लेखक : विनोद दाहाल
को’रोना, म’हामारि, राष्ट्रियता र समाजवाद अहिलेको जल्दाबल्दा सवाल हुन् । अहिले विश्व मानव समाज नोबेल को’रोना भाइरस (को’विड— १९) को संक्रमणबाट आक्रान्त भएको बेला यी सवालहरु फेरिपनि सतहमा आएका हुन् ।
मानिस पनि प्रकृति भित्रकै एक अस्तित्व भएका कारण बेलाबेलामा यस्ता म’हामारिको चपेटामा परिरहन्छ । मानिसले आफ्नो लागि तयार पारेको जटिल संयन्त्रको कारण म’हामारिले पनि सोही अनुरुपको प्रभाव पारिराखेको छ । त्यसैले मानिसले आफ्नो आचरण, व्यवहार, सोचाई र चिन्तन प्रकृयालाई व्यवस्थित गर्नु अत्यावश्यक देखिएको छ ।
को’रोना, म’हामारि र राष्ट्रियताको पाटो जोडिएको छ । को’रोना र यस्ता भा’इरसहरु प्रकृतिमा उपस्थित भैरहेका र भैरहने जीव हुन् । को’रोना भा’इरस पहिला पनि थियो, अहिले त यो आठौं पुस्ता वा प्रजातीको रुपमा उपस्थित भएको भनिएको छ । यो मानिसको शरिरमा यस्ले प्रवेश पाएपछि मात्र समस्या पैदा भएको हो । पछि पनि यस्ता समस्याहरु नयाँ रुपमा आउने निश्चित प्रायः छ । त्यसैले मानिसले आफूलाई त्यस्ता समस्या वा म’हामारिसँग कसरि बच्ने भनेर पहिल्यैदेखि तयारि गर्नुपर्ने देखिन्छ । मानव जातीले यो जानकारिसाथ बाँच्नु र तयारी गर्नु जरुरी छ । आज अप्रिल शुरुवात हुँदा हिजो मात्र विश्वमा एकैदिन मानव को’रोनाको म’हामारिबाट ४,१४४ हजार जनाको ज्या’न गएको समाचार आएको छ । कुनै देशले आजको यो म’हामारिमा आफूलाई सुरक्षित गर्न सकेका छन् भने केहीले सक्ने अवस्था देखिएको छैन । देशबिशेषका राजनैतिक व्यवस्था, नीति र निर्देशक सिद्धान्तहरुले काम गरेको देखिन्छ । अहिले पनि यही कारणले गर्दा म’हामारि पनि साझा दु’स्मन हुन नसकेको जस्तो भएको छ । यो राष्ट्रियताको सवालसँग जोडिएको छ ।
सीमाको सुरक्षा, परनिर्भरताबाट जोगिने सवाल र स्वाभिमान राष्ट्रियताका खम्बा हुन् । यो सबैलाई व्यवहारतः अहिलेको विश्व सं’कटले सिकाएको छ । को’रोना त कारण मात्र हो, समाजवादी नीति भए मात्र म’हामारि नियन्त्रण गर्न सकिन्छ वा सामाजिक उत्तरदायित्वसहितको मानिसका व्यक्तिगत स्वतन्त्रताले मात्र मानिसको अस्तित्व रहन्छ भन्ने चेतना अहिले मानिसमा आएको छ । देशमा आफ्नो स्वामित्वमा सबै उत्पादन गर्नु अवश्यक हुन्छ । सामान्य बस्तुमा पनि विदेशीको मुख ताक्ने द’लाल पुँजीवाद र द’लाल पुँजीपतिहरु देशका दुस्मन हुन् भन्ने चेतना पनि जनतामा यो म’हामारिले जगाएको छ । देश भित्र नै उत्पादन गर्न सकिने कुरा विदेशबाट आयात अर्थात नाफा र सस्तो बस्तु भिœयाउने बहानामा बहुराष्ट्रिय कम्पनिहरुको प्रबेशद्वार खोल्नेहरु द’लाल हुन् भनेर जनताले बुझ्ने अवस्था यही म’हामारिले झन् छर्लंग बुझिने भएको छ ।
नोवल कोरना भाइरसको संक्रमणले मानिसमा एकखालको जागरण पैदा भएको छ । वैज्ञानिक पद्दतीबाट जव मानिस बाहिरिन्छ त्यो अन्ततः मानवका लागि नै घातक बन्छ भन्ने पुष्टि हुँदै गएको छ । पश्चिमाहरुले नाफाको संस्कृति जबर्जस्ती र बानी वा चलनको रुपमा बसाल्न खोज्दा अहिलेको म’हामारिमा त्यो समस्या हुन पुगेको छ । मानिसको जीवनसँग मेल नखाने खालका व्यवहार वा बिसंगतिहरु साँस्कृतिक सम्पदाको नाममा पुरतनपन्थीहरुले र नाफा र उत्तर आधुनिकताको नाममा पश्चिमाहरुले अपनाइरहेका थिए । अहिले त्यो अवस्थाको अन्त्य भएको छ । म’हामारि को’रोना मात्र हैन, पहिला पनि आइरहेकै थिए र पछि पनि आइरहने छ भन्ने