शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुली चकमके सडक खण्ड अवरुद्ध

सोमवार , श्रावण ३२, २०७८

सिन्धुली – सिन्धुली चकमके सडक खण्ड अवरुद्ध भएको छ । शनिबार रातीको वर्षाका कारण सिन्धुली चकमके सडक खण्ड अन्तर्गत साखामाढी देखि चकमके सम्मको सडकमा पहिरो खसेर अवरुद्ध भएको हो ।

साखामाढी देखि चकमके सम्मको सडकमा रुख सहित पहिरो खसेर अवरुद्ध भएको तिनपाटन गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष लाल बहादुर स्याङतानले बताउनुभयो । उहाँका अनुसार जैखुरे,माथिल्लो पत्राङ, तल्लो पत्राङ र चकमकेमा पहिरो खसेको छ ।

सडकमा खसेको पहिरो पन्छाउने कार्य भइरहेको वडा अध्यक्ष स्याङतानले जानकारी दिनुभयो । पहिरो पन्छाउन कम्तिमा पनि ४ दिन सम्म लाग्न सक्ने सम्भावन रहेको उहाँको भनाइ छ । बाटो अबरुद्ध भएपछी आवत नै ठप्प भएको छ ।

प्रतिक्रिया