दाङको युवाहरुले रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रम संचालन गरेका छन् । साथी ग्रुप सँगको सहकार्यमा ‘भ्वाईस अफ युथ’का युवाहरुले रक्तदान गरेका हुन् ।
स्वर्गीय साथी इन्जिनियर निरञ्जन बस्यालको स्मृतिमा शनिबार ४३ जना युवाहरुले रगत दान गरेका हुन् । ग्रुुपका संस्थापक सदस्य अशिम बिस्टले कार्यक्रम समापन गर्दै सबै सहयोगी मनहरुलाइ धन्यबाद दिए । उनले स्वर्गीय साथीको सम्झनामा शुभ कार्य गरेको बताए । साथै, उनले प्रत्यक्ष अप्रत्यक्ष रुपमा कार्यक्रम सम्पन्न गराउन सहयोग गर्ने सम्पुर्णलाइ धन्यबाद दिएका थिए । उनले कोरोनाको महामारीका बिच प्रत्यक्ष रुपमा खटिएका स्वास्थ्यकर्मीहरुलाई बिशेष आभार प्रकट गरे । समापन कार्यक्रममा बोल्दै बिस्टले कार्यक्रम संचालनकालागि सहयोग गर्ने क्राउन रेस्ट्रो एण्ड लज, उपटेक र रबिन्द्र वलिलाई धन्यवाद दिए ।
आपतकालिन अवस्थामा आफूहरुले २७ जनाको नाम संकलन गरेको भ्वाईस अफ युथका अध्यक्ष झलक बस्नेतले जानकारी दिए । उनले ‘जिवन दान रक्तदान’ भएको भन्दै सबैलाई रक्तदान गर्न प्रेरित गरेका थिए । साथै, उनले आफ्नो समूहले आगामी दिनमा पनि थप सामजिक कार्यक्रम गर्दै समाजकोलागि मार्गदर्शक बन्ने अठोट लिए ।