शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

‘द भ्वाइस अफ नेपाल’ का प्रतिस्पर्धि कर्णको नयाँ गित सार्वजनिक हुदैँ

बिहिवार , भाद्र १७, २०७८

नेपालकै नम्बर १ रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन ३’ को उत्कृष्ट १० मा पुगेका कर्णराज गिरिको नयाँ म्युजिक भिडियो सार्वजनिक हुदैँछ । ‘म ढले पछि’ बोलको गितको भिडियो पोखरामा सुटिङ सम्पन्न भएको गायक गिरिले बताउनुभयो । मोडल अजित रायमाझीको निर्देशनमा निर्माण गरिएको म्युजिक भिडियोमा रायमाझीसँगै राजु ग्याबक र सर्मिला डिसिको अभिनय रहेको छ । महेश बरालद्वारा लिखित गितको निर्माता भने डिन्कर सिं दाहाल हुन् । नेत्र इन्टरटेनमेन्टको इडिट तथा पोष्ट प्रोडक्सन रहेको उक्त म्युजिक भिडियोको दृश्य लिपन थापाले कैद गरेका छन् । सबिना थापा मगरले मेकअपको काम गरेको निर्देशक रायमाझीले बताउनुभयो । साथै, रायमाझीले म्युजिक भिडियोमा सहयोग गर्ने चर्चित मोडल तथा नायक मिलन शंकरलाई विशेष धन्यवाद दिनुभएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया