लेखक : दिपेश थापा
अहिले बिश्व मानव समुदाय को’रोना बाट आ’क्रान्त छ । झन्डै सिङ्गो बिश्व नै अहिले लकडाउनको अबस्थामा छ । तर अहिले सारा मानब समुदाय आ क्रान्त हुदा पनि नियालेर हेर्ने हो भने हामीले नसोचेको अदभुत चित्र पनि देख्न सकिन्छ । चीन बाट शुरु भएको यो म’हामा’री युरोप हुँदै अमेरिका सम्म फैलिएको छ । एशियाको त कुरै नगरौ यो मा’हामा’री अफ्रिकामा सम्मै फैलिएको छ । विकसित राष्ट्रका मानिसहरु बढी सभ्य, बढी शिक्षित, तुलानात्मक रूपमा बढी जान्ने मानिन्छन । तर को’रोनाकै कारण अहिले त्यस्तै मानिसहरु बढी पी डित छन । को’रोनाले यस्तै मानिसहरु बढी मा रिएका छन । यता को’रोना भाइरसले एशियामा पनि आ क्रमण गर्यो, तर त्यति धेरै मान्छे म’रेनन । जति युरोपमा म’रिरहेका छन । जति अमेरिकामा फैलीरहेको छ, त्यति अफ्रिकामा पनि फैलिएको देखिदैन । तुलनात्मक रूपमा अहिले अमेरिकामा भन्दा अफ्रिकामा थोरै मानिस म’रेका छन । बिकशीत देशलाई मात्रै सि’ध्याउने,बिकशित मान्छेहरुलाई मात्रै मार्ने योजना बनाएर त को’रोना पक्कै आएको होइन होला ?
तर तस्बिर र तथ्यांक हेर्दा यस्तै देखिन्छ । को’रोना यदि यो अफ्रिका जस्तो देशमा फैलिएको थियो भने यदि यो नेपाल जस्तो साधन स्रोत कमी भएको गरीब मुलुकमा फैलिएको थियो भने , हाम्रो हालत के हुन्थ्यो होला ? स्रोत र साधन कम भएको निम्न आए भएका मुलुकमा फैलिएको थियो भने यसले ठुलो बि’नाश गर्छ भन्ने अनुमानित तर्क बिपरित अहिले को’रोनाको बिनाश देखिन्छ । को’रोनाले नेपालमा मात्रै होइन अफ्रिकामा पनि भ’यावह रुप लिन पाएको छैन । अब प्रश्न उठछ तुलनात्मक रूपमा कम विकसित देशका तुलनामा धनी देशको किन भा’इरस बढी फैलिए त ?
म’हामा’रीको चर्को रूपमा गरीब देशमा हुनुपर्ने होइन र ? कम विकसित देशमा मान्छेहरु भटाभट बढी म’र्नुपर्ने तर तथ्यांक हेर्दा त्यस्तो देखिदैन । किन भन्ने कारण खोज्न हामीले यसका लागि विकसित मुलुकका मान्छेहरुको दिनचर्यालाई हेर्नुपर्छ । विकसित मुलुकका मान्छेहरु प्रायजसो फ्रीजका खाना धेरै उपयोग गर्छन । गरीब राष्ट्रमा चिया पिएको जस्तो धनी राष्ट्रका म’दिरा बढी पिउने गर्छन ।
विकसित राष्ट्रका नागरिक गरीब राष्ट्रका नागरिकको तुलनामा शारीरिक श्रम कम गर्छन । त्यता मानसिक श्रम बढी गर्छन । जहाँ मानसिक श्रम बढी हुन्छ, मानसिक द’बाब बढी हुन्छ त्यहाँ स्वत मान्छे चि’न्ताग्रस्त बढी हुनु, त’नाव ग्र’स्त बढी हुनु,टे’न्सन शि’कार बढी हुनु स्वभाबिक कुरा पनि हो । जो मान्छेलाई त’नावले बढी गाज्छ त्यस्ता मानिसहरुको इम्युनोसिस्टम तुलनात्मक रूपमा क’मजोर हुन्छ । इम्युनोसिस्टम मजबुत पार्न सबैभन्दा महत्वपूर्ण कुरा मध्य हाम्रो मानसिकता पनि पर्छ । सकारात्मकता अनि खुशी, आनन्द र सबै किसिमको सकारात्मकता अर्थात सकारात्मक इमोसन अहिलेको खाचो जस्तो देखिन्छ ! विकसित देशमा धेरै भन्दा धेरै मानसिक दबाबका काम गर्नु पर्ने कारणले त’नाव बढदो छ । डि’प्रेसन बढदो छ । फ’स्ट्रेसन बढदो छ । जजसलाई डि’प्रेसन,फ’स्ट्रेसन र टे’न्सनले गाजेको हुन्छ, उनीहरुलाई रो’ग सङ्ग लडने क्षमता कम्जोर हुनु स्वभाबिक हो ।
