शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

नेपालमै एक लाखकाे भाले ( हेर्नुस भिडियाे )

बुधवार , भाद्र १०, २०७७

काठमाडौं, १० भदौ - दाङको घोराहीका १९ वर्षीय विगन पुन बिहान उठ्नेबित्तिकै आफ्नो मुख धुन बि र्सेलान तर कुखुराको भालेको मुख धोइदिन बि र्सिन्नन्। मुख धोएपछि भाले 'फ्रेस' हुन्छ रे। अनि क्या ल्सियम खुवाउँछन्। त्यसपछि खुला चौरमा चराउन लैजान्छन् र घरमा ल्याएर धान, मकै, गहुँजस्ता खाने कुरा दिन्छन्।

यो विगनको दैनिकी हो। थाहा पाउने भएदेखि नै उनी कुखुरासँग खेल्दै हुर्किए। घरमा कुखुरा प्रशस्तै हु्न्थे। उनका बुवा भाले पाल्न सौखिन थिए। ठूला र ल डाकु भाले पाल्थे।

बालापनदेखि कुखुरासँग जोडिएको सम्बन्ध विगनले बि र्सन सकेनन्। बुझ्ने भएदेखि नै उनले पनि कुखुरा पाल्ने रहर हुर्काउन थाले।

रहरले मात्रै जीवन चल्दैन भन्ने कुराको ज्ञान भएपछि उनले यसैलाई व्यवसायमा बदल्ने निधो गरे।

उनले फा इटर कुखुरा ल्याए। मान्छेलाई भन्दा बढी राम्रोसँग पाले।

ती भालेलाई फा इट खेलाउन उनी पोखरा, काठमाडौं, भारत उत्तर प्रदेशको नानपारा र बहराइचसम्म पुगे। भाले ल डाइँमा उनलाई कतै सफलता मिल्थ्यो, कतै अ सफलता।

गत वर्ष फागुनमा सिद्धार्थ बैंकका कर्मचारी अजित श्रेष्ठसँग ५७ हजारमा अर्को एउटा भा ले किने। रामपुरी न श्लको त्यो भाले श्रेष्ठले कलकत्ताबाट किनेर ल्याएका थिए। यो जात अ सिल कुखुराको सक्कली न श्ल मान्ने गरिन्छ।

नेपालमा पनि यो भाले पाल्नेहरूको ‘अ सिल नेपाल’ ग्रुप छ। ग्रुपका अध्यक्ष दीपाङ्कर प्रधान हुन्। त्यही ग्रु पले नेपालमा बेलाबेलामा भाले ल डाउने टु र्नामेन्ट आयोजना गर्ने विगनले बताए।

उनका अनुसार टुर्नामेन्टमा हजारौंको बेट (बा जी) पनि चल्छ। सौ खिन व्यक्तिहरू भाले जु धाएर मनोरञ्जन लिन्छन्। जि त हा रको खेल खेल्छन्। दुई वर्षपहिले असिल नेपालले काठमाडौंमा आयोजना गरेको टुर्नामेन्टमा प्रवेश शुल्कमात्र दुई हजार रुपैयाँ थियो।

एक वर्षअघि पोखरामा आयोजना गरिएको टुर्नामेन्टमा प्रवेश शूल्क ५ हजार थियो। विगनलाई काठमाडौंमा अ सफलता मिलेको थियो, पोखरामा सफलता।

ल कडाउन सुरू हुनुभन्दा पहिला दाङको तुलसीपुरमा आयोजित व्यापारिक महोत्सवमा पनि उनले भाले ल डाउन लगे। त्यहाँ एउटा स्टल नै भाले भि डाउनका लागि राखिएको थियो।

‘भाले ल डेको हेर्न आउने मान्छे हाउस फूल हुन्थे। टिकट अघिल्लो दिन नै सकिन्थ्यो,’ विगनले भने ‘ फा इटर भालेले आय आर्जनमा मात्रै हैन आन्तरिक पर्यटन प्रवर्द्धनमा पनि टेवा पुग्छ।’

यस्तै सौखिन र बाजी थाप्नेहरूको हो डबाजीले यो कुखुराको मूल्य म हंगो पर्ने गरेको छ।

‘ओर्जिनल ब्रिड अति नै ल डाकु हुन्छ। ल ड्दा लड्दै ढ ल्छ, कि म र्छ वा मा र्छ,’ उनले फाइटर भालेको विशेषता बताए।

