सिन्धुली, १६ जेठ – सिन्धुलीको मरिण गाउँपालिकाका कर्मचारीहरुले आफ्नो ३ दिनको तलब को रोना रोकथाम कोषलाई दिने भएका छन् । गाउपालिकामा कार्यरत सबै कर्मचारीहरुले ३ दिनको तलब गाउपालिकाले स्थापना गरेको को रोना रोकथाम कोषमा जम्मा गर्ने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विनोद पोखरेलले जानकारी दिनुभयो ।
गाउपालिकामा कार्यरत ५८ जना कर्मचारीहरुले आफ्नो ३ दिनको तलब कोषमा जम्मा गर्ने निर्णय भएको उहाँले बताउनुभयो । गाउपालिकामा कार्यरत निजामती प्रशासन तर्फका १८ जना, करार कर्मचारी ३० जना, एम.आई.एस तर्फका ३ जना, सशर्त तर्फका ६ जना, स्वास्थ्यका १ जना गरी ५८ जनाको ३ दिनको तलब कुल १ लाख ६४ हजार १ सय ६० रुपैयाँ रकम कोषमा जम्मा गरिने उहाँले बताउनुभयो । विश्वभर फैलि रहेको कोरोना भाईरस(कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि आफु कार्यरत गाउपालिकालाई सहयोग पुगोस् भनेर सबै कर्मचारीको तर्फबाट तलब कटाएर जम्मा गर्ने निर्णय भएको उहाँको भनाई छ ।
मरिण गाउपालिकाले स्थापना गरेको कोरोना रोकथाम कोषमा यस अघि गाउपालिकाका सबै निर्वाचित जनप्रतिनिधिहरुले एक महिनाको सबै सेवा सुविधा कुल ४ लाख २१ हजार बराबरको रकम जम्मा गर्ने निर्णय गरेका छन् । उक्त कोषमा यस बाहेक ७८ लाख २१ रकम जम्मा भईसकेको गाउपालिकाले जनाएको छ ।