शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

दुई महिना जेल नबसि भागेका सिन्धुलीका कार्की पक्राउ

बिहिवार , भाद्र ३, २०७८

सिन्धुली– लागुऔषध मुद्धामा कैद सजाय ठहरिएका मदन कार्कीलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले आज पक्राउ गरेको छ । प्रहरी प्रतिवेदनले नेपाल सरकार बादि र कमलामाई नगरपालिका ६, गैरी बजार बस्ने कार्की प्रतिवादी मुद्धामा जिल्ला अदालतले दुई महिना कैद भनि ठहरेकोमा २२ वर्षिया काकी भने कैद भुक्तानि नगरि फरार थिए । फरार रहेको कार्कीको खोजिमा कार्कीले निगरानि बढाएको थियो । कमलामाई नगरपालिका ६ मा बसिरहेको अवस्थामा प्रहरीले आज (बिहिबार) प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । पक्राउ परेका कार्कीलाई आवश्यक कार्वाहिकोलागि तत्काल जिल्ला अदालत पठाइएको थियो । जिल्ला अदालतले पनि आजै तोकिए बमोजिमको कैद भुक्ता गर्नकालागि जिल्लामा कारागारमा पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरिक्षक मनोज कुमार लामाले जानकारी दिनुभयो ।

प्रतिक्रिया