शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा सम्पूर्ण कक्षा भौतिक उपस्थितिमा हुने

बिहिवार , भाद्र १७, २०७८

सिन्धुली – सिन्धुलीमा सम्पूर्ण कक्षा भौतिक उपस्थितिमा संचालन गर्न पाउने भएको छन् । डिसिसिएमसि सिन्धुलीको बिहिवार बसेको बैठकले बिद्यालयको सम्पुर्ण कक्षाहरु स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै कक्षाको कुल क्षमताको ३३ प्रतिशत नबढ्नेगरी बिद्यार्थीहरुलाई राखी पठन पाठन गर्न पाउने निर्णय गरेको हो ।यस अघिको डिसिसिएमसि सिन्धुलीको बैठकले ८ कक्षा देखि माथिका कक्षा भौतिक उपस्थितिमा संचालन गर्न दिने निर्णय गरेको थियो ।

लामो समयदेखि भौतिक रुपमा विद्यालय संचालन नभएको, सबै विद्यार्थीको पँहुचमा इन्टरनेट नभएको, कोभिड–१९ को जिल्लाको अवस्था विश्लेशण गर्दा घट्ने क्रममा रहेको र स्मार्ट लकडाउन सम्बन्धी कार्यविधि, २०७८ बमोजिम स्मार्ट लक डाउनको अवस्था देखिएको हुँदा यसै कार्यबिधीलाई प्रयोग गर्दै सबै कक्षाहरु संञ्चालन गर्न दिईने निर्णय गरिएको डिसिसिएमसि सिन्धुलीले जनाएको छ ।

बिद्यालय संचालन गर्नको लागि भने सम्बन्धित स्थानिय तहले डिसिसिएमसि सिन्धुलीलाई सिफारिस गर्नु पर्ने छ । आप्mनो स्थानिय तहको कोभिडको अवस्था र बिद्यालय बन्दले पारेको असर सहित बिद्यालय खोल्न पाउनु पर्ने माग सहित सिफारिस गरेमा बिद्यालय खोल्न पाइने छ । अहिले सम्म सिन्धुलीको नौँ वटा स्थानिय तह मध्य कमलामाई नगरपालिका, दुधौली नगरपालिका र फिक्कल गाउँपालिकाले बिद्यालय खोल्न दिन सिफारिस गरेका छन् ।

प्रतिक्रिया