शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

मध्ये पहाडी राजमार्ग अझै सञ्चालनमा आएन

आइतवार , भाद्र १३, २०७८

सिन्धुली – अविरल वर्षाको कारण आएको पहिरोलले अवरुद्ध मध्ये पहाडी राजमार्ग अझै संचालनमा आउन सकेको छैन् । उदयपुरको घुर्मी देखि सिन्धुलीको खुर्कोट सम्म ठाउँ ठाउँमा खसेको पहिरो पन्छाउन समय लागेकाले राजमार्ग सञ्चालनमा आउन नसकेको हो ।

बर्षाका कारण खसेको पहिरो शुक्रवार विहानै देखि पन्छाउन थालिएको भए पनि अझै नसकिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरिक्षक मनोज कुमार लामाले जानकारी दिनुभयो । गोलन्जोर गाउँपालिका –२ को कालीआँप र हैबार स्थित अक्करे भिरमा ठुलो पहिरो खसेकाले स्काभेटर र जेसिभि लगाइ अहिले पहिरो पन्छाउने प्रयास भईरहेको उहाँले बताउनुभयो ।

कालीआँप, अक्करभिर लगाएत खुर्कोट सम्म नै ठुलो पहिरो भएकाले पन्छाउन केहि समय लाग्ने प्रहरी नायव उपरिक्षक लामाले बताउनुभयो ।अहिले सम्म उदयपुरको घुर्मी देखि गोलन्जोर गाउपालिका –२ को कालीआँप सम्मको पहिरो पन्छाएर एक तर्फी गाडी संचालन भएको उहाँले बताउनुभयो । पहिरोका कारण ओखलढुंगा, खोटाङ, उदयपुर लगाएतका जिल्लाबाट आएका सवारी साधन र यात्रु बिच बाटोमै अलपत्र परेका छन् ।

प्रतिक्रिया