सिन्धुली – कमला नदिको कटानका कारण मदन भण्डारी राजमार्ग जोखीममा परेको छ । सिन्धुलीको दुधौली नगरपालिका खण्डका केहि स्थानहरुमा राजमार्ग जोखीममा परेको हो । वर्षाको कारण नदिमा पानीको बहाव वढे सँगै मदन भण्डारी राजमार्ग अन्र्तगत दुधौली नगरपालिकाको वडा नं. ५ घारीथुम्सी र वडा नं. ४ को डकाहा, वडा नं. ३ झुङामा राजमार्ग जोखीममा रहेको छ ।
सडकको ३० मिटर नजिकबाट कमला नदि बगिरहेको छ । नदिले विस्तारी कटान गदै सडक नजिक आइपुगेको छ । ३० मिटर जमिन कमला नदिले कटान गरेपछि सडक पनि कटान हुने छ । संसद विकास कोषले कमला नदि नियन्त्रणका लागि निर्माण गरेको ड्याम समेत नदिले बगाइ सकेको छ । नदिले ड्याम सबै बगरमा परिणत गरिसकेको स्थानियले बताएका छन् । यस्तै, वडा नं. ३ झुङामा कमला नदिमा बनाईएको पक्की पुल नजिकै खोलाले कटान गर्दा राजमार्ग सँगै पुल पनि जोखीममा परेको छ ।
यी स्थानहरुमा समयमा नै नदि नियन्त्रण गरी सडक र बस्ती जोखाउन तर्फ सरोकारवालाहरुको ध्यान जान जरुरी रहेको स्थानिय वृद्धिजिविहरुले बताएका छन् । नदिका कारण हजारौँ विगाह जमिन कटान गरेको छ भने बस्तीहरु त जोखीम छन नै उता राजमार्ग पनि जोखीममा परेको हो ।
मदन भण्डारी राजमार्गको सुघारे देखि कटारी सडक खण्डमा लगातारको वर्षाको कारणले ठाउँठाउँमा पहिरो समेत गएको छ । सडक खण्डको धेरै ठाउँमा माथिबाट झरेको पहिरोले क्षति पु¥याएको छ । पहिरोले गर्दा सडक माथि बनेका घरहरु समेत जोखिममा रहेका छन् । वडा नं. ७ डम्बरखाडीमा एक घर पहिरोले बगाएको छ । अन्य ४ घर विस्तापित भएका छन् । सडक विभागले समयमानै यसको नियन्त्रण नगरे गाउँबस्तीनै विस्तापित हुने अवस्था आएको वडा अध्यक्ष कुमार बस्नेले बताउनु भएको छ । वडा नं. ५ घारीथुम्सीमा वर्षाका कारण एक घर नै विस्तापित भएको उता, डकाहामा बजारको तल्तो भागमा बस्ने स्थानीयलाई विस्तापित गर्दै कमला नदिले सडकको नजिक आईसकेको छ । सडकबाट करीब १०० मिटर टाडा रहेको नदिले पानीको वाहव बढे एक दिनमै कटान गर्न सक्ने स्थानिय बताउँछन् ।