सिन्धुली — छ वर्ष अघि खुर्कोट राताटारका सबै घरहरु धु लोमा मिलेका थिए । रातमाटोको धु लो धु वाँ बनेर उडेको थियो । भू कम्पले ध्व स्त बनाएको त्यहि राताटार यतिखेर रंगिन बस्तीमा परिणत भएको छ ।
कालोपत्रे सडक, तीन तल्लेसम्मका पक्की घरहरु, बीपी राजमार्गबाट ७ मिनेटमा नै सवारी साधनमा पुगिने, खानेपानीको सुविधा, सामूहिक काम यस्तो परिचय बनाएको छ, गोलन्जोर गाउपालिका ७ को राताटारले । पाँचवर्ष अघिसम्म भ त्किएका घर र अ स्थायी ट हरोले बी रुप भएको राताटार रंगिन भएको छ । “अहिले त स्वर्ग झै भएको छ,” सामूहिक माछापालनका लागि काम गरिरहेका कृष्णबहादुर रार्ईले प्रतिक्रिया व्यक्त गर्नुभयो ।
“यस्तो होला भन्ने त कल्पना पनि गरिएको थिएन्,” उहाँले भन्नुभयो, “पिच भएको सडक गाँउमै आउला भन्ने लागेकै थिएन्, भू कम्प पछिको पुनर्निर्माणबाट सबैजसो पक्की घरहरु बनेका छन्, गाँउ नै रंगिन भएको छ ।”
घरको गा¥हो लगाउदै गरेका गोलन्जोर गाँउपालिका ७ राताटारका प्रदिप राईले पाँच वर्षा र हिंउद ट हरोमा क टाउनु भएको थियो । सामाग्रीहरु जुटाएर घर निर्माणमा लागेको चार महिना बितेछ । निलो जस्ताको छाना, माटो र ढुङाको गा र्हो, बाहिर सिमेन्टको प्लाष्टर गरेर राईले घर बनाउनु भएको छ । नजिकै गहुँ ठटाउदै गर्नु भएकी जीवन संगिनी उर्मिलातिर फर्कदै प्रदिपले अबको वर्षा अगावै घर सर्ने योजना सुनाउनुभयो । त्यसमा उर्मिलाले पनि साथ दिनु भएको थियो । “कति दुःख का टियो टहरामा, बयान गरेर साध्य छैन्,’ उहाँले भन्नुभयो, ‘अहिले पनि दिउसोको समयमा ग र्मीले गर्दा बस्नै सकिदैन् ।”
आफैं खटेर घर निर्माण गर्दा पनि ११ लाखको हाराहारीमा खर्च लागेको प्रदिपले अनुमान लगाउनुभयो । “पाँचलाख ऋ ण गरेका छौं,” सरकारले दिने तीन लाखमा दोस्रो किस्ता सम्मको दुईलाख ल्याइयो,” उहाँले थप्नुभयो, “घर बनाउदा ऋ ण लागेपनि बाबुआमा र केटाकेटीलाइ नयाँ घरमा सार्न आतुर छौं ।”
प्रदिपलाइ घर नबन्दा सबैभन्दा समस्या बाबुको थियो । दिउसोेको च र्को घाम लागेपछि जस्ताले छाएर बनाएको अ स्थायी टहरोमा बसिसक्नु हुदैन् । ६० वर्षीय बाबु भरतबहादुर रार्ई बैशाखीको साहारामा रुखको सिंयाँल खोज्दै हिंड्नु हुन्छ । “के गर्नु ट हरामा बस्नै सकिंदैन्, आ गोको रा प कम होला तर यहाँ बढि पोल्छ,” उहाँले भन्नुभयो, “भरदिन रुखको छाहारी खोजेर हिंड्नुपर्छ ।”
भू कम्पपछि गाँउमा पानीको मु हान सु क्दा अर्कोगाँउको घारामा पानी लिन गएको समयमा राई ल ड्दा खु ट्टा भाँ चिएको छ । “पी डा एक छदै थियो, ज्या नमै चो ट लागेपछि गरिखाने मेलो पनि भएन्,” उहाँले सुनाउनुभयो, “दै व पनि कति नि ष्ठुरी भएका होलान्, एकपछि अर्को पी डा थप्दै जाने ।” अब भने छोराले घर निर्माण अन्तिम चरणमा पुर्याएकाले दुःखका दिन ट र्न लागेको जस्तो लागेको उहाँको भनाई थियो ।
