शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

हवल्दार तामाङ सिन्धुलीको “सर्वोत्कृष्ट” प्रहरीबाट सम्मानित

आइतवार , भाद्र २०, २०७८

सिन्धुली – जिल्ला प्रहरी कार्यालय सिन्धुलीले श्रावन महिनाको “सर्वोत्कृष्ट” प्रहरी गम्भिर लामा तामाङलाई घोषणा गदै सम्मान गरेको छ । ईलाका प्रहरी कार्यालय डकाहा सिन्धुली दरबन्दी भइ हाल प्रहरी चौकी ग्वालटार सिन्धुलीमा कार्यरत प्रहरी हवल्दार गम्भिर लामा तामाङलाई श्रावन महिनाको “सर्वोत्कृष्ट” प्रहरी घोषण गरिएको हो । हवल्दार तामाङले आफ्नो जिम्मेवारी इमान्दार, कर्तव्यनिष्ठ एवं प्रशंसनीय ढंगबाट निर्वाह गरेको भन्दै सम्मान गरिएको छ । हवल्दार तामाङले ओखलढुंगा सुनकोशी गाउँपालिका ७ को चोरी भएको घट्नामा एक्लैले चोर पक्राउ गर्ने सफल हुनुभएको थियो । चोरी गरि फरार रहेको चोरको जानकारी पाउन साथ हवल्दार तामाङले आफ्नो जिम्मेवारी पुर्ण बफदारीका साथ निर्वाह गरि उत्कृष्ट कार्य गरेको भन्दै “सर्वोत्कृष्ट” प्रहरीको घोषण गरिएको हो ।

हवल्दार गम्भिर एक निडर प्रहरी जस्ले  एक्लै जंगलमा गएर चोर पक्राउ गरे (भिडियो तल छ): ओखलढुगांमा सुन, हार्डवर र किराना पसल चोरी गरि फरार भएका दुइ जनालाई मध्यपहाडी लोकमार्ग स्थित सिन्धुलीमा प्रहरीले पक्राउ गरेको छ । चोरी गरेको सामग्री सहित ओखलढुगांको सुनकोशी गाउँपालिका ७ का अन्दाजी १८ वर्षिय सुर्य कटुवाल र उक्त स्थान कै अन्दाजी १८ वर्षका आशिस कटुवाललाई प्रहरी चौकी गल्वटारमा खटिएका हवल्दार गंभिर लामा तामाङ्गले पक्राउ गर्नु भएको हो ।

हवल्दार तामाङ्गलाई ओखलढुगांको प्रहरी नायब उपरीक्षकले ओखलढुगांबाट दुइजना व्यक्ति चोरि गरि सिन्धुली तर्फ जादै गरेको जानकारी गराएका थिए । मध्यपहाडि लोकमार्ग स्थित गोलन्जोर गाउँपालिका १ कालिकामा पहिरोले अवरुद्ध भएको सडक खुलाउन पुगेका हवल्दार तामाङ्गले जानकारी पाउन साथ त्यहि खोजतलासी गरेको बताउनुभयो । जाममा परेका सबै गाडिमा खोजतलासी गर्ने क्रममा चोरि गर्ने व्यक्ति गाडिबाट निस्केर जंगल तिर फरार भएका थिए । उक्त स्थान मै जाममा परेको एक गाडि चालकले दुइ व्यक्ति जंगल तर्फ भाग्दै गरेको जानकारी दिएपछि खोजी गदै जादाँ राजमार्गबाट लगभग २ किलोमिटर माथि जंगलको भिरमा लुकेर बसेको अवस्था फेला पारेको उहाँले जानकारी दिनुभयो ।

चोरि भएको सामाग्री ५ तोला चकि सिलप्याक सुन, दुईवटा मोबाइल सेट, एनसेल र नेपाल टेलिकमको ४० हजार बराबरको रिचार्ज कार्ड, ३३ सय भारतीय रुपैँया, १४ सय नेपाली रुपैँया, १ हजारको रियल सहित चोरि भएको व्यक्तिको नागरिकता र एसएलसिको प्रमाणपत्र बरामद गरिएको उहाँले बताउनुभयो । ओखलढुगांको सुनकोशी गाउँपाालिका ७ का विरेन्द्र साहको सुन,हाडर्वर र किराना पसल चोरि भएको थियो ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया