शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

जन ’युद्ध बिवादमा पार्ने दुःस्साहास भयो

मंगलवार , फाल्गुण ६, २०७६

लेखक : विनोद दाहाल

जनयु ’द्धको स्वमित्व म लिन्छु भनेर पुष्पकमलले भन्ने गरेका र बाबुरामले पनि त्यसै भन्ने गरेको कुराको अर्थ के रह्यो ? जनयु ’द्धको समयमा भएका घ ’टनाहरुको जिम्मेवार को हो वा कस्ले लिने ? पुनः संगठित भएर बि ’द्रोह गर्नुपर्ने अवस्था ज्युँकात्युँ छ र त्यसका लागि क्रा ’न्तिकारिहरु लागिपरिरहेको स्थितिमा १० वर्षे जनयु ’द्ध पुनः एकपटक बिवादमा परेको छ, जन ’युद्ध बिवादमा पार्ने दुःस्साहास भएको छ । गणतन्त्र कस्ले ल्याएको ? जनयु ’द्ध कस्को हो ? कुरा खुल्दैछ । ठूला फा ’ैजी कारवाही गर्नुपर्‍यो, बढाउनु पर्‍यो, सदरमुकाममा आ ’क्रमण गर्नुप¥यो भनेर गिरिजाले दैनिकजसो आग्रह गरेको कुरा आज चर्चामा छ । पुष्पकमल र बाबुरामको स्पष्टोक्ति— नि ’रंकुश राजतन्त्र बि ’रुद्ध ठूला का ’रवाहीको लागि गिरिजाको आग्रह हुने गरेको थियो । यो भनाइले राजनीतिमा तरंग नै पैदागरिदिएको छ । प्रजातन्त्रवादी र राजावादीको प्रतिक्रियावादी सत्तामा धक्का दिन र ध्व ’स्त पार्नका लागि २०५२ साल फागुन १ गते राती माओवादी पार्टीको नेतृत्वमा जनयु ’द्ध भएको थियो । १० वर्ष सञ्चालन भएको यो यु ’द्ध प्रत्याक्रमणको दोश्रो योजना लागु हुँदै गर्दा नेतृत्वले संसदवादीलाई हातलिने र राजा बिरुद्ध वर्गसंघर्ष केन्द्रित गर्दैगर्दा फौ ’जी गतिबिधिमा तीब्रता आयो तर प्रायः परिणाम असफलतामा टुंगिन पुगेको पार्टीले मुल्यांकन गर्नथालेको महशुस हुँदै थियो । किन यस्तो भयो ? पार्टी नेतृत्वले तीब्रतादिनु हाम्रो आवश्यकता हो दुस्मनको लम्बाउने योजना छ भनियो । पछि त्यसका लागि गाउँमा माओवादीलाई छोडिदिने र सदरमुकामहरुमा दरो काँडे तारबार किल्ला बनाएर बस्ने नीति द ’ुस्मनको भएकाले बाटो मोड्नुपर्ने वाध्यता आइलाग्यो भनियो । बाबुराम र पुष्पकमलले एकसाथ अहिले कुरा खोलीदिए— ७ दलको तर्फबाट गिरिजाले बारम्बार धैरै र ठूलाठूला आक्रमणको लागि भनिराखेका थिए । प्रष्ट भयो ७ संसदवादी दलहरु माओवादीको शरणमा आइपुगेका थिए । जनसेना नेपाली जनताका एकमात्र मुक्तिदाता बनेका थिए । के प्रष्ट भएको थियो भने जनयु ’द्ध आ ’तंककारी गतिबिधि थिएन, सामन्तवादवाद बि ’रुद्धको जनताको फौ ’जी मोर्चा थियो । यसले गणतन्त्र ल्यायो, जनयु ’द्धको आढमा जनता आन्दोलनमा केन्द्रित भएर राजतन्त्र फालेका थिए । त्यसैले जनयु ’द्ध नेपाली जनताको सचेत कदम थियो । खासमा जनयु ’द्धको लक्ष्य अर्कै थियो, आखिरमा गणतन्त्रमा सिमित हुनपुग्यो । सामन्तको नेतृत्वमा रहेको दलाल तथा नोकरशाही प्रतिक्रियावादी राज्यसत्ता ध्वं ’स गरेर जनगणतन्त्र नेपाल बनाउने लक्ष्य रहेको जनयु ’द्ध प्रतिक्रियावादी सत्ताको नेतृत्व मात्र फेर्ने अवस्थामा सिमित भयो । सामन्ती नेतृत्व रहेको सत्तामा दलालहरु नेतृत्वमा ल्याउँदैमा श्रमजिवी सर्वहारा वर्गको स्थितिमा कुनै परिवर्तन हुने कुरा भएन, उक्त वर्गका लागि स्थिति उस्तै छ । राज्यसत्ताबाहेक अरु कुरा भ्रम हो भन्ने नीति जनयु ’द्धका नेतृत्वबाट पुरै लत्याइयो । जनयु ’द्ध दलाल वर्गको पनि बनाउने गल्ती नेतृत्वबाट नै भयो । अन्ततः जनयु ’द्धको प्रतिफल दलाल वर्गले मात्र पाएकाले जनयु ’द्ध उनीहरुको पनि भयो, यसलाई कसरि अस्वीकार गर्ने ? एकदिन गणतन्त्रको लागि नबोलेका, कार्यक्रम नगरेका र १२ बुँदे समझदारिमा गणतन्त्रको लागि जनआन्दोलन गराउन माओवादीले राखेको प्रस्ताव अस्वीकार गरेका काँग्रेस, एमालेलगायतका दलहरुको गणतन्त्रका लागि कुनै योगदान छैन भन्ने लाग्थ्यो, हैन रहेछ, उनीहरुले गर्दा नै गणतन्त्र आएको रहेछ । वास्तवमा संसदवादीले राजाको शक्ति बि ’रुद्ध षड्यन्त्र गर्नुबाहेक कुनै बिकल्प देखेका थिएनन् र माओवादी शरणमा भित्रभित्रै पुगेका थिए । साम्राज्यवादी र विस्तारवादीले त्यसो नगर्न दवाव हाल्दा पनि उनीहरुले माओवादीसँगै मिलेर राजा बि ’रुद्ध जाने निर्णय गरिछाडे । माओवादी आ ’न्दोलन विस्तारवादीले चलाएको भ्रम दिने एकखालका मानिसले नियतबस भनेका हुन, वास्तवमा त्यस्तो थिएन । संसदवादीसँगको सहमतिपछि नै गाउँबाट माओवादीको ८० प्रतिशत सत्ताको दवाव स्वरुप जनता प्रतिक्रियावादी अखडामा उरालिएको थियो र अर्को्तिर ठूलाठूला फौ ’जी आ ’क्रमणहरु भएका थिए भन्ने तथ्यहरुले पुष्टि गरिरहेकै थिए । जनयु ’द्ध थिएन भन्ने वा वाह्य शक्तिबाट सञ्चालित थियो भन्ने एकखालका मानिस बाह्य शक्तिबाट पालित पोषित वा दरवारको तलुवा चाट्नेहरु हुन भन्न सकिन्छ । अहिले कुरा खुल्न थालेकोछ, पछिल्लो समय त जनयु ’द्ध नेतृत्वलाई संसदवादीहरुले नै सञ्चालन गरेका रहेछन् । जनयु ’द्धमा किन अपेक्षित सफलता पाउने कुरा गीर्दै गयो भन्ठानेको त उनीहरुको काशनमा चल्न थालेर पो रहेछ । फौजी कारवाही बस्तुगत आवश्यकता भन्दा परबाट वा क ’मान्डरहरुको योजनाबाट भन्दा संसदवादीलाई सत्ताको हतारोले गर्दा भएका रहेछन् । बाबुराम पनि पुष्पकमलले