शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा मोटसाइक चोर्ने तथा काठ कटान गर्ने व्यक्ति पक्राउ

सोमवार , भाद्र १४, २०७८

सिन्धुली – सिन्धुलीमा मोटसाइक चोर्ने तथा काठ कटान गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कमलामाई नगरपालिका ५ सिलामेका १८ वर्षिय सुमन श्रेष्ठ, सोहि स्थानका १८ वर्षिय मनोज बि.क. र १८ वर्षिय अनिष बम्जन रहेका छन् । उनीहरुले कमलामाई नगरपालिका ५ सिलामेका टोप बहादुर घिसिङको घर अगाडी पार्किङ गरी राखेको बा.९२ प ६७३३ र बा ६५५ २८२३ नं. मोटसाइकल चोरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।

साथै मोटसाइकल चोरि गर्ने सुमन श्रेष्ठले बोकेको रेडमि मोबाइलमा उनीहरुले जंगलमा सालको रुख काटेको भिडियो फेला परेको थियो । उनीहरु सँग सोधपुछ गर्ने क्रममा तिन जना लगायत सोहि स्थानका १८ वर्षिय हिरा श्रेष्ठ समेत मिली स्थानिय सरस्वती सामुदायिक बनमा भदौ ९ गते बिना इजार विक्रिवितरण गर्नका लागि ५ वटा सालको रुख जम्मा २३२.१६ क्युफिट काटेको हो भनी बताएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रबक्ता प्रहरी नायब उपरिक्षक मनोज कुमार लामाले बताउनुभयो ।

मोटरसाईकल सहित नियन्त्रणमा लिएको तिनै जना लाई चोरी मुद्धामा आबश्यक कार्बाहीको लागी जिल्ला अदालत सिन्धुलीमा सात दिनको म्याद थप गरी थप अनुसन्धान भईरहेको नायब उपरिक्षक लामाले बताउनुभयो । साथै काठ कटानमा संलग्न हिरा श्रेष्ठ फरार रहेकोमा खोजतलास गर्ने क्रममा आइताबार ३ बजेको समयमा कमलामाई नगरपालिका वडा नं. ५ ढाक्रेबासमा फेला पारी पक्राउ गरिएको छ ।

श्रेष्ठलाई आवश्यक कार्बाहीको लागी डिभिजन बन कार्यालय सिन्धुलीमा बुझाईएको र मोटसाइक चोरीमा संलग्न तिनै जनालाई चोरी सम्बन्धी अनुसन्धान पश्चात श्री डिभिजन बन कार्यालय सिन्धुलीमा पठाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।

प्रतिक्रिया