शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

उपेन्द्रले जितेको तर कांग्रेसले हारेको कसरी हेर्नु ?

आइतवार , कार्तिक १३, २०७९

नेपाली कांग्रेसको जिल्ला अधिवेश चलिरहदा नेतृत्व परिवर्तनका लागि बेस्सरी हिँडियो । लामो विरासत बोकेका बरालहरुलाई हराएर एउटा अवसर नपाएको कांग्रेस भन्दा सधैँ लडी मर्ने नेतालाई नेतृत्वमा पुर्योउन चानचुने चुनौती थिएन ।

लागेको थियो यिनिले सिन्धुलीमा मरिसकेको कांग्रेसलाई देखिने र सुनिने बनाउने छन् । लोकतन्त्रको पर्यायवाची बनेको कांग्रेस सुन्य गतीबाट विधीमा जाग्ने छ । उपेन्द्र पोखरेलले हरेक कार्यकर्ता कांग्रेस भएकोमा गर्व गर्न लायक बनाउने छन् । सपना मज्जाले देखिएको थियो ।

बरालको विरासत टुटेकोमा म र म जस्तै थुप्रै कांग्रेसीजन खुशीले गदगद भएर चिया चौतारामा लामै गफ दियौँ । भट्टी पसलमा थुप्रै बोतल रित्यायौँ । उन्मादले यती सताएको थियोकि कांग्रेस नयाँ भयो भयो । यसले कार्यकर्ताको पनि रक्षा गर्छ । अवसरहरुलाई समानुपातिक वितरण गर्छ । सिर निहुरिएर हिड्नु पर्ने अवस्थाबाट सिर ठाडो पारेर हिँड्न पाउने भए भन्ने भानमा थियौँ । मज्जा पनि यति थियो, संसारै जिते जस्तो उन्माद भएको थियो ।

यस्तैमा स्थानीय तहको निर्वाचन आयो । गठवन्धन देशैभरी भयो । गठवन्धन राष्ट्रिय बाध्यता थियो, हुने नै भयो । मलाई उपेन्द्र पोख्रेलले हिजो दिनदहाडै बाउ काटिएका, देउरालीटारका वाशिष्ठ कोईराला वेपत्ता भएका, ढंग्रेवासका व्यापारिक नेता नारायण श्रेष्ठ मारिएका र दिउँसै बजारमा अनाहक कुटाई खाएका नेता दिपक मिश्रले सम्झन्छन् र गतिलै बार्गेनिङ गर्छन भन्नेमा ढुक्क थिएँ ।

टिकट वितरणको सुची आयो, हेरेँ मननै अमिलो भयो । दुई तिहाई मत बोकेको कांग्रेसले दुधौलीमा एक तिहाई पनि मत नभएको माओवादीलाई टिकट वुझायो । कांग्रेसले कहिल्यै जित्न नसक्ने एमालेको वर्चस्व भएको फिक्कल कांग्रेसले पाउने । उपेन्द्र भन्दा जेठो राजनीतिक इतिहास भएका कपिल कोईराला सुनकोशीमा उपाध्यक्षमा उठ्नु पर्ने । प्रतिस्पर्धामा हाराहारी मत छ कांग्रेसको, एमालेले उपाध्यक्ष लिन्छौँ, तिमी लड कपिलभन्दा अध्यक्षमा उठ्न नपाउने ।

माओवादीले सबै तिर टिकट परिवर्तन गर्यो। मरिणमा पानीराज हटायो । हरिहरपुरगढीमा कार्साङ निकाल्यो । तर, सुनकोसीमा राजन दाहालको श्रीमती भएकै कारण दोहोरिनु पर्ने । त्यसमा पनि कपिल कोईरालाजत्तिको कांग्रेसको विरासत भएका ‘पायोनियर’ लाई दिपा बोहोरा मुनीको उपाध्यक्ष वस्न वाध्य पारेपछी भने मनै रोयो । थुईक्क मेरो कांग्रेस । केवल कमलामाई नगरपालिकामा उपेन्द्र जित्नमात्र कांग्रेस गठवन्धनमा सहभागि भयो ।

