सिन्धुलीमा आज (आईतबार) दिउँसो गाडी दुर्घट्ना भएको छ । नेपाल विद्युत प्राधिकरण सिन्धुलीको गाडि दुर्घटना भएको हो । जिल्लाको घ्याङलेख गाउँपालिका क्षेत्रमा बत्ति बनाउन जाने क्रममा कमलामाई नगरपालिका २ पिपलभन्जाङमा गाडि आफै अनियन्त्रीत भई गाडी दुर्घट्ना भएको हो । गाडी लगभग १ सय ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरिक्षक मनोज कुमार लामाले जानकारी दिनुभयो ।
गाडि चालक कमलामाई नगरपालिका ६ का अन्दाजी ५० वर्षिया प्रमेश्वर सुनुवार र प्राधिकरणका कर्मचारी कमलामाई नगरपालिका ७ का ४७ वर्षिया राजिब लामाको सिन्धुली अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि काठमाडौँ पठाइएको छ । उहाँहरुको स्वास्थ्य अवस्था सामान्य रहेको नेपाल विद्युत प्राधिकरण सिन्धुलीका प्रमुख सुनिल कुमार लामाले बताउनुभयो । नेपाल विद्युत प्राधिकरण सिन्धुलीको प्रदेश नम्बर ३¬०१¬००१ ञ २५५५ नम्बरको पिकप बोलेरो दुर्घटना भएको हो ।