सबैमा जानकारि भैरहेको छ । प्रसादको नाममा कुहिएका, हानीकारक र बिषाक्त खानेकुरा खाने, धर्मका नाममा अनावश्यक जमघट हुने जस्ता पुरातनवादी मानिसको जीवनको अभिन्न संस्कृति भन्ने गरेका कुरा अहिले घातक बनेकोछ । हात समाएर सार्बजनिक स्थानमा हिंड्ने, अंकमाल गर्ने, किस खाने, बेश्यालयसम्म खोल्ने सम्मका घटीया संस्कृतिमा मानिसलाई ढाल्ने दुस्प्रयास गर्ने पश्चिमाहरु कति घातक हुन् भन्ने पनि सबैले प्रष्ट बुझ्न विश्व मानव जातीनै जान्ने भएका छन् ।
राष्ट्रिय पुजीपति वर्गसम्मले राष्ट्रियताको रक्षा केहीहदसम्म सुरक्षित गर्नसक्ने छ । चीन राष्ट्रियताको सवालमा जब्बर छ । एकात्मक र राष्ट्रिय पुँजपिति वर्गको सुरक्षा गर्ने राष्ट्र भएकाले आफूूलाई सुरक्षित गर्न सकेको छ । यस्तै राष्ट्रियता पक्षमा दृढ भएका देशले मात्र यो म’हामारिको बेलामा आफू सुरक्षित हुन सक्छौं भन्ने मनोबल उठाएको देख्न सकिन्छ । पराधिन देशहरुका जनताको मनोदशा नराम्रोसँग बिग्रिएको देखिन्छ । द’लाल पुँजीवाद र निगम पुँजीको सुरक्षाको ग्यारेन्टी गर्ने बाध्यता आइलाग्दा देश म’हामारिको चपेटामा परेको र पर्ने सिथति देखिएको छ । त्यसैले राष्ट्रियताको सवाल यो वर्गीय समाजमा प्रथम र अनिवार्य सर्त बनेको छ । सबैले बुझ्दै गैरहेका छन् कि साम्राज्यवाद, विस्तारवाद र यीनका पक्षपोषक (द’लाल) हरुले राष्ट्रियतामा भा’इरस कमजोर पार्दछन् ।
देशको रक्षाको लागि समाजवादको जबर्जस्त माग हुन थालेको छ । द’लाल पुँजीवादको पक्षधरहरुबाट राष्ट्रियताको रक्षा हुन नसक्ने कुरा प्रमाणित भैरकेको छ । विज्ञान, प्रबिधि र खोज अनुसन्धान समाजवादको आधार हुन् । मानिसको रक्षा योबाहेक अर्को कुनै उपाय हुन सक्दैन । श्रम मानिसको आदत बनाउने समाजवादी व्यवस्था अर्को आधार हो ।
आवश्यक र हितको कार्यमा मानिसको व्यवहार उपयोग हुन पाउने भएकाले म’हामारि जस्तो संकटबाट जोगिन मानिस एकताबद्ध भएर लाग्ने र लाग्नसक्ने भएकैकारण गर्दा मानिस आफ्नो जातीको रक्षार्थ समाजवाद खोजिरहेको छ ।
नोबेल कोरना भाइरस जस्तो म’हामारिबाट जोगिन मानिसले आफ्नो आदतलाई बदल्न सक्नु पर्छ । औषधि नबनिसकेको अहिलेसम्मको जोगिने उपाय भनेको मुख, नाक र आँखाबाट यो भाइरसलाई शरिरमा प्रबेश हुन नदिने नै हो । सोच्दा यो धेरै कठिन कार्य हैन तर पनि मानिसले आफूलाई सुरक्षित गर्न सकिरहेका छैनन् । यसको कारण यो म’हामारिको रुपमा विश्वव्यापि भएको छ । नाक, मुख र आँखासम्म भाइरसको प्रवेश गराउने मुख्यतः २ वटा बाटा मात्र छन् । नजिकैको संक्रमित व्यक्तिको नाक र मुखबाट स्वाशप्रस्वाश र हाछिउँ गर्दा नआइपुग्ने गरि सामाजिक दुरि कायम गरेर बस्ने प्रथम उपाय हो भने हातमा रहेको जिवाणु पुग्ने भएकाले सफा नगरि हात अनुारसम्म नपुर्याउनु अर्को उपाय हो । यसका अलावा स्वास्थ्यमा ध्यान दिने र वातावरणीय सुधारको पक्षमा आफूलाई तत्पर बनाइराख्नु हो । यो मानिसको निजात्मक सवाल भएका हुनाले यसलाई भर परेर र व्यक्तिगत स्वतन्त्रता कायम राखेर यो म’हामारिबाट जोगिन सकिने देखिएको छैन । दरो राष्ट्रियता भएको राज्यको नियन्त्रणबाट मात्र यस्ता म’हामारि र अन्य आइपर्ने संकटको समाधान हुन सक्छ । यही स्थानमा आएर पुँजीवादी नीति असफल भएको छ । यही नीतिको कारण पुँजीवादले राष्ट्रियताको रक्षा गर्न सकेन । यही आवश्यकताको कारण समाजवाद आजका मानिसको अनिवार्य लक्ष्य बन्नपुगेको छ ।