लेखक : अनिल भण्डारी
विश्वभर फैलिएको कोरोना भा इरसको भुग्रोमा नेपाल पसिसकेको थियो । २०७७ साल जेठ ६ गते स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनको लाइभ सुन्दै थिए । को रोना सं क्रमितको संख्या बढेको मात्रै सुनिएन । सिन्धुलीपनि पहिलोपटक को रोना सं क्रमितमा सामेल भएको मन्त्रालयको खबर सुन्ने बित्तिकै झ स्किए । अब सायद हामी सबै अ छुत रहदैनौ भन्ने लाग्यो । मलाई त्रा स थपिनुको अर्को कारण जिल्ला अस्पतालका कर्मचारी सहित जिल्लाका २७ जनामा आ रडिटी कोभिड १९ प रिक्षणमा २७ जनाको रिर्पोट पो जिटिभ आएको खबर मेरा लागि त्रासनै थियो । आ रडिटी पो जिटिभ आएको जिल्लाका उच्च अधिकारीनै थिए उनिहरुसँग समाचार संकलन गर्ने क्रममा सामाजिक दुरी कायम गरेर भेटघाट हुन्थ्योनै । अझ भनौ सामाजिक सञ्जाल हेर्दा यस्तो लाग्थ्यो अब सं क्रमणबाट हामी टाढा छैनौ । किनभने हामी घरमै मात्रै बसेका थिएनौ । हामी सञ्चारकर्मीको काम अरुलाई सहि सुचना दिनुनै हो । त्यो कतव्र्य पुरा गर्ने क्रममा सामाजिक दुरी कायम गरेर केहि कार्यक्रममा सहभागि भएकाले म मा त्रा स बढेको निश्चयनै हो ।
बेलुका करिब ८ बजे फेसबुक म्यासेन्जरमा म्यासेज आयो । को भिड १९ को म हामारीमा फ्रन्ट लाइनमा खट्ने पत्रकारको आ रडीटी परिक्षण गर्ने भएको हुँदा उपस्थितिका लागि अनुरोध छ । म्यासेज खोलेर हेरे मन भारी भयो आ रडीटि गर्ने कि नगर्ने दोधारमा भए, राती अबेरमात्रै निदाए । भोलीपल्ट बिहान उठेर बिहानी कर्मसकिएसँगै केहि साथिभाई लाई मेसेज गरे र सोधे आ रडीटी परिक्षण गर्ने कुरा आएको छ के गर्ने ? सबैको उत्तर उस्तै थियो के गर्ने गर्ने पो जिटिभ आएर अत्यायो भने गाह्रो हुन्छ । बिहानको खाना खाएर नुहाएर र सोचे यसपटक मन बलियो बनाएर सोचे म अब आरडिटी परिक्षण गर्छु निधो गरे । घरमा पहिला ममीलाई सोधे किनकि सबैभन्दा बढी मलाई घरबाहिर ननिस्किनु भनेर मलाई को रोनाबाट टाढै बस्न दैनिक प्रेरणा दिने आमानै हुनुहुन्थ्यो । ममी म आज मेरो को भिड १९ को चेकजाँचका लागि आ रडिटी गर्दैछु । उहाँको तत्काल जवाफ आयो पर्दैन छोरा यो आ रडिटी भन्ने औषधिको विश्वास कम हुन्छ र यो पो जिटिभ देखाएपनि फेरी अर्को जाँच गर्दा देखिदैन भनेर समाचारमा भनेको सुनेको छु । त्यसैले यसले अत्याउन सक्छ । उहाँको कुरा मनासिबनै थियो । मैले फेरी आफ्नै मनलाई सोचे निगेटिभ आयो भने त छाती फुलाएर भन्न पाइन्छ आरडिटी निगेटिभ । त्यसैले चेकजाँच गर्नुनै अहिलेको आवश्यकता हो । घडिमा मध्यन्हको १२ बजेर ४२ मिनेट गएछ यसो मोबाइलमा फेसबुक खोलेको म्यासेन्जरमा मेरो घर नजिकै रहेको अर्का एक पत्रकार अनलाईनमा हुनुहुदो रहेछ उहाँलाई