शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा हालसम्म ३ हजार भन्दा धेरैमा कोरोना संक्रमण पुष्टि

शनिवार , भाद्र १२, २०७८

सिन्धुली– सिन्धुलीमा हालसम्म ३ हजार भन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म ४ हजार १ सय ८० जनाको पिसिआर विधिबाट गरिएको परिक्षणमा १ हजार ९ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३ हजार ६ सय ७९ जनाको एन्टिजेन विधिबाट गरिएको परिक्षणमा १ हजार १ सय ३८ जनामा संक्रमण पुष्टि हुदाँ ३ हजार १ सय ११ जना संक्रमित भएको स्वास्थ्य कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।

यस्तै, हाल सम्म जिल्लामा २ हजार ९ सय ४१ जना कोरोना संक्रमण मुक्त भएका छन् । होम आइसोलेसनमा १ सय २४ जना र संस्थागत आइसोलेसनमा ३ जना गरि जम्मा १ सय २७ जना संक्रय संक्रमित रहेका छन् भने, ४३ जनाको कोरोना भाईरस संक्रमणको कारण ज्यान गएको स्वास्थ्य कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।

 

प्रतिक्रिया