शिक्षाले समाजको स्तर निर्धारण गर्दछ । यस्तो शिक्षा समय सुहाउँदो प्रविधिमा हुनु आवश्यक छ । शिक्षालाई समय सुहाउँदो र गुणस्तरिय बनाउन विद्यार्थी संगठनको महत्वपूर्ण भूमिका रहन्छ । शिक्षालाई समय सुहाउँदो बनाउन र विद्यार्थीका हक, हितमा बोल्ने संस्था नै विद्यार्थी – संगठन हुँदै हो । यही उद्देश्यले प्रत्येक विद्यालय र क्याम्पसहरु विद्यार्थीहरु संगठित हुँदै आएका छन् । आस्था र विचारका आधारमा विद्यार्थीहरु पनि फरक–फरक समूहमा संगठित छन् । विद्यार्थीहरु जति समूहमा विभाजित भए पनि सबैको संगठको उद्देश्य शैक्षिक गुणस्तर कायम गर्नु र विद्यार्थीका हक हितमा आवाज उठाउनु नै हो । दुःखद विषय हिजोआज विद्यार्थी संगठनका गतिविधि सेलाउँदै गएका छन् । कुनै समय विद्यार्थी संगठनले शैक्षिक मुद्दा मात्रै बोकेनन् ।
परिवर्तनको आन्दोलनको अगुवाई समेत गरे । पञ्चायत विरोधी आन्दोलन लोकतन्त्र र गणतन्त्र प्राप्तिमा पनि सहभागी भए । राष्ट्रियताको पक्षमा उभिए । जनताका आवाजहरु बुलन्द गरे । बजारमा डिजेट, मट्टीतेलमा दुई रुपैयाँ बढ्दा त्यसको विरुद्दमा आन्दोलन गरे । नागरिकको भावना विपरित हुने जुनसुकै मुद्दामा एकजुट भए । शिक्षालाई व्यापारिकरण हुनबाट बचाए । विद्यार्थी आन्दोलनकै बीचबाट थुप्रै नेताहरु जन्मिए । अझै भनौं परिवर्तनका सम्वाहक नै बने । तर यति ठूलो गौरवमय इतिहास बोकेका विद्यार्थी संगठनहरु हिजोआज निष्कृय बनेका छन् ।
विद्यार्थी नेतृत्वले शैक्षिक मुद्दालाई भुल्दा राजनीतिक आन्दोलनको अन्त्यसँगै विद्यार्थी आन्दोलन पनि सकिएको छ । पार्टीको सबैभन्दा प्रभावशाली मानिने विद्याथी संगठनको औचित्यमाथि नै प्रश्न उब्जिएको छ । तसर्थ विद्यार्थी संगठनले शैक्षिक मुद्दा नभूल । समय सुहाउँदो आधुनिक र शिक्षाको गुणस्त सुधारलाई मियो बनाऊ । वैज्ञानिक र व्यवसायिक शिक्षालाई सबैको पहँुचमा पु¥याउन पैरवी गर । सरकारी शिक्षालाई ध्वस्त हुन नदेऊ । शिक्षाको व्यापारीकरण रोक्न विद्यार्थीहरु फेरि जुर्मुराऊ । अतः गुणस्तरिय शिक्षा र विद्यार्थीको हकहितमा आवाज उठाउन सरोकारवाला निकायले कञ्जुस्याईँ गर्नुहुदैँन ।