सिन्धुली– सिन्धुलीमा मोटसाइकल चोरी भएको छ । कमलामाई नगरपालिका ४ मिलनचोकबाट गए राती प्रदेश नम्बर २¬०२¬००१ प ८५३५ नम्बरको दुइ सय सिसिको मोटसाइकल चोरी भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ । कमलामाई नगरपालिका १ हाल मिलनचोकमा डेरामा बस्दै आएका सुरेश सिग्देको मोटसाइकल चोरी भएको हो । सिग्देलको कोठा बाहिर राखेको मोटसाइकल चोरी भएको प्रहरीले बताएको छ । चोरी गर्ने व्यक्तिको खोजतलासि गरिरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक मनोज कुमार लामाले बताउनुभयो ।