शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा जुनारमा सिट्रस ग्रिनिंग रोग देखा पर्‍यो

सोमवार , भाद्र ७, २०७८

सिन्धुली – सिन्धुलीमा जुनार तथा सुन्तलामा सिट्रस ग्रिनिंग रोग देखा परेको छ । जिल्लाको गोलन्जोर गाउँपालिका ३ भदैरे र वडा नम्बर ४ तल्लो आलेगाउँमा लगाइएको जुनार तथा सुन्तलामा सिट्रस ग्रिनिंग रोग देखा परेको हो ।

गोलन्जोर गाउँपालिका ३ भदैरेमा सिट्रस ग्रिनिंग रोग देखा परेको ५ भन्दा वढी विरुवालाई नष्ट गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ सिन्धुलीका प्रमुख देवराज अधिकारीले बताउनुभयो । उहाँका अनुसार रोग देखा परेका सम्पूर्ण विरुवा नष्ट गरिएको छ । हाल गोलन्जोर गाउँपालिका ४ को तल्लो आलेगाउँको जुनारमा पनि उक्त रोग देखा पर्ने थालेको उहाँले बताउनुभयो ।

तल्लो आलेगाउँको २ सय भन्दा वढी रोग लागेका विरुण नष्ट गरिएको छ । अधिकारीका अनुसार सिट्रस ग्रिनिंग रोगका संक्रमित बोटहरु शुरुमा पातका नशाहरुको बीचको भाग पहेंलो हुन्छ भने नशाहरु हरियो नै रहन्छ एवं पात सानो हुन्छ । यसको लक्षण जिंकको कमीको लक्षणसंग मेल खाने उहाँले बताउनुभयो । “जिंक तत्व हालेर हेर्दा लक्षण सुधार भएन भने ग्रीनिङ्ग रोग लागेको वुझ्नु पर्छ । यसको अलवा बोट टुप्पोवाट मर्न थाल्छ । बेमौसममा फूल फूल्ने र फल लाग्ने गर्छ ।” उहाँले भन्नुभयो, “रोग लागेका फलको आकार सानो र हेर्दा आकर्षक नहुने, फल बीचबाट काटेर हेर्दा दुबै काटेको भागमा गुदी बरावर रहेको हुदैन र वीयाँ समेत दिउल नभएको फोस्रो हुन्छ तथा उत्पादन कम हुदै जाने र अन्तमा बोट सुक्ने हुन्छ ।”

सिट्रस ग्रिनिंग रोग एउटा क्षेत्रमा देखिए पछि समयमै नियन्त्रण गर्न नसके सम्पूर्ण बगैंचा नै सखाप हुने अधिकारी बताउनु हुन्छ । सिट्रस ग्रिनिंग रोग नियन्त्रणका लागि रोगग्रस्त क्षेत्र पहिचान र सर्वेक्षण गर्ने , रोग पहिचानका लागि स्थलगत रुपमा स्क्रयाच विधिको प्रयोग साथै पिसिआर परीक्षणको दायरा बढाउनु अधिकारी बताउनु हुन्छ । साथै परियोजनाले रोग बारेमा सचेतनात्मक कृयाकलापहरु संचालन गर्ने र रोगी बोट नष्ट गर्न लगाएतका काम गरिरहेको उहाँले जानकारी दिनुभयो ।

रोगको संक्रमणबाट बचाउनका लागि कीरा सिट्रस सिल्लाको अनुगमन, निरीक्षण गर्ने, .११ सय मिटर भन्दा बढी उचाईमा रहेको नर्सरीबाट बिरुवा लिनु पर्ने, स्क्रिन हाउस भित्रको बडउड् प्रमाणीकरण गरी उत्पादन गरिएका नर्सरी बिरुवा मात्र रोपण गर्नुपर्ने, आधुनिक नर्सरी व्यवस्थापन गरी स्वस्थ बेर्ना उत्पादन, स्क्रिनहाउसमा सायन लिने माउबोट उत्पादन गर्नुपर्ने प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाले जनाएको छ ।

यस्तै यदि जुनारमा सिट्रस ग्रिनिंगको लक्षण देखा परेमा तुरुन्त स्थानिय तह तथा वडा कार्यालय अथवा कृषिज्ञान केन्द्र वा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ सिन्धुलीमा कृषि प्राविधिकलाई जानकारी गराउन किसानलाई अनुरोध गरिएको छ ।

जुनार संघ सिन्धुलीले पनि रोग नियन्त्रणका लागि रोग देखा परेको विरुवा नष्ट गर्ने काम गरिरहेको संघका अध्यक्ष कर्ण बहादुर आलेले बताउनुभयो । “रोगको संक्रमण भएको जुनारका विरुवालाई काटेर जरा सहित निकाली छुट्टै ठाउँमा जलाउनु पर्छ ।” उहाँले भन्नुभयो, “रोग देखा परेको विरुवाको पहिचान गरि नष्ट गरिरहेका छौ ।”

प्रतिक्रिया