शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

नेकपा सिन्धुलीका पुर्व इन्चार्ज शशी रिहा

मंगलवार , आषाढ १५, २०७८

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पुर्व जनकपुर व्युरो सदस्य एवं सिन्धुली जिल्ला इन्चार्ज बत्र्ये बहादुर राई ‘शशी’ सोमबार रिहा हुनुभएको छ । उहाँ झण्डै दुई वर्र्ष सिन्धुली कारागारमा बसेपछि ४९ हजार रुपैँया धरौँटी बुझाएर रिहा हुनुभएको हो ।

शशीलाई २०७६ साल असोज २३ गते हरिहरपुरगढी–२ बखफर स्थित निजि निवासबाट जिल्ला प्रहरी कार्यालय सिन्धुलीले पक्राउ गरेको थियो । जिल्ला अदालत सिन्धुलीले उहाँलाई पाँचवटा मुद्धा लगाएर मंसिर १७ गते कारागार चलान गरेको थियो । विष्फोटक पदार्थ आगो लगाएको संगठीत मुद्धामा १५ हजार रुपैँया, राजद्रोह संगठित अपराध र चन्दा मुद्धामा १५ हजार रुपैँया, बम विष्फोटन गराई क्षति पुर्योएको मुद्धामा दुई हजार रुपैँया, बम विष्फोट गराएको मुद्धामा दुई हजार रुपैँया र आगो लगाई क्षति पुर्योएको मुद्धामा १५ हजार रुपैँया धरौटी बुझाएर शशी रिहा हुनुभएको हो ।

रिहा भएपछि शशीले आफ्नो भावि योजनाका बारेमा बताउँदै आगामी जिवन पार्टी, देश र जनताकै लागि समर्पित गर्ने जानकारी दिनुभयो । उहाँले पार्टीको निर्देशन अनुरुप आफू चल्ने बताउनुभयो । साथै, उहाँले नेपाल सरकार र नेकपाबिच भएको तीन बुदेँ सहमति यथाशिघ्र कार्यान्वयन गर्न सकारसँग आग्रह गर्नुभयो । उहाँले नेकपा र सरकारबिच भएको सहमति अनुसार राजनीतिक बन्दीहरुको रिहाइ गर्ने र मुद्दा खारेज गर्ने विषयलाई विशेष प्राथमिता दिएर सम्बोधन गर्न अपिल गर्नुभयो ।

झुट्ठा मुद्धा लगाएर धेरैलाई कारागार पठाइएको भन्दै उहाँले निष्पक्ष छानविन गरेर मात्र निर्णय लिन आग्रह गर्नुभयो । साथै, सिन्धुली सहित देशभरको कारागारमा देखिएको स्वास्थ्य उपचार, खानपिन लगायत अन्य व्यवस्थापन पक्षलाई चुस्त राख्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

सम्बन्धित विषय:

प्रतिक्रिया