सिन्धुली,२६ जेठ – सिन्धुली जिल्लामा कोभिड १९ बि’रुद्धको भेरोसिल खोपको पहिलो मात्रा ६२ देखि ६४ बर्ष उमेर समूहका जेष्ठ नागरिकलाई लगाउन सुरु गरिएको छ ।
जिल्लाका नाँै वटा स्थानीय तहमध्ये पहिलो दिन मंगलबार कमलामाई नगरपालिका र दुधौली नगरपालिकाका उक्त उमेर समूहका जेष्ठ नागरिकलाई लगाउन सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार जेठ २५ र २६ गते कमलामाई र दुधौली नगरपालिकाका उक्त उमेर समुदायका जेष्ठ नागरिकलाई लगाउने कार्यक्रम रहेको छ । त्यस्तै जेठ २६ र २७ गते बाँकी तीनपाटन, गोलन्जोर, घ्याङलेख, फिक्कल, सुनकोसी, मरिण र हरिहरपुरगढी गाँउपालिकाको उक्त उमेर समूहका जेष्ठ नागरिकलाई लगाउने कार्यक्रम रहेको छ ।
उक्त खोप लगाउनका लागि नौ वटै स्थानीय तहमा गरि ५५ वटा खोप केन्द्र स्थापना गरिएको कार्यालय प्रमुख जितेन्द्र साहले जानकारी दिनुभयो । उहाँले ६२ देखि ६४ बर्ष उमेर समूहका जेष्ठ नागरिकलाई लगाउन उक्त खोप चार हजार तीन सय डोज उपलब्ध भएको पनि सुनाउनुभयो ।
कार्यालयका अनुसार जिल्लामा उक्त उमेर समूहका जेष्ठ नागरिकको संख्या करिब ५३ सय रहेको अनुमान गरिएको छ । उक्त उमेर समूहका कतिपय व्यक्तिको मृत्यु भएको र कतिपय बसाँई गएको हुनाले खोप पुग्ने बताईएको छ ।
खोप लगाउनका लागि कमलामाई नगरपालिकामा सात वटा, दुधौली नगरपालिकामा १० वटा, गोलन्जोर गाँउपालिकामा सात वटा, घ्याङलेख गाँउपालिकामा पाँच वटा, तीनपाटन गाँउपालिकामा आठ वटा, फिक्कल गाँउपालिकामा छ वटा, मरिण गाँउपालिकामा तीन वटा, सुनकोसी गाँउपालिकामा पाँच वटा र हरिहरपुरगढी गाँउपालिकामा चार वटा खोप केन्द्र स्थापना गरि स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।
जिल्लामा यसअघि कोभिशिल खोप अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी, स’ुरक्षाकर्मी, सरसफाई कर्मी, जनप्रतिनिधि, कर्मचारी, पत्रकार लगायत गरी पहिलो र दोस्रो डोजको दुवै मात्रा खोप लगाउनेको संख्या दुई हजार २०७ पुगेको उक्त कार्यालयले जनाएको छ ।