शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

काकाकुल बन्दै सिन्धुलीबासी

बुधवार , पौष २, २०७६

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका महेन्द्रझ्याडीकी उर्मिला राइ गाउँको पुछारमा रहेको कुवाबाट पानी भरेर घरतर्फ लैजादै । घरको धारामा पानी नआएपछि खानेपानीका लागि सबै स्थानीय कुवामा निर्भर रहेका छन् ।

दुधौली नगरपालिका ४ सिर्थौली,डकाहा बजारका रामकुमार धामीले पानीको लागि रोइलो गर्नुपर्छ भन्ने मनमा कहिल्यै लिनु भएन । उमेरले चारबिस पुग्न लागेका धामी वसोवास क्षेत्रमा खानेपानीको सालिन्दा हाहाकार भएको देखेर दिक्क हुनु भएको छ ।

घर नजिक भएको जरुवा होस या इनार खन्दा खानेपानीको भुल्का छुट्ने गर्दथ्यो तर केही वर्षयता भने पानी, पानी भनेर तड्पिनु पर्ने समय आएको छ । स्थानीय धामीकै शव्दमा कलियूग लागेर मानव जाती मासिनका लागि यो सब भैरहेको छ । उहाँले भन्नुभयो, “२० वर्ष अघिसम्म पानीको कुनै समस्या थिएन्, जरुवा पलाएको ठा“उमा वर्षैभरि पानी सुक्दैनथ्यो, अहिले त जरुवा नै मासिएर गयो, पानी नै नभएपछि जरुवाको संरक्षण पनि भएन्,।” चुरेको जंगल क्रमश सखाप हु“दै गएपछि पानीको मुहान सुक्दै गएको धामीको अनुभव छ ।

सडक खन्ने र ढलापडा काठ निकाल्ने नाममा हजारौं सालका रुखहरु सोत्तर पारेर ढालेका छन्, उहाले भन्नु भयो, “ यतिखेर घना जंगल भएको वनक्षेत्र राता पाखा भएका छन्, सबै मासेर सके । मानवले आफ्नो लागि विपत्ति आफैं तयार पारेका हुन् ।” चुरेको जंगल नमासिउन्जल पानी र दाउराको कहिल्यै अभाव नभएको अर्का स्थानीय विष्णुप्रसाद अधिकारीले सुनाउनु भयो । सबै भन्दा बढि सडक खन्ने नाममा चुरेको वन क्षेत्र मासिएको छ, उहाले थप्नु भयो । मेशिन प्रयोग गरेर सडक वनाउने भन्दै भएको चुरे वन क्षेत्र सखाप पार्दा बाढी पहिरो जाने, पानीको हाहाकार हुने, चरिचरनको अभाव, जंगली इन्धन नपाउने समस्या भएको उहाँको ठम्याइ छ ।

चुरे क्षेत्रको वन मासिदा पानीको समस्या भएकोमा स्थानीयमा यतिखेर भने चेत खुल्दै आएको छ । दुधौली नगरपालिका ३ का बाशु कोइराला जंगल मासिदा सास्ती हुने भन्दै हुटहुटी गर्दा आफैं फन्दामा परेको बताउ“नु भयो । चुरेको जंगल मास्दा विपत्ति आउने भन्दै मैले धेरै पटक मिडिया र सम्वन्धित वन कार्यालयमा वन मासिएको भनेर रिपोर्ट गरे, तर आफैं, उल्टै फन्दामा परे, अवकास प्राप्त शिक्षक समेत रहनु भएको उहाँले, भन्नु भयो, “वन मास्नेको आ“खाको तारो त हुने नै भइयो, सरकारी अड्डा वन कार्यालयले समेत वयान भन्दै बोलाएर हैरान पार्ने ।” विस्तारै स्थानीयमा चेत खुल्दै आएको जस्तो त देखिन्छ तर ......दैलो देख्यो भन्ने उखान जस्तै भएको छ, उहाँले थप्नु भयो ।