र्झैं भन्नथालेका छन् कि गिरिजाले ठूल्ठूला आक्रमणको लागि काशन गरिरहन्थे । फौजी गतिबिधिमा भएको क्ष ’ति अवशरवादीका लागि बाहाना बनेको थियो । नेतृत्व वा कमान्डर नै अवशरवादी भएपछि कस्को के लाग्थ्यो र, बिडम्बना भनौं जनयु ’द्ध त दलाल संसदवादमै बिसर्जित हुन पुग्यो । नीति जस्को हुन्छ नेतृत्व उसैले गर्ने नीति नेपालको कम्युनिस्ट आ ’न्दोलनमा हुन सकेको छैन । जनयु ’द्धमा पनि त्यही भएको हो । यही कारण स्वभाविक ढंगले बिसर्जनमा पुग्यो । नेपाली कम्युनिस्ट आ ’न्दोलनमा नयाँ जनवादी क्रा ’न्ति गर्ने नीति तथा कार्यक्रम पुष्पलालले ल्याएका थिए । किरणको नेतृत्वमा २०३४ तिर जनयु ’द्धको नीति पार्टीमा पारित गराए तर एमवि र लामाको नेतृत्व त्यस निर्णयतर्फ उदासिन भएकोले त्यही नीतिप्रति दृढरहँदै ऋषिराज देवकोटा आजादले बि ’द्रोह गर्न पुगेका थिए । २०४५ सालमा किरणको उक्त नीति पार्टीले पारित गरेको थियो तर व्यवहारमा जान २०५२ साल फागुनसम्म पर्खिनु प¥यो । २०५२ सालमा पनि पुष्पकमलले रुचाएर जनयु ’द्ध भएको थिएन भन्ने उनैका भनाइ बारम्बार आइरहेका छन् । उनले त्यसअघि मदन भण्डारीलाई भेटेको भए पनि जनयु ’द्ध हुने थिएन भन्ने उनको भनाई बारम्बार बाहिर आइने रहेका छन् । अझ उनले के पनि भन्ने गरेका छन् भने किरणले दवाव दिएर जनयु ’द्ध गर्नुपरेको हो । जनयुद्ध उनको नीति हैन, रहर पनि थिएन, पार्टीले पारित गरेकाले वाध्य भएर नेतृत्व लिइदिएका मात्र थिए । स्थिति यस्तो भएपछि बिसर्जनमा नपुगेर कहाँ पुगोस् त ! आखिर भाग संसदवादी दलालहरको पोल्टामा पुग्यो । जनयु ’द्धको विकाससँगै मानिस र राजनीतिक दलहरुसमेत पनि कि त राजाको शरणमा पुग्नुपर्ने हुन्छ कि त माओवादीको भनिन्थ्यो । सत्य आखिर त्यही भएको देखियो । जनयुद्ध ’ अर्कैको भएपछि जनयु ’द्ध नेपाली सर्वहारा अग्रदसताको हुन नसकेपछि परिवर्तन खोज्ने सारा जनताको साझा मुद्दा समाधान गर्ने हतियारको रुपमा हुन पुग्यो । आखिरमा के देखियो भने पछिल्ला वर्षहरुमा जनयु ’द्ध त सामन्ती राजाबाहेक सबै मिलेर गरिएको पो रहेछ, माओवादी नेतृत्वमा सबै कुरा हुनुपर्नेमा त्यो भएन ! जनयु ’द्ध त माओवादीको मात्र हो जस्तो लाग्थ्यो, होइन रहेछ । गणतन्त्र पनि माओवादी एक्लैको तागतले संसदवादीलाईसमेत दवावमा पारेर ल्याएको भन्ठानेको त हैन पो रहेछ, संसदवादी दलालहरुको योजनामा बिस्तारैबिस्तारै आएको पो रहेछ । सबै क्रा ’न्तिकारिहरु भ्रममा परे— सम्पूर्ण अधिकार नेतृत्वलाई सुम्पेर