राताटारका ५६ घर भू कम्पले ढा लेको थियो । ती मध्ये एकघर बाहेक सबै पुनर्निर्माणको अन्तिम चरणमा छन् । “सबैजसो घर बनिसके केही बन्दैछन्,” कृष्णबहादुले बताउनुभयो । उहाँका अनुसार केहीले मात्र माटोढु¨ाको बनाएका नत्र छत ढलान गरेर नै घर बनेको छ । “तीन कोठे र चारकोठे घर धेरै बनेका छन्” उहाँले भन्नुभयो, “सबैजसोले तेस्रो किस्ता समेत लिइसकेका छन्, केही प्रकृयामा रहेका छन् । एक घर भने घरमुली बाहिर बस्ने हुनाले शुरु नै भएको छैन् ।”
भू कम्पले ध्व स्त बनाएको राताटारमा यतिखेर तीनतले पक्की भवन समेत बनेको छ । स्थानीय शिक्षक यज्ञबहादुर राईले उक्त घर निर्माण गर्नु भएको हो । नेपालको नमूना १० शहर मध्ये खुर्कोट परेपछि राताटारमा सडक कालोपत्रे समेत भएको छ । पहिला उ जाड लाग्ने राताटारमा यतिखेर का यापलट भएको छ । सडक कालोपत्रे भएपछि अन्यत्र सरेर घर बनाउने योजना बुनेकाले समेत राताटारमा बनाएका छन् ।
“वेशीमा घर बनाउने योजनामा थियौं, तर सडक कालोपत्रे भएपछि यहिं बनाएका छौं,” सहकारीको काममा व्यस्त रहेकी अर्की रैथाने सावित्रा राईले बताउनुभयो ।
खुर्कोट बजार आसपास जग्गा हुनेले घर सारेपनि पाकाहरुको भने दैनिकी राताटारमै बित्ने गर्छ । भूकम्पले भत्किएका आफ्ना दुइ घरको आँगनमा भेटिएका ७५ वर्षीय वृद्ध खड्गबहादुर थापा दिनहु“जसो राताटार उक्लिने गर्छन । कान कम सुन्ने उहाँले आफ्नो थातथलो भएकाले माया लागेर लठ्ठीको साहारामा राताटार आउने गरेको सुनाउनुभयो । “आफुले आर्जेको सम्पतीको माया हुदो रहेछ,” उहाँले भन्नुभयो, “दुइघण्टा उकालो चढेर आउछु, यतै घर बनाउनु पर्छ भन्दा छोराहरुको कानमा बतास लागेन्, ।”
गोलन्जोर गाँउपालिका अध्यक्ष पुष्पबहादुर कार्की भूकम्पका घर निर्माणका लागि चाहिने ढुंगा, वालुवा र गिट्टी हर बखत उपलव्ध गराएको बताउनुहुन्छ । “वर्षातमा समेत सामाग्री उपलव्ध गराईएको छ”, उहाँले भन्नुभयो, “पुनर्निर्माणको अन्तिम चरणमा छौं, आवश्यकताका आधारमा सबै घरहरु बन्छन् ।”
राताटारवासीले अर्को अनौठो काम गरेका छन् । राईको बाहुल्य रहेको राताटारमा पर्मबाट १० घर बनेका छन् भने तीन घर निर्माणाधिन रहेका छन् । मिस्त्री, लेवर गाँउमै भएकाले आफ्नो घर आफैं बनाउ भन्ने नीतिलाइ अंगाली सबै काम आफैंले गरेको स्थानी अगुवा कृष्णबहादुर राईले बताउनुभयो ।
“घर निर्माणको लागि चाहिने बालुवा, गिट्टी, ढुंगा, सिमेन्ट, रड, काठपात लगाएतका सामाग्री घरमुलीले जुटाउने र अन्य काम भने पर्ममा गरेको” उहाँले सुनाउनुभयो । “सामुहिक पर्ममा घर बनाउदा २० लाख लगानी लाग्ने एकतले पक्की घरलाइ १५ लाख मात्र लागेको छ”, उहाँले भन्नुभयो, “ज्यालाको रकम जोगिदा समेत ठुलो राहत मिल्यो ।” सामुहिक पर्ममा काम गर्दा अपनत्व समेत बढ्ने र काम ठुलो सानो नहुने रहेछ भन्ने सबैलाइ पर्ने उहाँको अनुभव रह्यो ।