सिन्धुली– सिन्धुलीमा २१ वर्ष पुरानो सार्वजनिक सवारी प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला ट्राफिक कार्यालय सिन्धुलीले दुधौली नगरपालिका भित्र चल्ने बा १ ज. ५७०३ नम्बरको २१ वर्ष पुरानो टोयटा कम्पनिको माइक्रोबस नियन्त्रणमा लिएको हो । जिल्ला ट्राफिक प्रमुख कृष्ण क्षेत्रीका अनुसार २०५७ साउन ४ गते उक्त गाडि दर्ता भएको छ ।
काठमाडौ उपत्यकामा चल्ने उक्त गाडि विस्तापित भएपछि दुधौली नगरपालिकामा ल्याइ चलाउन थालेको सुचना अनुसार जिल्ला ट्राफिक प्रहरीले चेकजाँच गर्ने क्रममा फेला पारेकोे उहाँले बताउनुभयो । गाडिलाई नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय डकाहामा राखिएको प्रमुख क्षेत्रीले जानकारी दिनुभयो । २०७२ चैत १ गते बसेको मन्त्रिपरिषदको बैठकले २० वर्ष पुराना सम्पूर्ण सार्वजनिक सवारीलाई ०७४ फागुन ३० गते सम्म विस्थापन गरिसक्नु पर्ने र त्यस्ता गाडि संचालनमा रोक लगाइने निर्णय गरेको थियो । यदि २० वर्ष पुरानका सर्वजनिक सवारी संचालन गरेको पाइएमा त्यस्ता सवारीलाई जफत गरि कानुनी कारबाहि गरिने र सवारीको १५ वर्ष पछिको हेरफेर दर्ता नगरिने उल्लेख गरिएको छ ।