सिन्धुली,४ बैशाख– सिन्धुलीको मरिण गाउँपालिकाले घरभाडामा बस्नेहरुलाई स'रसफाई सामाग्री वितरण गर्ने भएको छ । बुधवार स्थानीय वि’पद तथा ज'लवायु उत्थानशिल समिति तथा आ'पत्कालिन दु’र्घटना कोष तथा व्यवस्थापन समितिका अध्यक्ष एवं गाउँपालिका अध्यक्ष पानीराज बम्जनको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले तत्काल सावुन पानीले हात धुन ५ थान वितरण गर्ने र स्वास्थ्य सामाग्रि नलिने घर परिवारको विवरण संकलन गरि धन्यवाद दिने समेत निर्णय गरेको छ । यस्तै रा’हत वितरणको लागि वडाबाट आएका नामावली सार्वजनिक गर्ने निर्णय गरेको अध्यक्ष पानिराज बम्जनले जानकारी दिनुभयो ।
साथै ल'कडाउनलाई थप कडाईका साथ लागु गर्ने र खाद्यान्न ढुवानीमा म’दिरा तथा चिसो पेय पदार्थ ओसार प्रसार भएको गुनासो आएकाले त्यस्ता कार्य गर्न नि’रुत्साहित गर्ने पनि निर्णय गरेको छ ।
प्लान नेपाल, सहकार्य नेपाल, रेडक्रस बाट गाउँपालिकालाई रा’हत स्वरुप नगद तथा रा’हत प्रदान गर्न प्रस्ताव प्राप्त भएकाले स्वीकृत मापदण्डको परिधिमा रही स्वीकृत गर्ने निर्णय गरेको छ । बैठकमा को’रोना भा’इरस (को’भिड–१९) को सं'म क्रण रोकथाम तथा न्यूनीकरणको लागि सवै पालिका बासिलाई लकडाउनको पालना गरि घरमा नै बस्न आग्रह गरिएको थियो । साथै बैठकमा वडाले गरेका कार्यहरुको बारेमा समेत जानकारी गराईएको थियो ।