शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

गर्भवति प्रियंकालाई भिटेनलाई के भने ? भिटेनको मस्ति (भिडियोसहित)

सोमवार , भाद्र ७, २०७८

नायिका प्रियंका कार्कीको कार्यक्रममा चर्चित र्योपर समिर घिसिङ ‘भिटेन’ देखिएका छन् । प्रियंकाको ‘चपचप’ कार्यक्रममा भिटेनले प्रेम सम्बन्ध, प्रहरी हिरासतमा बस्दाको क्षण, सिमियासँगको सम्बन्ध, बाल्यकाल लगायत व्यक्तिगत जिवनका बारेमा दर्शकसामु खुलासा गरेका छन् । उनले सिमियासँगको सम्बन्धका बारेमा बोल्दै आफू र उनीबिच सम्बन्ध कायम रहेको बताएका छन् । भारतको सिक्किम निवासी सिमिया अर्थात् आवन्तिकासँग फेसबुकमा भेटेको उनले सम्झिए । सामाजिक संजाल फेसबुकमा बोलेपछि भेटघाट गरेको भिटेनले बताए । आफूलाई सिमिया धेरै मन पर्ने तर सिमियासँगको भविष्य अनिश्चित रहेको उनले बताए । उनले भने, ‘भविष्यमा कुन कुरा के हुन्छ थाहा हुदैँन ।’ सिमियासँगको सम्बन्ध राम्रो रहेको उनले बताए ।

त्यस्तै, प्रहरी हिरासतमा रहदा आफूलाई प्रहरीले पक्राउ गर्न देखाएको तदारुकता अन्य कानुन उल्लंघन गर्नेलाई पनि कार्वाही गर्नुपर्ने भिटेनले बताए । भिटेनले आफ्नो बाल्यकाल स्मरण गर्न लायक नभएको बताए ।

प्रतिक्रिया