सिन्धुली ,७ माघ– ‘नेपाल भ्रमण वर्ष २०२० हाम्रो अभियान, समृद्ध मरिण हाम्रो पहिचान’ भन्ने मुल नाराका साथ आज सिन्धुलीको मरिण गाउँपालिकामा मरिण महोत्सव सुरु हुँदै छ । महोत्सवको आज दिउँसो संघिय सरकारका उद्योग मन्त्री लेखराज भट्टले उदघाटन गर्नुहुने कार्यक्रम तय भएको आयोजकले जानकारी दिएको छ ।
कृषी, पर्यटन, सांस्कृतिक, सुचना, प्रविधि तथा व्यापार लाई प्राथमिकता दिदै आयोजना गर्न थालिएको महोत्सवमा राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकारहरुको प्रस्तुती समेत रहने छ । महोत्सव सिन्धुली उद्योग वाणिज्य संघ मरिण शाखा र मरिण गाउँपालिकाको आयोजनामा हुन लागेको हो । महोत्सवमा पर्यटन प्रवद्र्धनमा जोड दिदैं स्थानिय उत्पादन र स्थानीय खानाको परिकारलाई प्राथमिकता दिइने मरिण गाउँपालिकाका अध्यक्ष पानीराज बम्जनले जानकारी दिनुभयो ।
आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न तथा प्रचार प्रसार गर्न पनि यस महोत्सवले सहयोग पुग्ने आशा गरिएको उहाँले बताउनुभयो । मरिण गाउँपालिका वडा नम्बर ४ को साहानमा माघ १८ गते सम्म संचालन हुने महोत्सवमा ५० हजारबढी दर्शकले अवलोकन गर्ने अपेच्क्षा गरिएको छ ।
यसैविच मरिण गाउपालिकाले आज (मंगलबार) सार्बजनिक बिदा दिइएको छ । मरिण महोत्सव उदघाटन हुने दिन आज गाउँपालिका भित्र संचालनमा रहेका सम्पुर्ण कार्यालय,शिक्षण संस्था लगाएत संघसंस्थाहरुलाई सार्वजनीक बिदा दिईएको अध्यक्ष बम्जनले जानकारी दिनुभयो । मरिण महोत्सवको सम्पुर्ण तयारी पुरा भएको समेत उहाँले बताउनुभयो ।