शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा निजि विद्यालयले चर्काे शुल्क लिएपछि....

आइतवार , श्रावण ३१, २०७८

सिन्धुली– शैक्षिक संस्था बन्द रहेको अबस्थामा समेत बार्षिक शुल्क लिने निजि बिद्यालयको दादागिरी विरुद्ध सिन्धुलीका बिद्यार्थी संगठन आन्दोलित भएका छन् । नेपाल विद्यार्थी संघ (नेविसंघ), अखिल नेपाली राष्ट्रिय विद्यार्थी युनियन (अनेरास्ववियु क्रान्तिकारी) र अनेरास्ववियु सिन्धुलीद्वारा सयुक्त रूपमा जारी बिज्ञप्तिमा आफ्नो निहित स्वार्थ पुर्ती गर्ने उदेश्यले निजि बिद्यालयहरुले बिद्यार्थीहरुलाई पढाउदै नपढाइ यो वा त्यो बहाना बनाइ जबर्जस्ती बिद्यार्थी र तिनका अभिभावक संग भर्ना शुल्क, मासिक शुल्क, परिक्षा शुल्क लगायत विभिन्न शुल्क राखी जबर्जस्ती शुल्क लिइरहेको पाइएको उल्लेख छ ।

बिद्यार्थी संगठनहरुको बिज्ञप्तिमा अगाडि लेखिएको छ ‘निजि बिद्यालयहरुले विभिन्न शुल्क उठाइ जुन लूटतन्त्र मच्चाउन खोजेका छन त्यस्ता ब्याबहारप्रती हाम्रो गम्भीर आपत्ति छ ।’ बिद्यालय बन्द रहेकोे समयको शुल्क नउठाउन र उठाएको भए फिर्ता गर्न आग्रह गर्दै बिद्यार्थी संगठनले निकालेको बिज्ञप्तिमा त्यसो नगरे उत्पन्न हुने सम्पुर्ण क्षती ब्यहोर्न चेतावनी दिइएको छ । नेबिसंघका सभापति उत्पल खडका, अनेरास्ववियु क्रान्तिकारीका संयोजक उत्तम पहाडी र अनेरास्ववियु सिन्धुलीका अध्यक्ष दिपेन्द्र फुयालद्वारा हस्ताक्षरित बिज्ञप्तिमा बिद्यार्थीका अभिभावकलाई समेत सम्बोधन गर्दै पढ्दै नपढेको शुल्क नबुझाउन, र आफुहरुको आन्दोलनमा एक्केबद्द्ता जनाउन संघर्षका कार्यक्रममा सहभागी हुन अपिल गरिएको छ ।

त्यस्तै, जनता समाजबादी पार्टी सिन्धुलीका युवा नेता दिपेश थापाले शुल्क विवादमा बिद्यार्थी संगठनहरुको आन्दोलनप्रति एक्यबद्धता जनाउदै भौतिक रुपमा पठन पाठन नभएको बार्षिक शुल्क लिनु निजि बिधालयहरुको क्रियाकलाप आपत्तिजनक रहेको उल्लेख गरे । बिपत्तिमा कमाउने मात्रै होइन समाज सेवा पनि हेर्नुपर्ने उल्लेख गर्दै थापाले यो त्यो बहानामा चर्को शुल्क लिने काम गलत भएको बताए ।

 

 

सम्बन्धित विषय:

प्रतिक्रिया