विगनको भालेले पनि लडाइँका क्रममा विभिन्न ठाउँमा ४ वटा जति प्र तिद्वन्द्वी भाले मा री सकेको छ रे। उनले आफ्नो भालेको छ रीमा क्या प लगाइदिने गर्छन्। अरू कुखुरालाई हानेर घा इते बनाउन न पाओस् भनेर छ रीमा क्याप लगाउने गरेको उनले बताए।

'यो भालेको छरी सि योजस्तै ती खो छ र यो यसको लागि त रबारजस्तै ख तरानक ह तियार हो,’ विगनले थपे ‘यसले हा न्न पायो भने अरूलाई घा इते बनाउँछ। त्यसैले क्यापले बाँ धेर राख्ने गर्छु।’

टुर्नामेन्टको लागि भालेलाई तयार पार्दा दैनिक साँझ-बिहान खुट्टा, घाँटी, पखेटा, छातीको भागलगायत हो लबडी मालिस गरेर बलियो बनाउने गरेको उनले बताए।

टुर्नामेन्ट हुनु कम्तिमा दुई महिना पहिलादेखि नै भालेलाई अ भ्यास गराउने क्रम सुरू हुन्छ। विगनका अनुसार स्टामिनाको लागि भालेलाई रनिङ गराउनेदेखि स्विमिङसम्म गराइन्छ। कहिले स्थानीय खोला र कहिले घरमै ठूलो बाटामा पानी भरेर भालेलाई स्विमिङ गराउने गरेको उनले सुनाए।

'फ्याटनेस हटाएर उसलाई फुर्तिलो र बलियो पार्न अभ्यास जरूरत हुन्छ,' उनले भने।

त्यसरी अभ्यास गराउँदा भालेको धेरै श क्ति पनि खर्च हुन्छ रे। क मजोर हुन नपाओस् भनेर अभ्यासको समयमा भालेलाई अघिपछि भन्दा बढी पोषण तत्वयुक्त डाइट खुवाउनु पर्छ।

'प्राय ड्राई फुड दिने गरिन्छ। इण्डियन बदाम, काजु, किसमिस, अण्डा, जडीबुटी, क्याल्सियम, भिटामिनजस्ता कुरा खुवाउने गरेको छु,' विगनले भने, 'सामान्य रूपमा खुवाउँदा दैनिक एक-दुई सय र महिनाको ७/८ हजार भए लगभग पुग्छ। उचित डा इट दिने हो भने त्यसले पुग्दैन। महिनामा एउटा भालेलाई १५ देखि २० हजार खर्च लाग्न सक्छ।’

टुर्नामेन्टबाहेक अघिपछि सामान्य कुखुरा पालेजस्तै घरकै धान,मकै, गहुँजस्ता खाद्यान्न खुवाउने उनले बताए।

'फाइटर भाले पाल्नु छोराछोरीलाई पालेजस्तै हो,’ विगनले भने ‘यो जातको कुखुरा मानिससँग अति नजिक बस्न रूचाउँछ।’

विगनले फा इटर भालेको इतिहास नै खोजेर राखेका छन्।

राणा कालदेखि नै राजा महाराजाहरूले यस्ता भाले पाल्ने गर्थे। राणा शासनको अन्त्यपछि मनोरञ्जनका लागि भाले ल डाउने चलन विस्तारै घट्दै गयो। हुँदाहुँदा नेपालमा फाइटर भाले पाउनै छोड्यो। तैपनि सौखिनहरूले भारतबाट फा इटर भाले किनेर ल्याउन थाले। पाकिस्तानमा पनि यो कुखुरा पालिन्छ। यो कुखुराको सबैभन्दा राम्रो नश्ल भियतनाममा छ। त्यसमध्ये पनि इन्डियाको रामपुरी न श्लको असिल जातको कुखुराको वंश ओर्जिनल मान्ने गरिन्छ। जुन अचेल भेट्टाउन मुस्किल हुन्छ। विगनसँग भएको पनि त्यही नश्लको भाले हो। जसको मूल्य अरूभन्दा बढी पर्छ।

नेपालमा फाइटर भन्ने नाम दिइएको भए पनि भारतमा यो भालेलाई असिल भन्ने गरिन्छ। कुखुरा र गि द्धको क्रसबाट फाइटर भालेको नश्ल तयार पारिएको विगनले सुनाए।

‘यसमा गि द्धको पचास प्रतिशत रगत छ,’उनले थपे ‘यो फाइटर कुखुरा र गि द्धको क्र स हो।’

उनका अनुसार फा इटर कुखुरा गलुवा, रामपुरी, जाभा, माढीपुरलगायत जातका हुन्छन्।

'फा इटर भालेमध्ये पनि कलेजी रङको विषेश नश्ल मानिन्छ,’ विगनले हुँदै भने ‘त्यो ख तरा फा इट खेल्छ।’