भने को रोना परिक्षण गर्न जाँउ उहाँ हिड्ने तयारी गरेको बताउनु भयो । म पनि तयारी भएर सदरमुकाम सिन्धुलीमाढीको २ नम्बर बजारमा अबस्थित पत्रकार महासंघको प्रागढमा पुगे । त्यहाँ अरु पत्रकारसाथिहरु समेत जम्मा भइसक्नु भएको रहेछ । पुर्व सुचना अनुसार जिल्ला स्वास्थ्य कार्यालयको टोली पत्रकार महासंघमै पुगेर हाम्रो आरडिटी परिक्षण गर्ने भनेपनि पछि विविध कारण भन्दै हामी सबैलाई जिल्ला अस्पतालमै परिक्षण हुने जानकारी आयो । हामी सबै जिल्ला अस्पतालतर्फ गयौ ।
जिल्ला अस्पताल पुग्दा अस्पताल विकास समितिका अध्यक्षको रोहबरमा नाम दर्ता गराउने कार्यक्रम सुरु भइसकेको थियो । हामी भन्दा पहिलेनै पत्रकार महासंघका अन्य साथिहरु पुगिसक्नु भएको रहेछ । हामीले पनि अस्पताल प्रागढमा रहेको गोल घरमा रहेका स्थास्थयकर्मीहरुसँग नाम दर्ता गरायौ । मेरो २६ नम्बरमा आरडिटी परिक्षणका लागि नाम दर्ता भयो । १७ जना पत्रकार सहित ३२ जनाले आरडिटी परिक्षण गर्ने पक्का भयो । र सुरु भयो परिक्षण । परिक्षण सुरु हुनुपुर्व २५ औँ नम्बरमा थिए अन्नपुर्ण पोष्टका जिल्ला संवादाता राजन गाँउले उहाँ लाइन बसेपछि उहाँको पछाडी म बसे । तत्कालै परिक्षण भयो । ३२ जनाले परिक्षणका लागि ब्लड दिएको १० मिनेट नबित्दै रिर्पोट आउन सुरु भयो । त्यहि रिर्पोट चेकजाँचको हुलबाट एउटा आवाज बाहिर आयो । २६ नम्बर कसको हो ? मैले हात उठाएर भने मेरो हो । जिल्ला अस्पताल सिन्धुलीका अध्यक्ष प्रलाद पोखरेलले भिडमै भने भा इ यता साइडमा बस्नुस् । अरु सबै जानुस् । त्यति भनेपछि म सल्र्याकसुर्रलुक भए । हत्का टाउको दु खेको महसुस भयो । ज्या नमा थोरै पसिना आएजस्तो भयो । अनि फेरी जिज्ञासा लाग्यो यतिधेरैको भिडमा मेरो कसरी पो जिटिभ आयो त अरुको निगेटिभ आउने अनि मेरो पो जिटिभ होइन होला । नजिकै गएर चेकजाँच गरेको ठाँउमा गएर हेरे किटमा अरुको भन्दा फरक चिन्ह देखिन्थ्यो त्यो नै रहेछ पो जिटिभ । विश्वभरनै म हामारीको रुपमा उ ग्र रुप लिएको को भिड १९ को पहिलो चरणको परिक्षण मानिएको आरडिटी परिक्षणमै पो जिटिभ आएपछि सुरुवातमा आत्तिए । मलाई मेरो स्वास्थ्य सँग भन्दा नी घरपरिवार र छिमेकी सँग डर लाग्यो अब के भन्ने कोरोना लागेछ भन्नका लागि पिसिआर परिक्षण बाकी छ होइन भन्नका लागि आरडिटीमा पो जिटिभ आएको हल्ला आगो सरि फैलिसकेको छ । सँगै रहेका साथीहरुले आ रडिटी केहि नभएको र पि सिआर नि गेटिभ आउने भन्दै मनोबल बढाउन उत्प्रेरणा दिए । साथिहरुको उत्प्रेरणासँगै स्वास्थ्यकर्मीको नजिकै गए सोधे अब के गर्ने मैले । जिल्ला अस्पतालका अध्यक्षले भन्नभयो अब क्वारेन्टाइनमा बस्नुपर्छ । मैले भने म होम क्वा रेन्टाइनमै