शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

ओलीले बैठक बोलाउन नमाने के गर्लान् नेकपाका ‘पाँच भाइ’ ?

शनिवार , कार्तिक २२, २०७७

काठमाडौं,२२ कार्तिक – सत्तारुढ दल नेपाल कम्युस्टि पार्टी (नेकपा)का नेताहरुबीचको आ न्तरिक वि वाद च रमोत्कर्षमा पुगेको छ । केन्द्रीय सचिवालयका नेताहरुले पार्टी बैठक बोलाउन पटक पटक गरेको आग्रहलाई प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले अ स्वीकार गरेपछि नेकपा वि भाजनको दो साँधमा पुगेको धेरैको अनुमान छ ।रातोपाटीमा खवर छ ।

यद्यपी बोलीमा पार्टी वि भाजन रोक्नुपर्ने दुवै पक्षको भनाइ रहेपनि विभाजन रोक्न भन्दा पनि वि भाजनलाई बल पुग्ने व्यवहार र गतिविधि तीव्र बन्दै गएका छन् । नेकपा वि वादमा खासगरी २ वटा केन्द्र छन् । बालुवाटार र धुम्बाराही गरी २ केन्द्रको दुई नेताले नेतृत्व गरेका छन् । बालुवाटार केन्द्रको ओली र धुम्बाराही केन्द्रको प्रचण्डले नेतृत्व गरेका छन् ।

यही जिकज्याकका बीच बैठक राख्न माग गर्दै सचिवालयका बहुमत सदस्यहरु शनिबार लिखित पत्र बोकेर ओलीलाइ भेट्न बालुवाटार पुगे ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले ओलीलाई दुई पेज लामो पत्र थमाउदै तत्काल बैठक बोलाउन अल्टिमेटम नै दिए । तर, बहुमत नेताहरुको माग र भावनाअनुसार ओली बैठक राखिहाल्न र मिति तोक्न तत्कालै तयार देखिएनन् । बरु, ओलीले पुरानै शैलीमा बैठकको औचित्य नै देखेनन् र भने, ‘बैठक किन राख्ने, राख्दिन ? गुटबन्दी गर्दै हिँड्ने अनि म बैठक राख्ने ?’

ओलीको यस्तो रुखो जवाफ सुनेका नेताहरुले त्यहीं प्रतिवाद त गरे तर उनको जिद्धीका अघि केही गर्न सक्ने अवस्थामा थिएनन् ।

‘गु टबन्दी हामीले होइन, बरु तपाईंले नै गर्नुभयो । प्रदेश १ का नेताहरुसँग के भन्नुभयो ? जबज र मदन भण्डारी फाउन्डेसको वकालत गरेको हामीले कि तपाईंले ?’ प्र चण्डलगायतको यसरी प्र तिवाद गर्दा ओली मौन रहे ।

बैठकको माग गर्न लिखित प्रस्तावसहित बालुवाटार पुगेका ५ शीर्ष नेता र ओलीबीच शनिबार झण्डै २ घण्टा यस्तै सवाल जवाफ गरेर समय बित्यो र उनीहरु बाहिरिए । शुक्रबार प्रचण्डसहितका ५ जना नेताहरु धुम्बाराहीस्थित पार्टी कार्यालयमा भेला भएर ओलीलाई बैठक राख्न लिखित आग्रह गर्ने निष्कर्षमा पुगेका थिए ।

ओलीले नमाने के गर्छन् ‘५ भाइ’ ?

ओलीलाई पत्र बुझाएर बालुवाटारबाट बाहिरिने क्रममा प्रवक्ता समेत रहेका नेता नारायणकाजी श्रेष्ठले एकदुई दिनभित्रै बैठक बोलाउन नेताहरुले गरेको आग्रहमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले मिति तोक्न अस्वीकार गरेको प्रतिक्रिया दिए ।

‘सल्लाह गरेर बसौँला मात्रै भन्नुभयो तर मिति तोक्न मान्नुभ एन’, श्रेष्ठको भनाइ थियो । यदि एक दुई दिनभित्र पनि ओली बैठक बोलाउन तयार नभए के गर्नुहुन्छ भन्ने रातोपाटीको प्रश्नमा श्रेष्ठले अहिले त्यसबारे सोच्ने बेला नभएको औपचारिक प्रतिक्रिया दिए ।