अहिले बिश्वमा को’रोना लगायत अन्य भा’इरसलाई जित्ने औषधि पनि बनेको छैन । यस्तोमा मानिसले जन्मजात लिएर आएको नेचुरल कि’लरले भा’इरसलाई मजाले सि’ध्याउन सक्छ । भा’इरस बाट बच्ने एक मात्रै उपाए अहिले यहीँ हो । अतः बिकशीत देशहरुमा शारीरिक भन्दा मानसिक कामहरु धेरै हुनु भनेकै उनीहरु शारीरिक काम कम गर्छन भन्ने तर्क हो । शारीरिक परिश्रम कम हुनु र मानसिक त’नाव बढनु भनेको दुबै एउटै कुरा त हो । दुबैको परिणाम ने’गेटिभ नै हुनु हो । एकातिर मानसिक त’नाव बढेर इम्युनो सिस्टम कमजोर बन्दै गएको हुन्छ भने शरीरले चाहिने परिश्रम नगर्नाले पनि इम्युनोसिस्टम कमजोर नै हुन्छ । इम्युनोसिस्टम कमजोर हुनेलाई स्वभावैले भा’इरसले छिटोभन्दा छिटो आक्रमण गर्छ । यस्तोमा धेरै कमजोर मानिस पर्यो भने मृ’त्यु पनि हुन्छ ।
को’रोना बाट सिक्नै पर्ने पाठ भनेको मानिसहरुले आफ्नो मानसिक स्वास्थ जोगाइ राख्नुपर्छ भन्ने नै हो । मानसिक सन्तुलन जोगाइ राख्नु आजको समयको माग पनि हो । जुन देशमा शरीरलाई धेरै चलाउनु पर्छ, मजदुरी गर्नुपर्छ,मेसिन अभावमा खेतिपाती आफैले गर्नुपर्छ त्यो देशमा अहिले को’रोनाले पनि कम आ’क्रान्त पारेको तथ्यांक घाम जतिकै छर्लङ्ग छ ।.यसबाट प्रष्ट हुन्छ, हामीले आउँदा दिनमा शरीरलाई चलाइरहने गर्नुपर्ने रहेछ ।
अब हाम्रो जीवनशैलीमा योग प्राणायम अनि कुनै पनि किसिमका शारीरिक एक्सरसाइज गर्नुपर्ने देखियो । अतः भाइरसको आक्रान्त बाट बच्न हामीले हाम्रो शरीरलाई कुनै पनि श्रममा जोडनु पर्ने रहेछ । मानसिक रूपमा हामीले शान्त राख्नका लागि सन्तुलीत राख्नका लागि पनि ध्यान जस्ता कुराहरु गर्नुपर्ने रहेछ । आध्यात्मिक दर्शनका भजन कृतन जसले हाम्रो मनलाई शान्त राख्न मद्दत गर्छ त्यस्ता कुराहरु सुन्ने गर्नुपर्ने रहेछ । शान्त मन र बलियो शरीर भयो भने को’रोना जस्तो भाइरसले हामीलाई छुन सक्दैन । मनमा शान्ति शरीरको तन्दुरुस्ती अहिलेको आबस्यकता देखियो । त्यसकारण अहिलेको मान्छेले आफ्नो जीवनशैली परिबर्तन गर्नुपर्ने खाचो यो म’हामा’रीको शन्देश जस्तो देखिन्छ । लकडाउनमा बसीरहदा त’नावग्रस्त हुने होइन मित्रहरू यसले हाम्रो इम्युनो सिस्टम कमजोर बनाउछ ।
म’हामा’रीको प्रतिकुल अबस्थामा अनुकुल मानसिकता पहिलो शर्त हो । हाम्रो मनलाई अनुकुल बनाउन सकारात्मक कुराहरु सोच्नुपर्छ । सकारात्मक र रचनात्मक कुरामा बढी जोड दिनुपर्छ । सबाल उठछ तर यस्तो सकारात्मक सोच अहिले ल्याउने कसरी ? हो अहिले हामीले भौतिक रूपमा धेरै कुरा गुमाइरहेका छौ । आर्थिक रूपमा धेरै कुरा गुमाइरहेका छौ । यस्तो अबस्थामा सकारात्मक कसरी हुने भन्ने अहम् सवाल पनि उठछ । हेक्का राख्नुपर्ने कुरा के हो भने बि नाश पछि बिकास अबस्य हुन्छ । जहाँ समाप्त हुन्छ त्यहाँ अर्को कुनै कुराको सुरुवात पनि भएकै हुन्छ । म’हामा’रीको विषम परिस्थितिमा झरेको पातलाई हेर्ने होइन मित्रहरु पलाइरहेका पातहरुलाई
