सिन्धुली,२३ चैत – सिन्धुलीको मरिण गाउँपालिकाले ल’कडाउनको मारमा परेका दैनिक ज्यालादारी गर्ने श्रमिक परिवारलाई राहत वितरण गर्ने भएको छ ।
गाउँपालिकाको शनिवार बसेको गाउँकार्यपालिकाको बैठकले दैनिक ज्याला मदजुरी गरेर गुजरा गर्ने श्रमिक परिवारलाई राहत वितरण गर्ने निर्णय गरेको हो । राहत वितरणमा समन्वय गर्न संघिय सरकारले गरेको आग्रहअनुसार मरिण गाउपालिकाले दैनिक ज्यालादारी गर्ने, असहायलगायतलाई राहत उपलब्ध गराउन लागेको हो ।
लकडाउनमा रोजगारीका अवसर नहुने भएकाले गुजारा चलाउन नसक्ने परिवारलाई गाउपालिकाले दैनिक जीवनमा आवश्यक पर्ने न्यूनतम वस्तु समेटेर प्याकेजमा राहत दिन थालिएको मरिण गाउपालिकाका अध्यक्ष पानीराज बम्जनले जानकारी दिनुभयो ।
श्रमिक परिवारलाई राहत वितरण गर्नका लागि गाउपालिकाले ३५ लाखको विपद् व्यवस्थापन कोष खडा गरेको उहाँले बताउनुभयो । तत्कालको लागि विभिन्न शिर्षकमा बिनियोजित बजेटलाई खर्च गर्ने गरी उक्त कोष खडा गरिएको उहाँले जानकारी दिनुभयो ।
वडा कार्यालय मार्फत दैनिक श्रम गरेर खाने श्रमिक परिवारको लगत संकलनको काम तत्काल सुरु गर्ने बैठकले निर्णय गरेको उहाँले बताउनुभयो । सरकारले २०७२ सालको भु’कम्प पछि गरेको राहात वितरणमा चरम दु’रुपयोग भएको स्मरण गर्दै उहाँले श्रमिक परिवारलाई वितरण गर्ने राहात प्याकेजमा दुरुपयोग हुन नदिन सचेत रहेको पनि उहाँले दावी गर्नुभयो ।
उहाँले ल’कडाउनको प्रभावकारी कार्यान्वयन हुन नसकेको भन्दै भोली देखि लकडाउन कार्यान्वयमा कडाई गरिने पनि बताउनुभयो । उहाँले गाउँ गाउँमा को’रोना भा’ईरस सम्बन्धि व्यापक सचेतनामुलक सामाग्रीहरुको प्रचारप्रसार गर्ने पनि बताउनुभयो ।