सिन्धुली, ३० असार – जिल्ला विपद व्यवस्थापन समितिका संयोजक तथा सिन्धुलीका प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले बर्षाका कारण विपी राजमार्ग अ वरुद्ध नरहेको बताउनुभएको छ । केही दिन देखि परेको लगातारको बर्षाले बिच बिचमा लेदो झरेर थुप्रे पनि तत्काललै लेदो हटाइने गरेकाले अहिले सम्म विपी राजमार्ग अवरुद्ध नभएको उहाँले बताउनुभयो ।
“विपी राजमार्ग यसपालिको बर्षाले खासै अवरुद्ध भएको छैन् । पानी परेको बेला सामान्य रुपमा सुनकोशी गाउँपालिका र गोलन्जोर गाउँपालिका क्षेत्रमा लेदो खस्ने गरेको छ । त्यस्ता लेदोहरु सम्बन्धित गाउँपालिकाले जेसिवी लगाएतर तत्काल हटाउने गरेका छन् ” उहाँले भन्नुभयो ।
विपी राजमार्गसँग जोडिएका नयाँ खनिएका ग्रामिण सडकहरुबाट पानी परेपछि लेदोहरु खसेर राजमार्गमा जम्मा हुने गरेको छ । बर्षाका कारण जिल्लाका अधिंकास ग्रामिण सडकहरु चै भने अवरुद्ध हुने गरेका छन् ।