हेर्ने गर्नुपर्छ । यसो गर्दा भाबनात्मक रूपमा हामी पोजिटिभ हुन्छौं । आखालाइ हेर्दै सितलता दिने पलाइरहेका कलकलाउदा पातहरु हेर्ने हो नि अहिले त ! एउटाको अबसान भनेको अर्कोको शुरुआत पनि त हो नि । पुराना पात खस्नु भनेको नयाँ पालुवाहरु पलाउनु हो । दृष्ठिकोणलाई परिवर्तन गरेर हेर्नु नै मनको शान्ति हो । यो बेला सबैभन्दा बढी मनको परिवर्तन आबस्यक छ । अतः त्यसका लागि जीवन र जगतलाई हेर्ने हाम्रो दृस्ठिकोणमा आमूल परिवर्तन आबस्यक छ । सारा दुनियाँका मानिसहरुले दुःख भोगिरहेको छ । पि डा भोगिरहेको छ । समस्या नै समस्याले आक्रान्त भएको छ । भय बोकिरहेको छ । यसमा शंका छैन । यी सबै नकारात्मक पक्षका बीचमा यदपी केही कुराहरु आशालाग्दा भएर आएका छन । अहिले धर्तीले स्वास फेर्न थालेको छ । आकाश अघि पछि भन्दा बढी निलो देखिन थालेको छ । संसारभरीका धुवाँधुलो कम भएको छ । यस्तै अबस्था रह्यो भने धर्तीमा ग्लोबल आर्मिङ्ग पनि कम हुने छाट देखिदैछ । पुरै धर्ती चिसिदै जाने शंकेत देखिएको छ । हामीले धर्तीलाई यसैगरी शान्त राख्यौ भने त्यो सम्भाबना देखिएको छ । किनभने अहिले कुनै पनि किसिमको पेट्रोलीयमहरु जल्दैन, गाडीहरु चल्दैनन धर्तीमा उपध्रो देखिन छाडेको छ । अब हाम्रो धर्ती प्राकृतिक स्वरुपमा फर्किन थालेको छ । हो संसारभरीका अर्थतन्त्र सकिन थाल्यो तर पनि हाम्रो धर्ती जोगिन थालेको छ । बिश्वका भुमि जोगिन थाल्नु यो सकारात्मक कुरा पनि हो ।
यसले हाम्रो स्वास्थलाई हाम्रो आयुलाई अनि भाबी शान्तीका लागि नयाँ किसिम बाट बाच्ने नयाँ किसिमबाट सोच्ने उर्जामुलक बाताबरण निर्माण गर्न थालेको सकारात्मक पक्ष देखिन्छ । कयौं सुपरपावर राष्ट्रहरुले रोक्न नसकेको बाताबरण बि नाश, बाताबरण प्रदुषण, ग्रीनहाउस इफेक्ट अहिले आएर रोकिन थालेको देखिन्छ । चीनको खुल्ला आकाश खुलेको भन्ने समाचारमा हामीले पढिरहेका छौ ।
कुनै एउटा देशले कुनै धेरै देश मिलेर गर्न नसकेको काम को’रोनाका कारण आफसेआफ हुने शंकेत देखिएको छ । यसले हामीलाई कालान्तरमा फाइदा पुग्ने कुरा हो । तत्काल पीडा र समस्या देखिए पनि दीर्घकालका लागि फाइदै फाइदा हो भनेर हाम्ले बुझ्न जरुरी छ ।
को’रोनाले राम्रै काम गरिरहेको छ । आक्रान्त हुनुपर्ने कारण छैन । को’रोनाले दिएको पाठ भनेको हरेक मानवलाई मानसिक रूपमा शान्त हुनका लागि अध्यात्मिक बन भन्ने नै हो । यस्तै शारीरिक रूपमा क्रियाशिल बन्न प्रेरणा दिएको छ । अतः को’रोना बाट आत्तिनु पर्दैन ! जीवन जीउन अदभुत पाठ अहिले हामीले पाइएको छ ।
समसामयिक बिषयमा कलम चलाउने लेखक समाजबादी पार्टीका प्रदेश समिति सदस्य हुन । उनी अहिले समाजबादीका कमलामाइ नगर इन्चार्ज पनि हुन ।