नायिका प्रियंका कार्कीले गर्भवति अवस्थामा महिलाले अपनाउनु पर्ने सावधानिका बारेमा सचेतना कार्यक्रम संचालन गर्दै आएकि छिन् । आफैँ पनि गर्भवति भएकाले उनी गर्भवति अवस्थामा के गर्ने के नगर्ने भन्दै गर्भवति महिलाहरुलाई सचेत गराइरहेकि हुन्छिन् । उनले आफ्नो कार्यक्रम ‘चपचप डायरिज’ मार्फत विभिन्न विधाका अतिथिलाई आमन्त्रण गरि कार्यक्रम संचालन गरिरहेकि छिन् । हालै उनले आफ्नो गर्भवति साथीलाई बोलाएर गर्भावस्थाका बारेमा साक्षत्कार गरेकि छिन् । उनले योनिको बारेमा पनि प्रश्न गर्दै के कस्ता समस्या देखिने बारेमा विस्तृत कुराकानि गरेकि छिन् । नायिका कार्कीले आफूले कसरी बच्चा जन्माउने भन्ने कुरा पनि उक्त भिडियोमार्फत खुलाएकि छिन् । आफूले सक्दो प्राकृतिक तरिकाले नै बच्चा जन्माउने बताउदैँ सावधानिका बारेमा गर्भवति महिलाकालागि जानकारीमुलक कार्यक्रम संचालन गरेकि हुन् ।
सामाजिक संजालबाट मनग्य पैसा कमाउदैँ प्रियंकाः गर्भवति भएका कारण प्रियंका संचारमाध्यममा सधैँजसो चर्चामा छिन् । धेरै समयदेखि कुनै फिल्ममा अभिनय नगरेपनि उनको चर्चा भने उत्तिकै छ । युट्युब मार्फत उनी चर्चामा छिन् । उनले संचालन गर्ने ‘चप चप डायरिज’ अहिले युवापुस्ता माझ लोकप्रिय छ । उनी उक्त कार्यक्रममा विभिन्न व्यक्तित्वलाई आमन्त्रण गरि साक्षत्कार गर्छिन् । हालसम्म उनले समिर घिसिङ ‘भिटेन’, स्वस्तिमा खड्का, श्रृंखला खतिवडा, दिलिप रायमाझी लगायत कयौँ सेलिब्रेटिसँग आफ्ना कार्यक्रम मार्फत साक्षात्कार गरिसकेकि छिन् । उनको भिडियो हेर्नेको संख्या पनि ठूलो छ । हालसम्म करोडौँ पटक उनको भिडियो हेरिसकिएको छ । जति बढि दर्शकले उनको भिडियो हेर्छन्, त्यति नै बढि पैसा उनले कमाउछिन् ।
गर्भवति अवस्थामा विज्ञापन पनि उनको मुख्य आय श्रोत हो । उनलाई विभिन्न कम्पनिले आफ्नो सामाग्रीको प्रचारप्रसारकालागि अफर गर्नेगर्छन् । उनले उक्त सामाग्रीको प्रचाप्रसार गरेबापत् मनग्य आम्दानि गरिरहेकि छिन् । उनले फेसबुक र इन्स्टाग्राममार्फत डलर कमाइरहेकि छिन् । यतिमात्र नभएर विभिन्न कम्पनिले उनलाई सरसामान हरु उपहार दिने गरेका छन् । उनीहरुको सामाग्री प्रचारप्रसार हुनेभएपछि प्रियंकालाई सामान उपहार दिएर सामाजिक संजालबाट प्रचारप्रसार गर्न लगाउँछन् ।
श्रीमानले पनि पाए रोजगारीः आयुष्मान देशराज जोशि खासै फिल्ममा देखिदैँनन् । उनको चर्चा पनि खासै हुने गरेको पाइदैँन । तर, प्रियंकाले संचालन गरेको कार्यक्रममा भने उनी क्यामेराम्यानका रुपमा रोजगारी पाएका छन् । प्रियंकालाई भिडियो बनाउन श्रीमानले सहयोग गर्छन् । यता, भिडियो इडिटिङ भने प्रियंका आफैँले गर्छिन् । जे होस्, प्रियंकाले आफ्नो श्रीमानलाई पनि गतिलो काममा लगाएकि छिन् ।
बहुप्रतिभाको धनि प्रियंकाः प्रियंकाको बोल्ने शैलि र ज्ञानको चर्चा सधैँ हुने गरेको छ । उनले आफूले संचालन गरेको कार्यक्रममा पनि बहुप्रतिभा देखिन सकिन्छ । उनले बोल्ने शैलि, प्रश्न गर्ने लवज, अंग्रेजिमा पोक्तता, साक्षात्कारको ढंग लगायत समग्र खुबिको चर्चा हुने गरेको छ । प्रियंकालाई अहिले पनि धेरै ब्राण्डहरुले आफ्नो सामाग्री प्रचार गर्न लालाहित हुने गरेका छन् । किनभने, उनलाई मनपराउनेको संख्या ठूलो छ । भिडियो फोटो भन्दा तल छ