जिल्लाको दुधौली, कमलामाइ नगरपालिका, मरिण र हरिहरपुरगढी गाउ“पालिकामा चुरे क्षेत्र पर्दछ । तराइका जिल्लाहरुस“ग सिमा जोडिएका यी क्षेत्रमा चुरेको वन विनासबाट हजारौं विगाह खेतियोग्य जमिन बगरमा परिणत भएको छ भने खानेपानीको चरम हाहाकार हुने गरेको छ । गर्मी मौसम शुरु हुनासाथ चुरे क्षेत्रका स्थानीय सबैजसोका इनार समेत सुक्ने गरेका छन् । एकादुइको घरमा भएको इनारमा आउने पानीले झगडा र भनाभन समेत निम्त्याउने गरेको छ । धेरै पटक पानी भर्न जा“दा वचन लगाउने गरेको गृहणीहरुको दुःखेसो छ ।

गाग्री लिएर इनार नसुकेको घरमा पानी माग्न जा“दा वचन सहनु परेको इन्द्रिका दनुवारले सुनाउनु भयो ।उहाँले भन्नुभयो “ कति माग्न आएको हाम्रो पनि सुक्न लाग्यो भन्छन्, अनि कति सहनु भनेर मध्ये रातमा पानी खोज्न भौंतारिनु परेको छ ।” पानीको हाहाकार भएपछि कमलाखोंज र मरिण क्षेत्रको अधिकांस स्थानमा घरका दुइजनाको काम नै खानेपानी संकलन गर्ने हुन्छ ।

घरका धारा र इनार सुकेपछि कमला नदी मरिणखोलाका किनारमा जताततै खानेपानीका लागि स्थानीयले अस्थायी कुवा बनाउने गरेका छन् । कुवाको पानी धमिलो हुने गरेको छ । धारा, इनारमा पानी नहुने्, नदी किनारमा कुवा बनाएर पानी खाने गरेका छौं, दुधौली २, रतनपुरका पन्नीलाला कुमरले भन्नु भयो, “ पानी लिनका लागि कम्तिमा दुई घण्टा लाग्छैं, त्यो पनि धमिलो हुन्छ ।” धाराको पानी त हिउद महिना लाग्नासाथ वन्द हुन्छ उहाँले थप्नु भयो ।

कुवामा पानी सफा हुन समय लाग्ने भएकाले धमिलो ने लिएर आउने र घरमा ल्याएर संग्लो बनाउने गरेको हरिहरपुरगढी गाउ“पालिका महेन्द्रझ्याडीकी उर्मिला राइले सुनाउनु भयो । गाउ“का सबैले एउटै कुवा प्रयोग गर्दा र चौपायालाइ समेत पानी खुवा“उदा धमिलो हुने गरेको उहाँले सुनाउनु भयो । घर अगाडि धारा देखिन्छन्, सालमा तीन महिना पनि पानी आउने हैन्, पाहुनलाइ समेत पानी खाउ“ भन्न गा¥हो छ, राइले आफ्नो पीडा पोख्नु भयो ।

दुधौली नगरपालिकाको हर्षही, लदाभिर, दुधौली, निपाने, सिर्थौली, कमलामाइ नगरपालिकाको रानीवास, चन्दनपुर, काउछे, भिमान, तिनतले, मरिण गाउ“पालिकाको ४ वडा, र हरिहरपुरगढी गाउ“पालिकाको चारवडा चुरे क्षेत्रमा पर्दछ । चुरे विनासले पानीको अभाव त छदैछ, साथसाथै उव्जनी हुने जमिन समेत नासिदै गएको छ । जिल्लाको कुल दुइलाख ४७ हजार ८३४ हेक्टर वन क्षेत्र मध्ये एकलाख ६४ हजार २५८ हेक्टर चुरे क्षेत्रमा पर्दछ । चुरेको वन क्षेत्रको विनास विनासलाइ नै खानेपानी अभावको प्रमुख कारक मानिएको छ ।

 

प्रतिक्रिया