बस्छु । किनकि म सुत्ने बस्ने कोठा छुट्टै छ घरमा परिवारका अरु सदस्यलाई नछोइ घरमै बस्छु । हुन्छ भन्ने स्विकृतीसँगै मैले होम क्वारेन्टाइन बसेको फर्म भरेर आफ्नै मोटसाइकल चढेर घरमा आए । घर आउने बित्तिकै कान्तिपुर दैनिक सिन्धुलीका संवाददाता एवम् आदरणिय दाई राजकुमार कार्कीले फोन गर्नुभयो र भन्नुभयो, आत्तिनुपर्ने केहि छैन आरडिटी पो जिटिभ आउदैमा केहि हुदैन सजग भएर परिवारका अरुलाई नछोइ बस्नु अब ।
उहाँ आरडिटी परिक्षणमा सहभागि नभए पनि तत्कालै मेरो पो जिटिभ आएको जानकारी पाइसक्नु भएको रहेछ । घर आइपुग्दा किचनमा भा इ सहदेब र ममी खाजा बनाउदै हुनुहुदो रहेछ । मोटसाइकल घर अगाडी राखे र सुरुमै भा इलाई बोलाएर जानकारी गराए । ममीले सुन्दै हुनुहुदो रहेछ, उहाँ आ त्तिनु भयो । आफैले सम्झाए यो केहि होइन केहि हुदैन । उहाँको मनमा गढेको कुरा चाहि कोरोनाको संकेत देखिएको भन्ने बुझाई भएछ मैले अनेक सम्झाए उहाँ खाजापानी र केहि नखाइ तनाबमा देखिनुभयो । मेरो स्वास्थ्यसँग उहाँलाई धेरैनै चिन्ता थपियो । त्यसदिनदेखि म छुट्टै बस्ने अरुलाई नछुने छुट्टै भाडा प्रयोग गर्ने गर्न थाले । दिनभर मनमा अनेक कुरा खेलिरहे । साथिहरुले भटाभट फोन गर्न थाल्नुभयो । सबैको भावना मेरो मनोबल बढाउनेनै थियो । नआत्तिनुस् सबै ठिक हुन्छ, यो आरडिटी परिक्षण गर्नै हुदैनथियो सबैले भन्दै थिए । आरडिटी परिक्षणमा पोजिटिभ आएको कुरा थाहा नपाएका एकजना साथिले फोन गरेर चिया सँगै खाउ आउनुस् मेरो घर भन्नुभयो मैले अब होम क्वारेन्टाइनमा केहि दिन बस्ने भएकाले म आफ्नै घरका सदस्यहरुलाई समेत नछोइ बस्ने भएकाले आउन सक्दिन भनेर अस्विकार गरे । उहाँले फेरी भन्नुभयो दुरी कायम गरेर बस्नुपर्छ केहि सल्लाह गर्नुपर्नेछ आउनुस् न । मैले फेरी उहि कुरा दोहोराएर अस्विकार गरे ।
बेलुका करिब ८ बजेर ३५ मिनेटमा सामाजिक सञ्जाल फेसबुक खोल्दा सिन्धुली अस्पतामा आरडिटी परिक्षणमा पो जिटिभ आएका सबैको पिसिआर रिर्पोट निगेटिभ आएको भन्दै फेसबुकका भित्ता रङगिएछ । पत्रकारका केहि अग्रज दाइहरु र सँगैका साथिहरुले फोन गर्नुभयो अब ढुक्क हुनुहोस् सिन्धुलीमा को रोना अहिलेसम्म फैलिएको छैन तपाईलाइपनि छैन पि सिआर निगेटिभ आउछ । केहि मन हलुका भएजस्तो भयो । तर सोचे त्यतिधेरैको चेकजाँच गर्दा मेरो पोजिटिभ आयो भनेपछि स्वास्थ्यमा कोरोना भा इरसको केहि न केहि तत्व छ की मनमा कुरा खेलाउदै ओछ्यानमा पल्टिए झुल मिलाए । अरु समयमा जस्तो निद्रा आएन । झुल बाहिर लामखुट्टे चिच्याउदै थिए । अरु समयमा खासै लामखुट्टेको आवाज सुनिदैन थियो । त्यो दिन लामखुट्टेको आक्रामक चिच्याहट धेरै थियो । सायद मेरो आत्माबल