‘हामी त्यसरी सोच्दैनौँ । बैठक नबोलाए के गर्ने ? भनेर सोच्ने बेला यो होइन, सबै मिलेर बैठक गर्ने र बैठकमा नै सम्पूर्ण विषयमा छलफल गर्दै सकारात्मक निष्कर्ष निकाल्ने आजको आवश्यकता हो भन्ने हामीलाई महसुस भएको छ’, श्रेष्ठको जवाफ छ । तर, ओलीले सोमबारभित्र पनि बैैठक राख्न तयार नभए के बैठक माग गर्ने नेताहरु चुप लागेर बस्लान त ? नेकपाका एक नेता भन्छन्, ‘अव चुप लागेर बस्ने त कुरा सम्भव नै छैन ।’

उसो भए के गर्छन् त ? ती नेताका अनुसार ‘नेकपाको ९ सदस्यीय सचिवालयमा प्रचण्डसहित ५ भाइ एकातिर र ओलीसहित ४ चार भाइ एकातिर छन् । अर्थात बहुमत संख्या ओली विरोधी खेमामा रहेका ‘पाँच भाइ’को रहेको छ । यो हिसावमा कार्यकारी अध्यक्ष प्रचण्डले बैठक डाक्नुको’ विकल्प हुन्न ।

प्रचण्डसहितका नेताहरुले गत भदौ २६ मा सम्पन्न स्थायी कमिटी बैठकका निर्णय कार्यान्वयन, कोभिडको अवस्था, राष्ट्रियताको विषय र संघीयताका मुद्दामा छलफल गर्न आवश्यक भएको भन्दै ओलीको समेत सहमति खोजिरहेका छन् । तर ओली भने बैठकको औचित्य नै देखिरहेका छैनन ।

नेकपामा गु टबन्दी गर्नेचाहिँ को–को छन् ?

अहिले नेकपामा एक पक्षले अर्को पक्षलाई गुटबन्दी गरेको आरोप प्रत्यारोप चलिरहेको छ । ओलीले प्रचण्डलगायतका ५ नेता गुटवन्दीमा लागेको बताइरहेका छन् भने, प्रचण्डसहितका ५ नेताले हामीले होइन ओलीले चाहिँ गुटबन्दी गरिरहेका छन् भन्ने दावी गर्दै आएका छन् ।

प्रचण्ड पक्षको भनाइ छ,‘प्रदेश १ का नेताहरुलाई जुम भेलामार्फत खुलमखुला जबज र मदन भण्डारी फउन्डेसनमार्फत गतिविधि गर्न निर्देशन दिनु गुटबन्दी हो ।’ उता ओली पक्ष भने खुमलटार, कोटेश्वर र भैसेपाटीमा नेताहरु भेला भएर छलफल गर्नुलाई नै गुटबन्दी भनिरहेको छ । आखिर गुटबन्दी कसले गर्यो त ? यो प्रश्नको जवाफ कुनै नेता वा विश्वलेषकले खोज्नु भन्दा पनि नेकपाका ८ लाख कार्यकर्ताले नै खोज्न उपयुक्त हुन्छ ।

सिपी मैनालीलाई यसरी सि ध्या इयो

काठमाडौं,२२ कार्तिक – प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली अहिले जुन स्थितिमा हुनुहुन्छ, पूर्व एमालेभित्रका मा ले कालीन नेताहरुको बुझाई छ, उहाँको यो अवस्था ०३९ सालका सिपी मैनालीसँग ठ्याक्कै मिल्छ ।

