शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीको भालुखोलाले एक व्यक्ति सहित मोटसाइकल बगायो

बुधवार , भाद्र ९, २०७८

सिन्धुली– सिन्धुलीको भालुखोलामा आएको बाढीले एक व्यक्ति सहित मोटसाइकल बगाएको छ ।

मंगबार साझँ साढे ५ बजेको तिनपाटन गाउँपालिका वडा नम्बर १० र ११ स्थित भालुखोलामा आएको बाढीले एक व्यक्ति सहित मोटसाइकल बगाएको हो । सिन्धुलीमाढीबाट आफ्नो घर तिनपाटन गाउँपालिका ११ लाम्पान्टार जादै गरेको ३० वर्षिय प्रकाश अधिकारीले चलाएको ज ११ प ४२९३ नम्बरको मोटसाइक बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक मनोज कुमार लामाले बताउनुभयो ।

उहाँका अनुसार मोटसाइक सहित अधिकारीलाई समेत खोलाले १५ मिटर तल बगाएको थियो । स्थानिय र प्रहरी मिलेर अधिकारीलाई उद्धार गरि पनि मोटसाइकल भने खोला नै बगाएको छ । हाल सम्म मोटसाइकल फेला पार्ने नसकिएको नायव उपरिक्षक लामाले बताउनुभयो ।

प्रतिक्रिया