ठिकै परिणाम आउनेछ । यो त भ्रम रहेछ भनेर जब चेते त्यतिबेला ढीलो भैसकेको थियो, जनयु ’द्ध पूर्णतः बिसर्जित भैसकेको थियो । जनगणतन्त्र असम्भव भयो तर गणतन्त्र सम्भव भएको छ, त्यसको लागि सम्पूर्ण शक्ति केन्द्रित गर्नु आवश्यक छ भन्न छाडेको थिएनन् माओवादी नेतृत्वले । यो निकै महत्वपूर्ण र ऐतिहासिक छ भनेर भ्रम दिइनै रह्यो । अरु नेता कार्यकर्ताहरुका लागि पत्याइदिनु बाहेको अर्को बिकल्प पनि बाँकि थिएन । नेतृत्वलाई विश्वास गर्दा मानिसहरु गणतन्त्र आएपछि केकेन पाइन्छ भन्ठान्थे, तिनै फा ’सिस्ट संसदवादी दलालहरुले उनीहरुकै हीतरक्षार्थ ल्याएको गणतन्त्र भएर पो जनताले केही पाउन नसकेका रहेछन् । गणतन्त्र त संसदवादी दलाल र पुष्पकमल– बाबुरामको आसेपासे र भक्तहरुलाई मात्र फलिफाप बनेर आएपछि पो सबै झस्किएका थिए । पुष्पकमल र बाबुरामले एकसाथ जनयु ’द्धमा गिरिजा (७ दलको तर्फबाट)को साथ, सहयोग र निर्देशन थियो भनेपछि काँग्रेस झस्किएको छ । ७ दलले आतंककारि ज’न बिल्ला भिराएको थियो, त्यो स्वतः खारेज भैसकेको थियो । नीतिका हिसाबले आतंकारि भनिएको जनयुद्ध, जुन शब्द भन्ने इच्छा नै थिएन भन्दै अडान राखेजस्तो पनि गरिराखे, राजासमेत झुक्किएको देखिन्छ । सामन्ती राजतन्त्रको निरंकुशता बिरुद्ध जनयुद्ध साहारा भन्न उनीहरुलाई इच्छा नै थिएन झैं गरिराखे । सैद्धान्तिक दृष्टिले आफू बिरुद्ध हो जनयुद्ध भन्ठान्ने स्वीकार्ने त कुरै थिएन । पुष्पकमलको भनाइृलाई हतारमा प्रतिक्रिया दिंदै गर्दा बाबुरामबाट पनि पुष्टि भएपछि काँग्रेस आफ्नै औचित्यताको बारेमा सोच्न वाध्य भएको छ । आफ्ना सबै नीति र अडान समाप्त भैसकेको स्थितिमा अव काँग्रेस केका लागि भन्ने स्थानमा पुगेर छट्पटि गर्न पुगेको छ । नीतिगत हिसावले अव काँग्रेस प्रजापरिषदको स्थितिमा पुगेको स्वीकार्न उनीहरुलाई मुस्किल भैरहेको र छटपटि गरिरहेको छ । एमालेको पनि अव खासमा कुनै आचित्य छैन । नाम फेर्दैमा पनि औचित्य पुष्टि हुन सक्दैन । ऊ इच्छा बिपरितनै जनयुद्ध भएको स्वीकार्न वाध्य भएको छ । उस्ले क्रमशः भन्ने पर्नेछ कि यो बेलामा पनि ठूलै कुरा प्राप्त भएको छ भनेर । भलै गणतन्त्रको नाममा दलाल पुँजीवादी प्रतिक्रियावादी शासन सञ्चालन भैरहेको छ । कुरा अझै आउन बाँकि नै छ । गोञ्जालो झैं पुष्पकमलहरु पक्राउ परिसकेका थिए, इन्डियाको गोटी बनेर चल्नेगरी आत्मसमर्पण गरिसकेकाले चुनुवाङ हुँदै कथित शान्तिसंझौतामा पुगेको यथार्थ बाहिर आएको छैन ।

प्रतिक्रिया