चुनाव भयो माओवादीले यती बठ्याई गर्योकी कांग्रेसीजनको मनमा गहिरो खिल नै गाड्यो । गोलन्जोरमा ज्वाला न्यौपानेले एमालेसँग अघोषित गठवन्धन गरे । उनि जिते, कांग्रेस हराए । घ्याङलेखमा वद्मास्याई माओवादीले गरेर विचरा निरिह अध्यक्षमात्रले जिते । आज अध्यक्ष जगत बहादुर भोलनलाई दाल खाउँकी भात खाउँ जस्तो माआवादीले वनाएर राखेको छ । बहुमतको नाममा हाम्रो नेतृत्व बोल्दैन । जिल्ला समन्वय समिति बन्यो, कांग्रेसले प्रमुख पाउने ठाउँ थियो । एमालेले सहयोग दिन तयार भयो । एमालेले नदिँदा पनि गतिलो छलफलमा भाग मागेको भएपनि पाउने नै थियौँ । लौ माओवादीले पो पाउँ छ त । सुन्दै अच्चम्म ! किन दिएको भन्दा आफु भन्दा जुनिएरलाई समन्वय प्रमुख बनाएर के वजारमा हिँड्नु भन्दै सभापती हिँडेको देख्दा लाग्यो मेरो कांग्रेस मरेछ अब ।

चुनावी परिणाम आउना साथ राजन दाहालले सुनकोशीमा कांग्रेसले गठवन्धनलाई धोका दिए । यसको परिणम राम्रो हुँदैन भन्दै सार्वजनिक रुपमै धम्क्याए । मेरो नेतृत्व चुँ सम्म बोलेन, मन अमिलो बनाएर बस्न वाध्य भयौँ । न गोलन्जोरमा भएको फट्याईमा बोल्यो । न घ्याङलेकमा गरिएको अपराधमा कुरा उठायो ।

सिन्धुली नेपाली कांग्रेसको संस्थापक विश्वेश्वर प्रसाद कोइरालाको जिल्ला । मातृका र गिरिजापनि अहिलेको कांग्रेसको नेतृत्व देख्दा स्वर्गवाट पनि चुकचुकाएर वसेका होलान् । प्रतिष्पर्धामा रहेको कांग्रेस रसातलमा पुग्यो । यो पटक पनि भएको गठवन्धनले कांग्रेस टर्च बालेर खोज्नु पर्ने अवस्थामा पुग्ने छ ।

सुनकोशी गाउँपालिकामा अघिल्लै कार्यकालमा गरिएका अनियमितता र सुनकोशी दोहन गरेर कांगे्रस कार्यकता माथी गरिएको ज्यादतीको साक्षी बनेर वस्न वाध्य पारिएका कपिल कोईरालाहरु छट्पटाई छट्पटाई वसेका होलान् । अहिले त्यसैको साक्षी वस्न विवश वनाउने नेतृत्वलाई के भन्दा होलान् ? अहिले निर्वाचित नेतृत्वले घ्याङलेख, मरिण, हरिहरपुरगढीमा कांग्रेसीजनमाथी गरिएको अपमान काग्रेसीजनले कहिले थाहा पाउने होला ?

मासिसकेको माओवादीलाई जिल्लाकै पहिलो दल बनाउन मेरो नेतृत्वको रुपमा उपेन्द्र पोख्रेलको भुमिका ठुलो रहेको छ । मैले परिकल्पना गरेका उपेन्द्र । एक विद्रोही र शाहसिक थिए । उनि कार्यकर्ता संरक्षण गर्न ज्यानको वाजी थापेर लड्न तयार थिए । एउटा असली कांग्रेस । नाकमा आएको पसिनाले उनि केही गर्नु पर्छ भन्ने लिजेण्ड झैँ लाग्थ्यो । अवसरै नपाएर हो । अवसर पाए यिनले केही गर्छन् है भन्दै मन कुत्कुतिएर आउँथ्यो । नामै ठुलो, बारी सम्पतीको लोभ पटक्कै छैन । हुनपनि उनि र उनले आफ्नो सम्पतीमात्रै निरन्तर बेचेर चैन गर्दा पनि केही पुस्तालाई विलासितामा रमाउनै पुग्छ ।

उपेन्द्रमा हराएको त्यो जुनुन देख्दा मन खिन्न हुन्छ । विस्तारै कांग्रेसको माओवादीकरण देख्दा कहाँ जाउँ, कसो गरौँ उकुस मुकुस हुन्छ । पन्चायतकालमा बावुले फोटो झुण्ड्याएको ठाउँमा फोटो त झुण्ड्याए भन्दै अहिले उपेन्द्र मख्ख परेको सुन्दा अच्चम्म छु । सिंगै कांग्रेस माओवादीकरण भएर राजन दाहालको टाङमुनी छिराएको देख्दा स्वर्गमा पनि प्रेमवहादुर पोख्रेल बाको मन कति पिरोलिन्छ होला !