मदन भण्डारी नेतृत्वको मु क्ति मो र्चा सहित पूर्वको रा तो झ ण्डा, दाङको सन्देश समूहजस्ता साना क म्युनिष्ट घ टकबीच एकीकरण भएर नेकपा (माले) गठन हुँदा त्यसको महासचिव थिए सिपी मैनाली । यसरी भर्खरै एकीकरणको प्र क्रियाबाट पार्टी चलाउने क्रममा अहिलेका केपी ओलीझैँ सिपीमा एक किसिमको ता नाशाह स्वभाव सवार भयो । मदन भण्डारी, जीवराज आश्रित, माधव नेपाल, अमृत बोहोरा, झलनाथ खनाल, ईश्वर पोखरेल प्रदीप नेपालहरुले त्यसको निरन्तर प्र ति वा द गर्नुभयो । सातौँ बैठकदेखि सिपी अ ल्प मतमा पर्दै जानुभयो । तर, जे गरे पनि उहाँ महासचिव छाड्न नमान्ने । हटाउने कुरा निस्कियो कि, ‘लु, तिमीहरु नै चलाऊ’ भन्दै माइन्युट फ्याँ केर हिँड्ने † यतिसम्म कि, ०३२ सालमा विराटनगरमा अखिल नेपाल कम्युनिष्ट क्रा न्तिकारी को अर्डिनेसन कमिटी (कोके) गठन गर्दाका सहयो द्धालाई पनि ०३३ सालमा न ख्खु जे ल ब्रे क गरेर आएपछि देखिन सहने अवस्थामा सिपी पुग्नुभयो । फलतः एकदिन मदन भण्डारीले सिपीलाई बैठकमै ह प्की द प्की गर्दै ‘यो–यो भाषा लेख्नुस्’ भनेपछि सिपी त्यही–त्यही भाषा लेख्न बा ध्य हुनुभयो । जसमा थियो, आफैँलाई महासचिव पदबाट मु क्त गरिएको व्यहोरा ! समर्थकहरुका अगाडि, आफैँले चलाएको बैठकमा, आफैँले लेखेको माइन्युटबाट का रवाहीमा परेँ भन्न ला ज हुने भयो । यसबारे आज पनि सिपीले भन्ने गर्नुभएको छ, ‘मलाई मदन भण्डारीले डि क्टेट गरेर ह टाए । म यसै पनि छो ड्न तयार थिएँ । छो ड्ने मौका नै नदिई का रवाहीका नाममा ब द्नाम गरियो ।’

यसरी सिपीसँगै का रवाहीको च पेटामा अखिल (पाँचौँ) का अध्यक्ष टंक कार्कीसहितको ठूलो स मूह पर्‍यो । त्यसपछि झलनाथ महासचिव बनाइनुभयो र मदन भण्डारीको पालो आयो । अहिले केपी ओलीले आफ्नो ता गतका कारण ०७४ मा पार्टीले दुई तिहाई नजिकको बहुमत ल्याएको भन्ने गर्नुभएजस्तै त्यसबेला सिपी मैनाली क्रा न्ति कारी आ न्दोलनको एउटा मि थक हुनुहुन्थ्यो । झापा आ न्दोलनको विरासतबाट उदाएका कमरेड जय अर्थात् सिपीबिना माले चल्दैन भन्ने आममान्यता राखिन्थ्यो । तर, उहाँ ह टेर पनि माले सकिएन । बरु, प्रकारान्तरमा आफैँले चलाएको आ न्दोलनबाट सिपी सकिनुभयो ।

यी तमाम कालक्रमभित्र केपीचाहिँ राजबन्दीका रुपमा विभिन्न का रा गारतिर सारिँदै हुनुहुन्थ्यो । यतिबेला प्रचण्ड–माधवले एक कदम चाले आफू १० कदमका लागि तयार भएको, तर प्रधानमन्त्री न छाड्ने भन्दै हुनुहुन्छ । वास्तविक अवस्थाचाहिँ कस्तो छ भने, पतिले पत्नीलाई ‘नुहाउनका लागि पानी तताऊ, नत्र…!’ भन्ने । पत्नीचाहिँ ‘…न त्र’ भन्ने शव्दसँग ड राएर खु रुक्क पानी त ताउने । एक दिन पत्नीले ‘…नत्र’ भनेकोचाहिँ के रहेछ भनेर पानी त ताइनन् । अनि, पतिले चिसै पानीले नुहाए । पार्टी राजनीति र कानुनका ज्ञाताहरु भन्छन्, केपीसँग संसद भं ग, सं कटका ल, मध्यावधिजस्ता कुनै पनि कानुनी अ स्त्र प्रयोग गर्ने सुविधा अहिले छैन । चाहँदा पार्टी फु टाउन सक्नुहुन्छ । तर, मानौँ केपीले पार्टी फु टाउनु नै भएछ भने पनि उहाँसँग निक्कै सानो समूहमात्रै जाने अवस्था छ । र, त्यसो गरेमा सबभन्दा पहिला उहाँकै प्रधानमन्त्री पद स किन्छ ।

