शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

हिमानिको छोरीहरु थाइल्याण्डमा रम्दै (१५ तस्बिरसहित)

बुधवार , भाद्र ९, २०७८

पुर्वपुवराज पारश शाह र हिमानि शाहका दुई छोरी थाइल्याण्डमा अध्ययनरत छन् । जेठि छोरी पुर्णिका शाह र कृति राज्यलक्ष्मी शाह उच्च शिक्षाका लागि थाइल्याण्ण्डमै बसेर अध्ययन गरिरहेका छन् । उनीहरु सामाजिक संजालमा निकै सक्रिय छन् । पुर्वराजपरिवारको सदस्य भएपनि उनीहरु संचारमाध्यममा खासै देखिदैँनन् । सामाजिक संजालकै माध्यमबाट उनीहरुको समाचार बन्ने गर्दछ । केहि समयअघि पुर्णिका इन्स्टाग्राममा लाईभ आएपछि नेपालभर उक्त भिडियोले चर्चा पाएको थियो । विभिन्न कोणबाट उक्त भिडियोको बारेमा विश्लेषण भएको थियो । तर, वास्तविकता भने अहिलेसम्म सार्वजनिक भएको छैन । उक्त लाईभ भिडियोमा पुर्णिकाले मदिरा सेवन गरेको भन्दै समाचारहरु पनि प्रकाशित भएका थिए ।

हालसालै कृतिकाले थाइल्याण्डको हुआ हिन जिल्लाको तस्बिर इन्स्टाग्राममा सार्वजनिक भएपछि पुर्वयुवराज पारशका छोरीहरु रमाइरहेको देख्न सकिन्छ । कृतिकाले आफू रमाइरहेको तस्बिरहरु सामाजिक संजालमा सार्वजनिक गरिरहन्छिन् । कृतिकाको एक तस्बिरमा कपडाको विषयमा एकजनाले प्रतिक्रिया जनाएपछि पुर्णिकाले बहिनिको कपडामा के खोट छ भन्दै जवाफ दिएकि थिइन् । उक्त तस्बिरमा सामान्य पहिरनमा देखिएकि कृतिकालाई एकजनाले प्रश्न गरेका थिए ।

कृतिकालाई इन्स्टाग्राममा ४८ हजारले फलो गरेका छन् । उनको हरेक तस्बिरमा हजारौँले मनपराएका छन् । त्यस्तै, पुर्णिकालाई भने ८२ हजार बढिले फलो गरेका छन् । उनीहरुले सार्वजनिक गर्ने हरेक तस्बिर सामाजिक संजालमा भाइरल हुने गर्दछ । उनीहरुको पहिरन चयन निकै शालिन र सुन्दर हुने गर्दछ । आमा हिमानी शाहको सुन्दरतासँग छोरीहरुको सुन्दरता दाँजेर पनि प्रतिक्रियाहरु आउने गर्दछ ।

सम्बन्धित विषय:

प्रतिक्रिया