लेखक : मुकेश तामाङ
कोहि पनि महिलाको रुपमा जन्मिएको हुदैन, सामाजिक संस्कारले उनीहरुलाइ महिला वनाइएको हुन्छ । यो फ्रान्सेली लेखिकाले लेखिएकोे विचार प्रतिनिधिमूलक सन्देश मात्र हो । वास्तवमै हामी वसेको समाज तथा विश्वका स्थानहरुमा सामाजिक लिंगले महिला, पूरुषकका कार्य, गुण, व्यवहार तथा सिकाइका जिम्मेवारीमा महिला तथा पुरुषको प्रचलित सामाजिक संस्कृति नै लैंिगंतामा प्राप्त कार्य तथा जिम्मेवारीमा समान वुझाइ नरहेको छ । वर्तमान राज्य प्रणाली वा हिजोको भएका व्यवस्था तथा मूलत नया संविधानले गरेका निश्चित व्यवस्थाहरुमा महिलाहरुका सहभागितामा सन्तोषजनक प्रगती रहे पनि जनसंख्याको आधारमा आधा आकाशको रुपमा परिभाषित महिलाको संख्यालाइ प्राप्ती वा मौलिक रुपमा प्राप्त गर्ने अधिकार तथा सहभागितालाइ निश्चित आजको आवश्यक्ताका साथै कसैको दान तथा विषय नभइ मानव भएका कारणले स्वतः प्राप्त हुने प्राकृतिक, जन्मसिद्ध, नैसर्गिक, अविशष्ट एवं आधारभुत अधिकारको रुपमा रहेको हुन्छ ।
हाम्रा प्रचलित सामाजिक मूल्य तथा मान्यताका कारण असमनताको स्वरुप समाजमा महिलाहरुको आर्थिक सामाजिक तथा राजनैतिक अवस्थामा कमजोर देखिएको छ । चाहे तो विश्वको धनीका सूचिमा १० जनामा १ जना तथा दैनिक गरिने घर व्यवहारमा समेत सामान्य घरका अभ्यासमा समेत पुरुषको सहभागिता नरहनु तथा राजनैतिक कार्यमा सभामूख चयन कार्य समेत देखिएका व्यवहार हुन यस्ता व्यवहार अर्थात असमान व्यवहारलाइ समताको माध्यम वाट समानता प्राप्त गर्न आज मार्च ८ पनि एक वहस तथा आवाज नेपाली महिलाहरुका लागि तिज पर्व जतिकै महत्वपूर्ण रहन सक्छ ।
महिला हिंसा न्यूनिकरण तथा अधिकार सवालका रुपमा भएका प्रयासलाइ यस वर्ष पनि ११० औ अन्तराष्ट्रिय श्रमिक महिला दिवस मार्च ८ समानताको पुस्ता ः अन्त्य गरौ हिंसा विभेद र असमनता मूल सन्देशका साथ (कोभिड १९ का कारणले हुन सक्ने प्रभाव तथा वर्तमन स्थिती) एक दिवसिय कार्यमा विभिन्न कार्यक्रम रहे पनि सन २०१२ मा नेपाल सरकारकोे एन्फाले गरेको अभियान एक प्रभावकारी सन्देश रहन पुगेको थियो । जसमा हाम्रो गोल, नारी हिंसा विरुद्धको वोलका साथ रहेको अभियान होस या सन २०१० मा भएको लैगिंक हिंसा विरुद्ध वर्षले पनि महिलाहरुको अधिकार तथा हिंसा न्यूनिकरणका लागि भएको प्रयास वर्षको रुपमा रहेको छ ।
सन १९७५ मा प्रथम विश्व महिला मेक्सिको सम्मेलनको प्रारम्भीक देखि महिला अधिकार पनि मानव अधिकार नै भएको मूल सन्देशका साथ महिला तथा बालबालवालिका माथि हुने सवैखाले भेदभाव हटाइ अधिकारको पूर्ण उपभोगका व्यवस्थापन गर्ने तथा अधिकार र स्वतन्तत्राहरुको हनन विरुद्ध प्रभावकारी कदम चाल्ने प्रतिवद्धता तथा महिला सशक्तीकरण तथा समाज समानताका लागि आवाज उठाइएका शताव्दी वितिसक्दा पनि महिला प्रति गरिने दिशामा संसारमा भएका प्रयासलाइ खोज्नुका साटो हालको अवस्थालाइ भएका विभिन्न सामाजिक तथा राजनैतिक घटनाले समेत महिला अधिकार तथा महिला प्रतिको व्यवहार लाइ प्राप्त नतिजालाइ अनुमान गर्न सकिन्छ । १९ औ शताव्दीको आरम्भ देखि अन्तराष्ट्रिय नारी वा महिला दिवस शुरुआत भएको मानिन्छ । सन १९०८ देखि पर्वको रुपमा अर्थात दिवसको रुपमा मनाउन थालिएको अष्ट्रेलियामा भने सन १९८२ देखि आरम्भ भएको थियो । १९०८ मा पहिलो पटक भेला भएका महिलाहरुले राम्रो मौका छनौट गरि नारी आन्दोलनलाइ प्रेरित गरेका थिए । सोहि वेला हजारौ महिलाहरुले राजनैतिक, अर्थिक तथा सामाजिक सवालहरुमा सडकमा उच्च आवाज गरेकोले सन १९०९ मा कपडा कारखानामा ठण्डी मौसममा पनि १३ औ हप्ता सम्म समान ज्यालाका लागि चर्को आन्दोलन तथा आम हडतालका प्रभाव पछि पछि युरोपियन राष्ट्रमा समेत आवाज लाइ मध्य नजर गरि महिलाको हक अधिकारका लागि गरेको प्रारम्भीक संघर्ष वर्ष दिनलाइ समानताको पुस्ता ः अन्त्य गरौ हिंसा विभेद र असमनता भन्ने नाराका साथ यस वर्ष मार्च ८ एक महिला पर्व रहन पुगेको छ । सन १९१० को मार्च ८ मा कोपनहेगनमा विभिन्न १७ देशका सय भन्दा अधिकारवादी पतिनिधिले हरेक वर्षको मार्च ८ लाइ महिला अधिकार आन्दोलन दिवसको रुपमा मनाउदै आएका छन । वर्तमान संघीय संरचना तथा अन्य व्यवस्था वाट समेत स्थानीयतहको संरचनामा ४२ प्रतिशत महिलाको सहभागिता रहेको तथ्यांक रहे पनि विगतमा श्रम संग महिला दिवस देखिए पनि हाल समानताको अभ्यासमा विजय गर्नुपर्ने देखिन्छ । विश्वको आकंडामा समानतामा भएका प्रयासमा वर्तमान संविधान या अन्तराष्ट्रिय सन्धी व्यवस्था पनि पालनाका साथै सामाजिक अभ्यास घरै वाट शुरु गर्नुपर्ने छ ।