उपेन्द्र तिमिलाई थाहा छ । २०६२/०६३ को जनआन्दोलनको धेरै पछी राजन दाहालको उपस्थिती भएको हो । उनि आउँदा कांग्रेसीजनमाथी प्रहार गरेको कुरो बिर्सियौँ । सिन्धुलीमा हुने ठेक्कपट्टा मा गुण्डाहरुसंँगै केही बर्हिगमित लडाकुलाई लिएर ठेक्कानै कव्जा गर्न श्रीमान श्रीमती आउँथे हैन ? तिमि त त्यो प्रथा विरुद्धमा ठिङ्ग उभिन्थेउ त, बिर्सियौ ।

राजन दाहाल तिनै हुन्, जस्ले सुनकोसी गाउँपालिकामा अनियमितताको पाठ सिकाए । सुनकोसी नदी उनकै संरक्षणमा दोहन गरे । मारुती सिमेन्टमा महिनावारी मिलाएर खाए । पार्टी कार्यालयका नाममा अचाक्ली उठाएर पार्टीको नाममा हैन व्यक्तीको नाममा जम्मा गर्दा तिमिले चुईक्क वोल्नु नपर्ने नै हो त ? हरिवोलले बोले, त्यो भवन वनाउँदा अनियमितता भयो । हरिवोल निकटका मानिसले भनेकै मान्ने हो भने त्यो कार्यालय भवन वनाउँदा केवल मिस्त्री ज्यालामात्र पो खर्च भाको छ भन्छन त । बाँकी सामाग्री सवै मागेरै आयो । सामाग्री खरिदका नाममा पैसा गयो ।

आफैँलाई संरक्षण गरेर घर नै दिएका हरिवोल उनको सिन्धुलीको श्रोत माथीको पहुँचले निरिह भएर टिकटनै खोसिनेमा परे । तिमी त फरक पार्टीका हौ । वैचारिक र सैद्धान्तिक रुपमै फरक छौँ ।

स्थानीय चुनावमा गरेको गठवन्धले तिमि जित्यौ, काग्रेस हार्याे । यो चुनावमा पनि त्यसै गरी तिमि लाग्यौँ भने ईतिहासको कठघरामा तिमिले कहिल्यैजवाफ दिनै नसक्ने गरी उभिनु पर्ने छ । गठवन्धन प्रति ईमान्दार हौ तिमि । यो गठवन्धनले सिन्धुली कांग्रेसलाई सधैकानिम्ती धुलीसात पार्ने छ ।

सिन्धुलीकै श्रोत दोहन गर्ने आफ्नै संरक्षक बाँकी नाराख्नेले तिमिलाई के बाँकी राख्ला र ? बाउबाजेको विरासत बोकेका तिमि । आर्थिक सम्मुन्नती तिमिले विरासतमै पाएका छौँ । प्राकृतिक श्रोत दोहन गर्नु तिमिलाई पर्दैन । कार्यालय भवन वनाएको वाहानामा सर्वसाधारण सँग पैसा उठाउनु पर्दैन । चुनढुंगा लगेको नाममा तिमिले थर्काएर मोलमोलाई गर्नु पर्दैन । प्रेमवहादुर बाले तिमिलाई पुस्तौनी विलासितापुर्ण जीवनयापन गर्न पुग्ने सम्पन्नता छाडेर जानु भएको छ । त्यसैले राज्यको साधनश्रोत दोहन गर्नु या भ्रष्टाचार गर्नु तिमिले पर्दैन ।

एक पटक यो पटक तिमिले मनै देखी समिक्षा गर । म र म जस्तै कार्यकर्ताले चाहेको कांग्रेस वनाउन लाग । स्थानीय निर्वाचन कांगे्रसले हार्यो, तिमिले जितेउ । आउ यो पटक गठवन्धन हारोस् सिन्धुली कांगे्रेसले जितोस् । तिमीमा ठुलो भरोसा अझै मरेको छैन । विगतवाट पाठ सिक र वर्तमानमा असल नेतृत्वको भुमिका निर्वाह गर । लेखकः ए.कोइराला

 

सम्बन्धित विषय:

प्रतिक्रिया