क मजोर भएको देखेर होला भन्ने लाग्यो । ढिलो निदाए । भोलिपल्ट विहान सदा भन्दा केहि फरक मेरा कर्महरु भए । आफुले खाएका भाडाहरु धुने शौचालय प्रयोग गरिसकेपछि सफा पार्ने र एक्लै कोठामा बस्ने जतिबेला जे आउछ त्यहि खाने । अरु समयको जस्तो छिमेकीको चहलपहल मेरो घरमा थिएन सुनसान थियो । छिमेकी धेरैले चाल पाइसकेछन्, मलाई आरडिटी पो जिटिभ आएको त्यसैले मेरो घरमा आउने र म र मेरो परिवारसँग बोल्ने समेत कम गरेका रहेछन् । खाना खाएर दिउसो अस्पतालले बोलाएपछि पि सिआरका लागि स्वाब दिन अस्पताल गएर स्वा ब दिएर आए । मेरा लागि त्यो रिर्पोट नआउन्जेलका दिन दिन तीन बर्षझै भए । मनमा अनेक कुरा खेलिरहे । कोरोना पो जिटिभ आयो भने पनि कोरोना त जितौला किनकी मेरो स्वास्थ्यमा केहि समस्या छैन । तर अस्पतालको लामो बसाई कसरी कटाउने होला । दिनभर म इन्टरनेटमा बस्नेलाई त्यहाँ इन्टरनेटको सुविधा दिन्छ की दिदैन होला अनेक तर्कना आइरहे । कोरोना भा इरसको संक्रमण दैनिक भुसको आगो झै फैलदै गएको सुन्दा मलाई अत्यास लागेको थियो । नआत्तिनु पनि कसरी मैले आ रडिटी परिक्षण गराउदा तीन सय ५२ पुगेको कोरोना संक्रमित व्यक्ति यतिन्जेल चार सय नाघिसकेका थिए । दैनिक बढ्दै थियो । शनिबार बेलुका सम्म रिर्पोट आउने कुरा सुनेपछि म दिउसै देखि नुहाउने कपडा धुने दाह्री काट्ने सबै क्रियाकलाप गरे । अकस्मात पो जिटिभ आयो भने झन्डै एक महिना अस्पताल बस्नुपर्ने हुन्छ त्यसैले सहज होस् भनेर अरु बेलाको भन्दा बढीनै काम गरे । शनिबार बेलुका करिब आठ बजेर ३० मिनेट जाँदा जिल्ला अस्पतालको फेसबुक पेजमा कोरोना परिक्षण गर्न पठाएका सबैको स्वाब निगेटिभ आएको कुरा जानकारी गराएको रहेछ मन ढुक्क भयो आत्तिएको मन सम्हालिन थाल्यो । नआत्तिनु पनि कसरी त्यतिबेला सम्म कोरोना संक्रमण फैलिएर पाँच सय ८४ पुगिसकेको थियो । धेरै जिल्लाका सञ्चारकर्मीलाई पनि संक्रमण भएको समाचार थियो । आ रडिटीले अत्याएको मन पिसिआर रिर्पोटसँगै सान्त भयो । आरडिटीको मेडिकल विश्वशनियता के छ त्यो मलाई थाहा भएन तर सिन्धुली अस्पतालमा आरडिटी परिक्षणमा पोजिटिभ आएको सबैको रिर्पोट निगेटिभ आएको छ । आरडिटीले अत्याउने काम मात्रै गरेको देखियो । मिल्छ भने आरडिटी ब न्द गरेर सबैको पिसिआर गर्ने पहुँच बढाऔ । व्यक्तिलाई सचेत हुन आरडीटिले मद्धत पुगेको छ । हामी धेरैलाई आरडिटी पोजिटिभ आएसँगै जिल्लाका धेरै सचेत भए डराए घर बाहिर कमै निस्किन थालेका छन् । यो कोभिड १९ बाट बच्न एक व्यक्तिले अपनाएको सजगताले धेरैलाई बचाउन मद्धत पुग्ने यथार्थ रहेछ यसैले सबै सचेत हौ, सजग रहौ । तपाई सबै घरमै बसेर स्वास्थ रहनुस् मस्त रहनु्स ।