पूर्वएमाले नेताहरु उहाँलाई किन पनि ०३९ सालतिरको सिपी मैनाली भन्दैछन् भने, अहिले उहाँ नेकपाको बैठकमा बस्नै तयार हुनुहुन्न । बैठक बसेर सिपी बनाउलान् भन्ने ठूलो पीर छ । बैठक बसेछ भने पनि निर्णय नमान्ने गर्नुभएको छ । अनि, उहाँले नै प्र चण्डसँग ‘मिलेर पार्टी फु टाऔँ’ भन्ने अवस्था आएको छ । वास्तवमा पार्टी फु ट्ने त झ गडाले हो, मिल्दासम्म त एकता नै हुन्छ । केपीमात्रै हैन, शालिन र भद्र मानिने प्रदीप ज्ञवालीसम्मले ‘सँगै बस्न नसकिने हो भने सल्लाहले अलग अलग हुने पो सोच्ने हो कि ?’ भनेर प्र चण्डसँग कुरा गर्नुभएको छ ।

संसदीय दलमा ब हुमत पुगेको भए ओलीले असारमै वक्तव्य जारी गर्नुहुन्थ्यो । त्यसबेला आफू पक्षका र केही इ तर सांसदलाई मन्त्रीको प्र लोभन दिएर पनि बालुवाटारमा बोलाई हस्ताक्षर गराइयो । तर, ब हुमत पुगेन । अहिले अरु पार्टीसँग मिल्ने गाइँगुइँ छ । पार्टी अ लग भएपछि अन्य पार्टीसँग मिलेर सरकार चलाउनु भनेको आफ्नै स्थिति ध रापमा पार्नु हो । देउवाले नै मा नेछन् भने पनि उनी पक्षकै ठूलो पंक्तिले अ लोकप्रिय सरकारलाई साथ दिने कुरा स्वीकार्ने सम्भावना शू न्यप्रायः छ ।

केपीले पार्टी फु टाउन कि संसदीय दल वि भाजन गर्नुपर्छ कि नयाँ पार्टी खोल्नुपर्छ । तर, त्यसको दो ष आफूले बोक्न तयार हुनुपर्ने अर्को चुनौति उहाँसँग रहन्छ । किनभने, ०५४ मा एमाले विभाजनको कारण माधव, केपीहरु हुन् त भनियो । तर,४० प्रतिशत पुर्‍याएर वि भाजनको आरोप सहाना, वामदेव, सिपीहरुले खेप्नुप र्‍यो । अहिले पनि केपीले पार्टी विभाजन गर्नुभयो भने वातावरण बनाउनेलाई कारक मानिँदैन, ‘कर्ता’ अर्थात् विभाजनको नेतृत्व जसले गर्छ, त्यही कारक मानिन्छ ।

पार्टी नै लम्पसार

अहिलेका कुराकानीअनुसार केपी ओली नै तयार नहुँदाको बैठक कसरी अगाडि बढ्छ ? कार्यकारी अध्यक्षलाई बैठक बोलाऊ भन्दा दुई अध्यक्षको सहमति भन्ने अड्को छ । सरकार चलाउन दुई अध्यक्षको सहमति नचाहिने, पार्टी चलाउन चाहिने अचम्मको अ प्ठेरोमा नेकपा छ । प्र चण्डले बोलाएको बैठकमा केपीपक्षीय नेता नजाने क्रम चल्दै आएको छ । यसरी नेकपाभित्र जसो गर्दा पनि स मस्या छ । कि केपीलाई सरकार चलाउन एकलौटी अधिकार दिनुपर्‍यो । त्यसो गर्दा पार्टीको अ स्तित्व गु म्ने भयो । व्यक्तिका अगाडि पार्टी ल म्पसार परेजस्तो हुने भयो ।

अ विश्वास प्रस्ताव संसदमा वा संसदीय दलमा लगिन्छ । संसदीय दलको नेता फेर्ने प्रस्ताव ल्याउन पार्टीको निर्णय हुनुपर्छ । संसदमा लैजान पनि पार्टीकै निर्णय हुनुपर्छ । पार्टीमा छि नोफानो नगरी केही पनि हुँदैन ।

अहिले केपीको प्रस्तावमा प्रचण्डले ‘हस् त हजुर’ भनेर हिँडिदिने हो भने सबैभन्दा पहिला छँदाखाँदाको दुई तिहाई नजिकको सरकार ढ ल्छ । प्रचण्डहरु केपीलाई हटाउने भनिरहेका छैनन् । मात्रै, कार्यशैली सच्याउने भन्दैछन् । तर, केपी बुझ्दै हुनुहुन्छ, यो सब मलाई ह टाउने खेल हो ।

चुनावी गणित

०७४ को स्थानीय निर्वाचनमा कांग्रेस र माओवादी केन्द्र मिलिदिँदा एमालेको धेरै जिल्लामा हा र भयो । त्यहीअनुसार कांग्रेस–माओवादी त्यसपछिको चुनावमा मि ल्दा ख तरा हुन्छ भनेर ग ठबन्धनको जोड केपी ओलीबाटै शुरु भएको हो । त्यही ग ठबन्धन एकीकरणमा परिणत भएको थियो । तर, त्यसो गर्दा पनि एमालेको १ सय २१ सीटमात्रै आयो । त्यो ब हुमत होइन । ०४८ सालमा जबज आएको थिएन । तर, पूर्वमालेको संगठन बलियो हुनाले ७० सीट आयो । त्यसबेला ३० सीटमा थोरै मतान्तरका साथ हार्नुपरेको थियो । ०५१ को मध्यावधिमा ८८ सीट आयो । ०५६ मा पार्टी वि भाजन हुँदा पनि एमालेले ७१ सीट जितेको हो । पार्टी न फुटेको भए १ सय ३० पुग्ने थियो । त्यसबेला केपी मुख्य नेता हुनुहुन्थेन । ०६४ को पहिलो संविधानसभा निर्वाचनमा एमालेले ३३ सीटमात्रै ल्यायो । तर, झलनाथ खनाल अध्यक्ष भएपछि ०७० को दोस्रो संविधानसभामा एमालेले प्र त्यक्षतर्फ नै ९६ सीट ल्याइदियो । यो हिसाबले त झलनाथ आज पनि नेता हुनुपर्ने हो । किनभने, उहाँले ती नगुना बढी प रिणाम दिनुभयो । जसरी केपी ओली आज ‘०७४ मा मैले गरेर ब हुमत ल्याएको’ भन्दै हुनुहुन्छ, त्योचाहिँ मुखको मजामात्रै भएको पूर्वएमाले नेताहरुको ठम्याई छ । किनभने, ०७४ मा एकल बहुमतका लागि १ सय ३८ सीट चाहिनेमा जम्मा १ सय २१ मात्रै आएको हो । बरु, अर्को त्रुटी भएको छ संविधानतः सरकार गठन भएपछि ३० दिनमा विश्वासको मत लिनुपथ्र्यो, आजसम्म लिइएको छैन ।

 

सचेतक देव गुरुङलाई हटाउने ?

पार्टीको आन्तरिक कलहमा स्वस्थ र फरकमत राख्ने जो कोहीलाई ठेगान लगाउने तर आरती उतार्नेहरुलाई दोहोर्‍याइ, तेहेर्‍याइ लाभका पद दिने रोग नै प्रधानमन्त्री ओलीको छ । अहिले आफ्नो विपक्षको सेखी झार्न प्रमुख सचेतकबाट देव गुरुङलाई हटाउने प्रपञ्चमा प्रधानमन्त्री पुगेका छन ।

आफ्नो वि पक्षमा रहेका सांसदलाई पनि हटाउने

आफ्नो सत्ता बलियो पार्न प्रधानमन्त्री ओलीले समानुपातिक साँसदहरुलाई पनि बलीको बोको बनाउन खोजिरहेका छन । पार्टीमा आफ्नो प्रस्तावको विपक्षमा जाने सबै समानुपातिक सांसदलाई हटाइदिने र आफ्ना निकटका लाई लैजाने तयारीमा प्रधानमन्त्री ओलीको समय बितिरहेको बुझिएको छ । यसका लागि उनले निर्वाचन आयोगका प्रमुखसँग छलफल गरिरहेका छन् । यसरी आफै सर्वेसर्वा हुने उनको प्रयासले सिङ्गो नेकपाको भविष्यलाई अरु संकटउन्मुख बनाउँदै लगेको छ ।

अन्तिम अस्त्र संसद विघटन र मध्यावधि चुनाव

प्रधानमन्त्री ओलीलाई थप स्वेच्छाचारी हर्कतका लागि कतिपयले उकासिरहेका छन् । आफ्नो अनुकूल जाने अवस्था नभएमा संसद विघटनसम्मको तयारीमा केपी ओली रहेका छन् । केपीले संसद विघटन गरे कसरी प्रतिवाद गर्ने भनेर प्रचण्ड–माधव पक्षले कानुन व्यवसायीहरुसँग छलफल गरिरहेका छन् । संसद विघटनसम्म गरी मध्यावधि चुनाव गरेर देशलाई कुन दिशामा लाने भूत प्रधानमन्त्रीमा सवार हुँदै गएको हो भन्ने खुट्याउन राजनीतिक शास्त्रका पण्डितहरुलाई पनि महाभारत हुन थालेको छ ।

मुद्दा दिने कार्यसँगै ट्रम्पले सडक आन्दोलन गराइरहेका छन् । गडबड गराउन खोजिरहेका छन् । उनी धाँधली भएको पुस्टि गराएर ह्वाइट हाउसबाट हारे पनि सजिलै ननिस्कने गुरुयोवजना बनाइरहेका छन् ।

विश्वको सबैभन्दा श क्तिशाली राष्ट्रमा भइरहेको निर्वाचनको परिणामको जटिलताका कारण अमेरिकामात्र होइन विश्वलाई नै तरङ्ग पारिरहेको छ ।

झिल्को अनलाइनबाट साभार

 

अहिलेको विवादले कता लैजाला नेकपालाई ?

काठमाडौँ, – नीति, विधि र पद्धतिलाई तिलाञ्जली दिने पार्टी र सरकारको मूल नेतृत्वका कारण करीव दुई तिहाई बहुमतले आरामको सरकार सञ्चालन गर्ने युगीन अवसरलाई पनि सत्तारुढ नेकपाले राष्ट्र र जनताको पक्षमा अधिकतम काम गर्ने कालखण्डका रुपमा स्थापित गर्न चुकिरहेको छ । लगभग तीन वर्षे एकल सत्ता नेकपाको आन्तरिक कलह र झैझगडामा व्यतित हुँदा नेकपालाई मत दिने नागरिक र पार्टीलाई सत्तामा पुर्‍याउन अहोरात्र खटिने आम कार्यकर्तामा निकै निराशा र वैचैनी बढ्दो छ । तैपनि सत्तामा गएपछि पार्टी र जनता, पार्टीको नीति, विधि र पद्धति विर्सने रोगले मूल नेतृत्वलाई अझै छाडेको छैन । काम कुरो एकातिर विवाद झिकी विनासतिर गर्ने मूल नेतृत्वको अविराम चालाले कता लैजाला नेकपालाई ? यो आम कार्यकर्ताको टाउको दुखाइको विषय बनेको छ ।

नेकपा एमाले व्युँताउने वैमौसमी राग किन ?

नेकपाका दुई अध्यक्ष प्रचण्ड र के पी ओलीका बीचमा विहीवार भेटघाट भयो तर कुरा मिलेन । केपी ओलीले बुधवार प्रदेश एकमा आफ्नो गुटको भर्चुअल मिटिङमा पार्टी फुट्ने, पूर्व एमालेलाई एकतामा जोड गर्ने र जनताको वहुदलीय जनवादमा एकताबद्ध हुनका लागि भनेको कुरालाई प्रचण्डले आपत्ति जनाए । सचिवालय, स्थायी समितिको वैठक राख्न नमान्ने तर गुटगत वैठक र फुटको कुरा गर्ने कार्यप्रति प्रचण्डको आपत्ति थियो । तर, अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओलीले समकक्षी प्रचण्डको आपत्तिलाई वास्ता गरिरहेका छैनन् ।

पार्टी कमिटीको वैठक राख्नै नचाहने, पार्टी वैठकले गरेका निर्णयहरु निरन्तर अवज्ञा गर्ने र उल्टै सरकारलाई पार्टीभित्रैबाट सहयोग भएन भन्ने प्रधानमन्त्री ओलीको दुःखेसो र गु नासो आफैं नाच्न न जान्ने आँगन टे ढो देख्ने दृष्टिभ्र मका रुपमा मात्र रहेको घ टनाक्रमहरुले देखाइरहेका छन् । वास्तवमा प्रधानमन्त्रीलाई सिङ्गो नेकपाको एकता जोगाउने र ठूलो कम्युनिष्ट पार्टीका रुपमा नेकपाले पाएको सत्ता अवसरलाई जनमुखी बनाउने चि न्ता र चासो हुनुको सट्टा पार्टी एकतापछि इतिहास बनिसकेको नेकपा एमाले व्युँताउने हु टहुटी देखिनुले प्रधानमन्त्री ओली एकता जो गाउने भन्दा बढी पार्टी फु टाउन आ तुर देखिएका छन । यसले नेकपालको एकतालाई अरुले हैन, मूल नेतृत्वले नै सं कटमा ध केलेको देखिदैंछ ।

राजीनामाको वेमौसमी राग

अहिले प्रधानमन्त्री ओलीको राजीनामा पार्टीभित्र वा बाहिरबाट कसैले पनि औपचारिक रुपमा मागिरहेका छैनन् । तर, अस्पताल उद्घाटनको कार्यक्रममा गएर प्रधानमन्त्री ओलीले आफै राजीनामा नदिने, आफूले राजीनामा दिए देश वर्वाद हुने हास्यास्पद घोषणा गरेका छन् । चोरलाई चोरको खुट्टा काट भन्दा हत्त न पत्त उचाले जस्तो, प्रधानमन्त्री आफैले कसैले नमागेको राजीनामाको राग अलाप्दा प्रधानमन्त्री ओली नै अस्थिर बन्दै गएको प्रतित भएको छ । आफै बोक्सी आफै झाँक्री गर्ने यो प्रधानमन्त्रीको शैलीले जग हसाइ गरेको छ ।

वुधवार नै प्रम केपी ओलीले प्रधानमन्त्रीबाट राजीनामा नदिने भनी सार्वजनिक रुपमा दिएको अभिव्यक्तिप्रति पनि प्रचण्डले वुधवारको वैठकमा आपत्ति जनाएका थिए । तर, समकक्षी प्रचण्डको आपत्तिलाई पनि प्रधानमन्त्रीले सकारात्मक रुपमा लिएको पाइएको छैन ।

वैठक छल्ने किन र कहिलेसम्म ?

वुधवारको दुई अध्यक्षबीचको भेटवार्तामा प्रचण्डले सचिवालयको वैठक राख्न भन्दा केपीले मानेनन् । त्यसैले पार्टी मुख्यालय धुम्वाराहीमा शुक्रवार कार्यकारी अध्यक्ष प्रचण्डले सचिवालयको वैठक धुम्वाराहीमा आयोजना गरे । प्रधानमन्त्रीले पार्टी कमिटी र वैठकहरुलाई अस्वीकार गर्ने प्रवृत्ति नछोडेपछि प्रचण्डले वैठकबाटै समाधान खोज्न आफैले सचिवालयको वैठक आयोजना गरेका हुन, भलै शुक्रवारको सचिवालय वैठकलाई अनौपचारिक संज्ञा दिइएको छ । तर, जुन पार्टीले ओलीलाई अध्यक्ष र प्रधानमन्त्री बनायो, त्यही पार्टीको वैठक नमान्ने प्रधानमन्त्रीको प्रवृत्ति बिनासकाले विपरीत बुद्धि झै हुन पुगिरहेको छ । प्रधानमन्त्री नआउँदा र त्यसलाई ‘इगो’ को रुपमा लिंदा मन्त्री रहेका सचिवालय सदस्यलाई आउन नैतिक रुपमा पनि अप्ठ्यारो पारेको हुन सक्छ । यो परिस्थिति लामो समय रहनु हुँदैन ।

जो अगुवा उही बाटो……..

प्रधानमन्त्री समेतको निर्देशनमा कर्णाली प्रदेश सरकारमा नियोजित विवाद खडा गरेको स्पष्ट छ । तर, आफैले हानेको तीरमा व्याकफायर भएपछि पनि प्रधानमन्त्री ओली प्रतिशोधी हर्कतका लागि तयार देखिन्छन । कर्णालीमा चाल्ने स्टेपलाई हेरेर केपीले संघमा स्टेप चाल्ने उनी निकट स्रोतले बतायो । प्रचण्ड र माधव नेपालले मिलेर कर्णालीमा मन्त्रीमण्डल एकलौटी पुनर्गठन गरेमा प्रमले सङ्घमा त्यसको जवाफ दिने तयारी गरेको बुझिएको छ । बालुवाटार स्रोतका अनुसार गिरिराजमणि पोखरेल, वर्षमान पुन, शक्ति बस्नेत, बिना मगर, रामेश्वर राय यादव लगायतलाई निकाल्ने तयारीमा प्रधानमन्त्री पुगेका छन । त्यसको ठाउँमा हरिबोल गजुरेल, टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल, प्रभु साहसहितका टिमलाई मन्त्रीमा लैजाने योजना रहेको छ । यो तथ्यलाई गजुरेल, रायमाझी, पौडेल र साहले निरन्तर प्रधानमन्त्री ओलीको पक्ष लिंदै हिडेका घटनाक्रमहरुले पनि सिद्ध गर्दै आएको छ । आफ्नो निकट बनाएर मन्त्री छान्ने प्रधानमन्त्रीको रहर वा हठ प्रतिशोधको उदाहरण नै हो ।

प्रमुख सचेतक देव गुरुङलाई हटाउने ?

पार्टीको आन्तरिक कलहमा स्वस्थ र फरकमत राख्ने जो कोहीलाई ठेगान लगाउने तर आरती उतार्नेहरुलाई दोहोर्‍याइ, तेहेर्‍याइ लाभका पद दिने रोग नै प्रधानमन्त्री ओलीको छ । अहिले आफ्नो विपक्षको सेखी झार्न प्रमुख सचेतकबाट देव गुरुङलाई हटाउने प्रपञ्चमा प्रधानमन्त्री पुगेका छन ।

आफ्नो वि पक्षमा रहेका सांसदलाई पनि हटाउने

आफ्नो सत्ता बलियो पार्न प्रधानमन्त्री ओलीले समानुपातिक साँसदहरुलाई पनि बलीको बोको बनाउन खोजिरहेका छन । पार्टीमा आफ्नो प्रस्तावको विपक्षमा जाने सबै समानुपातिक सांसदलाई हटाइदिने र आफ्ना निकटका लाई लैजाने तयारीमा प्रधानमन्त्री ओलीको समय बितिरहेको बुझिएको छ । यसका लागि उनले निर्वाचन आयोगका प्रमुखसँग छलफल गरिरहेका छन् । यसरी आफै सर्वेसर्वा हुने उनको प्रयासले सिङ्गो नेकपाको भविष्यलाई अरु संकटउन्मुख बनाउँदै लगेको छ ।

अन्तिम अस्त्र संसद विघटन र मध्यावधि चुनाव

प्रधानमन्त्री ओलीलाई थप स्वेच्छाचारी हर्कतका लागि कतिपयले उकासिरहेका छन् । आफ्नो अनुकूल जाने अवस्था नभएमा संसद विघटनसम्मको तयारीमा केपी ओली रहेका छन् । केपीले संसद विघटन गरे कसरी प्रतिवाद गर्ने भनेर प्रचण्ड–माधव पक्षले कानुन व्यवसायीहरुसँग छलफल गरिरहेका छन् । संसद विघटनसम्म गरी मध्यावधि चुनाव गरेर देशलाई कुन दिशामा लाने भूत प्रधानमन्त्रीमा सवार हुँदै गएको हो भन्ने खुट्याउन राजनीतिक शास्त्रका पण्डितहरुलाई पनि महाभारत हुन थालेको छ ।

मुद्दा दिने कार्यसँगै ट्रम्पले सडक आन्दोलन गराइरहेका छन् । गडबड गराउन खोजिरहेका छन् । उनी धाँधली भएको पुस्टि गराएर ह्वाइट हाउसबाट हारे पनि सजिलै ननिस्कने गुरुयोवजना बनाइरहेका छन् ।

विश्वको सबैभन्दा श क्तिशाली राष्ट्रमा भइरहेको निर्वाचनको परिणामको जटिलताका कारण अमेरिकामात्र होइन विश्वलाई नै तरङ्ग पारिरहेको छ ।

झिल्को अनलाइनबाट साभार

प्रतिक्रिया