार , भाद्र २२, २०७८

नायिका प्रियंका कार्की अहिले गर्भावस्थामा छिन् । उनले केहि दिनमै आफूले बच्चा जन्माउने सामाजिक संजालबाट जानकारी दिएकि छिन् । गर्भवति हुँदा पनि उनी पौडी खेल्न छोडेकि छैनन् । उनी स्विमसुटमा पौडी खेलेको तस्बिरहरु सामाजिक संजालमा सार्वजनिक गर्दै आएकि छिन् । अभिनेत्री प्रियंका कार्की चर्चामा बारम्बार छाउने अभिनेत्री हुन् । उनले सामाजिक सञ्जालबाट सार्वजनिक गर्ने तस्विरले सधैँ चर्चा पाउने गरेको छ । पछिल्लो समय उनी सामाजिक सञ्जालमा भुँडी देआएको तस्विरका कारणले बारम्बार चर्चाको विषय बन्ने गरेकी छन् । सायद, त्यसैले पनि होला विभिन्न क्रियाकलापसहित उनी भुँडीको तस्बिर सार्वजनिक गरिरहन्छिन् ।

हातमा गिलास लिएर गर्भवती भुँडीमा जुस पिलाएको तस्विरदेखि स्विमिङ कस्टूममा भुँडी देखाउँदै खिचाएको तस्विरसम्म उनका चर्चाको विषय बनेका छन् । तस्विरका कारण उनी ट्रोलको निसाना र सामाजिक प्रयोगकर्ताको तारो समेत बनेकी छन् । तर जति नै आलोचना खेप्नु परेपनि उनले विभिन्न भुँडीका तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्न भने छोडेकी छैनन् । बरु आमा बन्न लागेको क्षणलाई भरपूर इन्जोय गरिरहेकी उनले बताउँदै आएकी छन् । भिडियो तल छ

छिट्टै आमा बन्ने तरखरमा रहेकी प्रियंकाले पहिलो सन्तान जन्मिएको दुई वर्षपछि अर्काे प्लान गर्ने बताएकी छन् । हालै एक टेलिजिन कार्यक्रममा अन्तर्वार्ता दिने क्रममा उनले यो विचार राखेकी हुन् । महिलाले गर्भावस्थाको समयलाई उत्सवका रुपमा मनाउनु पर्ने बताएकी छन् । ‘कुनैपनि महिला गर्भवती भएपछि आफूले जस्तै सेलिब्रेट गर्नुपर्छ भन्ने होइन । सेलिब्रेट गरेमा गाली र आलोचना दिन हुदैन’ उनले कार्यक्रममा भनेकी छन् । उक्त कार्यक्रममा प्रियंका श्रीमान् आयुष्मान देशराज जोशीको साथ पुगेकी थिइन् ।

गर्भवति हुँदा पौडी खेल्न हुन्छ कि हुन्न ?: गर्भावस्थामा ऐरोबिक व्यायामले आमा र पेटमा रहेको बच्चा दुवैलाई फाइदा पुर्योउँछ । मुटुलाई बलियो बनाउन र प्रभावकारी ढंगमा रगत पम्प गर्नकालागि ऐरोबिक व्यायाम फाइदाजनक हुन्छ । यस्ले शरिर भर रगत संचालन गर्न र अक्सिजन बढाउन मद्धत गर्दछ । गर्भावस्थामा पौडी गर्दा शरिरलाई यी फाइदाहरु त हुन्छ नै यो भन्दा अन्य फाइदा पनि पुग्छ । गर्भवती आमाहरुको लागी व्यायाम को सबैभन्दा सुरक्षित रूपहरु मध्ये एक को रूपमा पौडीलाई लिईन्छ र यसका फाइदाहरु निम्न छन्ः

१) पौडीले गर्भावस्थाका महिलाहरुको ठूलो मांसपेशीलाई पुर्योउँछ । हात र खुट्टाको हड्डीकालागि पौडी फाइदाजनक छ ।

२) गर्भावस्थामा वजन धेरै भएपनि पौडीले सन्तुलन मिलाउँछ ।

३) पौडीले हात र खुट्टा सुनिन कम गर्दछ ।

४) गर्भावस्थामा पेट तन्किने हुँदा ढाँड दुख्ने समस्या हुन्छ । पौडीले उक्त दुखाई कम गर्दछ । गर्भावस्थामा हड्डी र कुम्भलाई गोलो बनाउँछ तर पौडीले यो सबै अवस्थालाई व्यवस्थापन गर्दछ ।

सम्बन्धित विषय:

प्रतिक्रिया