सिन्धुली– विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सिन्धुली आउनु हुनेभएको छ । ऐतिहासिक जनआन्दोलन दिवसको अवसरमा चैत २४ गते सिन्धुली माडीमा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) को चौँथो राष्ट्रिय भेलामा सहभागि हुन प्रकाण्ड सिन्धुली आउन लाग्नुभएको महासंघको केन्द्रिय संयोजक हरि श्रेष्ठले जानकारी दिनुभएको हो ।

कमलामाई नगरपालिका ६ स्थित खम्बेचौरमा दिउँसो १ बजेदेखि हुने सभामा विशेष सम्बोधनकालागि प्रकाण्ड सिन्धुली आउन लाग्नुभएको हो । उहाँसहित केन्द्रिय नेताले सम्बोधन गर्ने संयोजक श्रेष्ठले बताउनुभयो ।