सिन्धुलीमा पहिरोको कारण सडक अवरुद्ध भएपछि उपचारका लागि ल्याएका विरामीलाई स्थानिय तथा प्रहरीले मिलेर उद्धार गरेका छन् । अविरल वर्षाको कारण राजमार्ग तथा भित्री सडक खण्डमा ठाउँठाउँमा पहिरो खसेर यातयात आवतजावत ठप्प भएपछि स्थानिय तथा प्रहरी मिलेर विरामीलाई बोकेर उपचारको लागि लगेका हुन् । सिन्धुलीमाढी चकमके सडक खण्डमा ठाउँठाउँमा पहिरो खस्दा विरामीलाई उपचारको लागि अस्पताल ल्याउन समस्य भएको छ । आइतबार कमलामाई–७ को एकपाखेमा पहिरोले सडक बगाएपछि विरामीलाई स्थानियले बोकेर उपचार गर्न लगेका थिए ।
यस्तै मध्य पहाडि लोक मार्ग स्थित गोलन्जोर गाउँपालिका ६ अक्करे भिरमा पहिरोले बाटो अवरुद्ध भएपछि सोलुखुम्बुबाट उपचारको लागि काडमाडौ ल्याउदै गरेको बिरामीलाई प्रहरीले उद्धार गरेको छ । सोलुखुम्बु खुम्बु पासाङल्हामु गाउँपालिका १ का ६२ वर्षिय प्रेम थापा मगर सुगर प्रेसरको बिमारी भई उपचारको लागि सोलुखुम्बुबाट काठमाण्डौ जादै गरेको अवस्थामा पहिरोले बाटो अवरुद्ध भएपछि प्रहरी टोलीले तत्काल उद्दार गरी उपचारको लागि सुनकोशी सामुदायिक अस्पताल खुर्कोट पुर्योएका छन् । साथै मगरको सामान्य उपचार पश्चात थप उपचारको लागि आफन्तले काठमाण्डौ तर्फ लगेको इलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ ।