काठमाडा,८ भदौैँ – माओवादीलाई शा न्ति प्रक्रियामा ल्या उने र तत्कालीन एमालेसँग एकता गराउने क्रममा वामदेव गौतमको योगदानलाई क म आँक्न हुँदैन र मिल्दैन पनि । वहाँ त्यो बेलासमेत ज न यु द्धको जन्मभूमि रोल्पा पनि पुग्नुभएकै हो । विभिन्न समय, विभिन्न ठाउँमा भएका वार्तामा सहभागी हुनुभएकै हो । एक्लो प्रयासमा शान्ति प्रक्रियाको अभियान नै छे ड्नुभयो । तर, दुई वर्षअघि एमाओवादीसँग नेकपा एमालेको एकता हुँदैछ भन्ने भेउ तिनै गौतमलाई दिइएन ।
आफूलाई विभिन्न आ रोप लागेको बखत पनि गौतमले मेहनत गर्न छाड्नु भएन । माओवादीलाई नजिक ल्याउन खोजेवापत माओवादीकै पिछलग्गु बनेको आरोप लगाइयो । उनै गौतमले कहिले माओवादीलाई ठेगान लगाउन आ तंककारी विधेयकको समेत नेतृत्व गर्नुभएको थियो । पछि फेरि त्यहि माओवादीसँग मि ल्नुपर्छ भन्दै पार्टीभित्र चर्को ल बिङ्ग गर्न पुग्नुभयो । गौतमका ती गतिबिधिमाथि प्र हार गर्ने समय ढु केर बसेका एकथरिले माओवादीको पि छलग्गु र परस्त भनेर लामो समयसम्म खेदिरहे । तर, पार्टी एकता गर्दा तीनै एकथरि उनै गौतमलाई भा उ दि एनन् । जन आस्थामा खवर छ ।
२०७५ जेठ ३ गते पार्टी एकीकरण भयो । आफूलाई अ पमानित गरिएको भन्दै सोही वर्षको पुसमा आयोजित स्थायी कमिटी बैठकमा वहाँले पार्टी एकीकरण गर्नु नै ग लत रहेको धारणा व्यक्त गर्नुभयो । पार्टि एकीकरणको औ चित्य नै नरहेको भन्दै फ रक मत राख्ने ठाउँसम्म पुग्नुभयो ।
अहिले फेरि गौतमकै जो डबलले राजनीतिक डि लमा पुगेको केपी शर्मा ओलीको सरकार अ डिएको छ । दुईवटा पदमध्ये एउटा छा ड्न लगाउने अभियान उ त्कर्षमा पुगेको बखत एकाएक प्रचारमा ल्याइएको ‘छ बुँदे मिलन सूत्र’ भित्री रूपमा वहाँको थिएन । किनकि उक्त सूत्रमा प्रधानमन्त्री ओली पुनः दुईवटै पदमा कायम रहने विषय प्रमुख थियो । त्यसरी केपी ओलीलाई फेरि एकपटक अ भयदान दिने नेतालाई पार्टीभित्रको थप वि वाद मिलाउन भन्दै गठन गरिएको कार्यदलको बारेमा पनि अ त्तोप त्तो नै दिइएन । यसरी पछिल्लो पटक कार्यदलको सम्बन्धमा समेत वहाँलाई अ लपत्र पारियो र नराम्रोसँग ठ गिनुभयो ।
गौतमको विशेषता नै अनावश्यक ढंगले हौसिने, म च्चिने र थ च्चिने हो । त्यत्तिले नपुगेर आफूले विगतमा गरेको कुरोसमेत आफैँले थाहा नपाउने र त्यसैको बिरोधमा फेरी उ ग्र हुने वहाँको पुरानै स्वभाव हो । आफैँले उठाएको विषयमा पछि कोही कसैको उ क्साहटमा प ल्टाबाजी खाएपछि मात्रै वास्तविकता थाहा पाउँदा उग्र बन्ने गर्नुहुन्छ । पछिल्लो सचिवालय बैठकमा कार्यदललाई बै धता दिने प्रक्रिया जब अघि बढ्यो उहाँले चर्को स्वरमा भन्नुभयो ‘यो कार्यदलको औचित्य के ? समस्या सचिवालयमा देखिन्छ तर त्योभन्दा बाहिरबाट कार्यदल बनाउने ? त्यसले स माधान दिन्छ ? यदि कार्यदलले दुबैजना अध्यक्षलाई पदबाट ह ट्न भन्यो भने के वहाँहरूले पद छा ड्न सक्नहुन्छ ?”
यसरी वामदेवका रूपहरू एकपछि अर्को गरी छर्लङ्ग हुँदै गएको छ । वहाँलाई उ पयोग गर्ने अनि अ ल प त्र पारेर छा ड्ने र भु ईं पुछेको टालोको हैसियतमा पुर्याउने गरिएको छ । तर पनि आफूलाई बे कम्मा बनाइएको कैयौँ दिनसम्म थाहा नपाउने अवस्थामा गौतम पुग्न थाल्नुभएको बताइन्छ । वहाँलाई प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली समूहले पटक पटक प्र योग गरेर र छ्यानमा फा ल्दै आएको छ । तर, काम सकिएपछि पूर्व एमाओवादीका मणि थापालाई जति पनि म हत्व दिइएको छैन । किनभने सचिवालय र स्थायी समितिमा रहेका वहाँसँग न जिक भनिएका हिजो मालेकालमा साथ दिएका किरण गुरुङ्गजस्ता साथीहरू अहिले अर्कै कि त्तामा पुगिसकेका छन् ।
संसदमा पनि पत्नी तुलसा थापाबाहेक वहाँसँग आफ्ना भन्ने कोही देखिँदैनन् । पार्टीमा पनि आफ्ना को हुन् भनेर सि लो खोज्नुपर्ने भएको छ । राजनीतिक रूपमा खि ईँदै जानुभएको छ । यति हुँदा पनि वामदेव भन्ने एउटा इमेज, पर्सनालिटी, छवि र ओज अहिलेसम्म पनि कायम छ तर समर्थकको पं क्ति पा तलिँदै गएको छ । रामकुमारी भाँक्री, जीवनराम श्रेष्ठ, ठाकुर गैह्रे, वसन्त मानन्धरहरू झ गडा गर्न जा ने अ वस्थामा पुगेका छन् । सबैले बिस्तारै छाडेर जाने अवस्था बढ्दै गएको छ । वहाँको आफ्नो भनिएकी विमला बिक पनि कहिले हो कहिले बालुवाटारले चोरेर उतैको खेमामा पुर्याइसकेको छ । उ देक लाग्छ तैपनि नेताहरूले आफू सिध्ँदिदै गएको समेत चाल पाउन छाडेका छन् ।