त्यस्ता भालेलाई सौखिनहरूले जति पनि मूल्य दिन सक्छन्। यी भाले मासु खानलाई हैनन्। त्यसैले किलोको तौलअनुसार बिक्री हुँदैनन्। बरू भालेले खेल्ने फा इटका आधारमा मूल्य निर्धारण हुन्छ।

'एक किलो होस् कि दुई किलो, यसको मासु बिक्ने हैन,’ विगनले थपे, ‘त्यसको नश्ल, ब्लड लाइन र क्वालिटीका आधारमा मूल्य निर्धारण हुन्छ। भालेको ठोर, हाइट, फा इटका आधारमा भाले बिक्री हुने गर्छ।'

विगनको असिल भालेलाई अहिले विभिन्न व्यक्तिहरूले किन्न खोजिरहन्छन्। तै उनले त्यो बेचेका छैनन्।

'यसलाई एक जनाले ८० हजार र एक जनाले एक लाख रूपैयाँमा बेच भन्नुभाथ्यो, तर मैले बेचिनँ,’ विगनले भने।

उनका अनुसार उनको त्यो भालेको नश्ल दू र्लभ हो र फाइट पनि निकै राम्रो खेल्छ।

फा इटर कुखुरा पाल्ने सोखलाई व्यवसायमा बदल्न उनले आफ्ना साथी सञ्जय जिएमसँग मिलेर फार्म खोलेका छन्। पुन र जिएम मिलेर एक वर्ष पहिलेदेखि फाइटर भाले पाल्न थालेका हुन्। उनीहरूले ५०/५० हजार रुपैयाँ लगानी गरेर फा इटर कुखुराका भाले पोथी किनेर ल्याएका थिए। उनीहरूले कुखुराको खोर नै बनाएको भने फागुनमा मात्र हो।

घोराही उपमहानगरपालिका-१५ न्यूरोडस्थित विधान फर्निचर पछाडि कुखुराको खोर छ।

पहिले किनेर ल्याउने र बेच्ने गर्थे। अब भने फाइटर कुखुराका चल्ला उत्पादन गरेर बिक्री पनि गर्दै आएका छन्।

‘एकजोडी चल्लालाई ३ हजार ५ सय पर्छ। बढी बा र्गेनिङ भए ३ हजारसम्म दिन सकिन्छ,’ सञ्जयले भने।

साउन ७ गते ल कडाउन खुल्नेबित्तिकै दुबै जना फा इटर भाले ल्याउन नेपालगञ्ज पुगेका थिए।

ती भाले उनीहरूले भारतको लखनउबाट मगाएका थिए। तीन वटा पोथी र एउटा भाले किन्दा उनीहरूलाई २८ हजार मूल्य पर्‍यो। भालेको १३ हजार र पोथी एउटाको ५ हजारमा किनेर ल्याए।

‘कसैले भारतकै ब्रिड चाहियो भन्नुहुन्छ,’ सञ्जयले भने ‘ग्राहककै चाहनाअनुसार हामीले ती ल्याएका हौं।’

उनीहरूको काममा अहिले इन्गेज बुढा मगर पनि जोडिएका छन्। उनीहरूले आफ्नो व्यवसायलाई ‘दाङ असिल नेपाल फर्म’नाम दिएका छन्।

उनीहरू तीन जना सँगसँगै पढ्ने साथीहरू हुन्। महेन्द्र बहुमुखी क्याम्पसमा बिबिएस प्रथम वर्षमा अध्यनरत छन्।

विगनको रहर विस्तारै व्यावसायिक रूप धारण गर्दै छ। उनीहरूको फा इटर जातको भाले र चल्ला खोज्न आउनेहरुको संख्या बढ्दै गएको छ। भदौ ८ गते मात्रै घोराहीकै सर्राका एकजनाले ४० हजारमा दश वटा कुखुरा पाल्नको लागि किनेर लगे। त्यसमध्ये एउटा भाले दश हजारमा बिक्यो। अन्य पोथीहरू ४ देखि ५ हजारको दरले बिक्री हुने गरेको विगनले जानकारी दिए।

काठमाडौंका एकजनाले ५० वटा चल्ला बुकिङ गरिसकेका छन्। ल कडाउनका कारण पठाउन नसकिएको उनले बताए।

‘ल कडाउनकै बीचमा पनि हामीले एक डेढ लाखको व्यापार गर्न सफल भयौं,’ विगनले भने ‘मागअनुसार पुर्‍याउनै सकेका छैनौं।’सेतोपाटीबाट साभार ।

भिडियाे :

प्रतिक्रिया