शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

केकीलाई तीनवटा थुन भएको भैँसि किन्न प्रस्ताव, केकीको जवाफ यस्तो (भिडियो)

बिहिवार , भाद्र १०, २०७८

कपाल मुण्डन गरेर फेरिपनि चर्चामा आएकि केकी अधिकारी अहिले म्युजिक भिडियोमा व्यस्त छिन् । भर्खरै उनी अभिनित ‘माछीले खाने लेऊ’ बोलको गित युट्युबमा सार्वजनि भएको थियो । मल्टि स्टार अभिनित उक्त गितलाई युट्युबमा करोडौँले हेरिसकेका छन् । उनै केकीलाई एक दर्शकले भैँसी किन्न अफर गरेका छन् । केकीले फेसबुकमा संचालन गर्ने प्रश्न उत्तर कार्यक्रममा उक्त अफर आएको हो । सिधा भट्टले सोधेका छन्, ‘भैँसी बिक्रिमा छ । भर्खर दोश्रो बेत व्याएको, पहिलो बेतमा ३ वटा थुनबाट छ लिटर दुध दिने लौनो भैँसि पाडोँ सहित बिक्रिमा छ ।’ तस्बिरहरु तल छ

उक्त जिज्ञासामा केकीले काठमाडौँमा पाल्ने ठाउँ कहाँ छ र भन्दै प्रश्न गरेकि छिन् । काठमाडौँमा बसेर अग्र्योनिक दुध खान पाउने रहर कस्लाई नहोला भन्दै भैंसि पाल्न मन भएको तर ठाउँ नभएको जवाफ फर्काएकि छिन् । अर्को एक प्रश्नमा केकीले आफू प्रेम सम्बन्धमा रहेको खुलासा गरेकि छिन् । उनलाई प्रश्नकर्ताले तपाईँको ब्वाईफ्रेण्ड छ कि छैन भनेर प्रश्न सोधेका थिए । प्रतिउत्तरमा केकीले एकछिन पर्खनुहोस् है, ब्वाईफ्रेन्डको फोन आयो भन्दै आफू प्रेम सम्बन्धमा रहेको खुलासा गरेकि हुन् । केकीले आफू स्नातकोत्तरसम्म अध्ययन गरेको उक्त भिडियोमा बताएकि छिन् । एक फिल्मको लागि कपाल मुण्डन गरेको बताउँदै केकीले उक्त फिल्म सबैलाई हेर्न आग्रह गरेकि छिन् । नेपाली फिल्म क्षेत्रमा बौद्धिक नायिकाको रुपमा हेरिएकि केकि सर्वाधिक रुचाईएको नायिका हुन् । उनको अभिनयको प्रशंसा सधैँजसो हुने गर्दछ ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया