शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीको मरिणमा १८ जनालाई क्वा’रेन्टाईमा राखियो

बुधवार , बैशाख २४, २०७७

सिन्धुली,२४ बैशाख – सिन्धुलीको मरिण गाँउपालिकाले बुधवार १८ जनालाई क्वा’रेन्टाईनमा राखेको छ । को’रोना भा’ईरसको सं’क्रमीत भेटिएको जिल्ला रौतहटबाट आएका ४ जना बालबालिका सहित १८ जनालाई मरिण गाउपालिकाले क्वा’रेन्टाईनमा राखेको हो ।

मरिण गाँउपालिका वडा नं. ७ थामी टोल घरभई रौतहटको पर्सुवा स्थित बि ईट्टार्भट्टामा काम गर्दै आएका उनी सबै १८ जना पैदलै हिडेर सिन्धुलीको हरिहरपुरगढी गाउपालिका आईपुगेका थिए ।

रौतहटबाट आउनेहरुमा १३ जना पुरुष, ५ महिला रहेका मरिण गाउपालिकाका स्वास्थ्य शाखा संयोजक मधु लाखेले जानकारी दिनुभयो ।

रौतहटबाट हिडेरै हरिहरपुरगढी आईपुगेका उनीहरुलाई हिजो राती हरिहरपुरगढीको क्यारेन्टाईनमा राखिएको र आज मरिण गाउपालिकाले त्यहा ल्याएर मरिण बहुमुखी क्याम्पसमा बनाईएको क्वारेन्टाइन राखिएको मरिण गाउपालिकाका अध्यक्ष पानीराज बम्जनले जानकारी दिनुभयो । सामान्य चेकजाँच पछि उनीहरुलाई क्वा’रेन्टाइनमा राखिएको उहाँको भनाई छ ।

प्रतिक्रिया