शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

अपांगता र मेरो समाजको रुप

मंगलवार , मंसिर १७, २०७६

आजको हाम्रो समाज,यहि समाज भित्रका मानिसहरू जतिसुकै शिक्षित प्रगतिशील भयता पनी झन् आजकै समुदायमा दिनप्रति दिन अनेकौ थरीथरीका अपराधहरुले जरा गाड्दै गईरहेको उदाहरणहरु हाम्रै अगाडि छर्लङ्ग छ । समयले यौटा अनौठो कोल्टो फेरेर आज यो सताब्दिमा आईरहदा अचम्म लाग्छ । हाम्रो देश,समाज र हामी कता जादैछाै ? दिनप्रती दिन हिसां,अपराध र कुरितिले हामी र हाम्रो समाज दलदलमा गाडिदै गैरहेको छ । झनै आजको समयलाई हेर्ने हो भने हाम्रो समाजमा धेरै अपराधजन्य हिंसाहरु बढिरहेको छ । झनै महिला हिंसा बड्दो अवस्थामा छ । हामी हाम्रै घर, समुदायमा र हाम्रै बाटा,टोलहरुमा पनि स्वतन्त्र हिड्न पाउने अवस्था छैन् । कतिबेला के हुन्छ र कसैले केहि गर्ने हो की भन्ने यौटै त्रास मनमा दिनरात लिएर हिड्नु पर्ने बाध्यता छ । के यहि होत हाम्रो दिनप्रतिदिनको परिर्वतन ? यही हो त शिक्षित समाजको उपलब्धि ? आज यौटी छोरी आफ्नै घर परिवारबाट सुरक्षित छैन । जताजतै हिंसा नै हिंसा अपराध,दुराचार ।

अझ अपाङ्गता भएका महिलामा त यस्ता हिंसाजन्य अपराधहरु झनै जटिल रुपमा रहेकोे पाईन्छ । अपाङ्ग भएकै कारण उनिहरुलाई अपहेलना गर्नु,अपशब्द बोल्नु,सहयोग गर्ने हेतुले अस्लिल अंगहरुमा छुनु उनिहरुका हक, अधिकार प्रर्ती ओकालत नगर्नु यस्ता कति समस्यामा उल्झिनु परेको छ । बिशेषत बिकट गाउँ बस्ती दुरदराजमा भएका अपाङ्गताहरुमा कैयौँ समस्या छन् । आजको दिनलाई हेर्ने हो भने त गाउँ गाउँमा मात्र नभई अझ् शहरी क्षेत्रमा पनि यस्ता समस्या जटिल रूपमा देखिएको छ । अपाङ्गता भएका महिला । त्यसमा पनी दृष्टि बिहिन,बहिरा,बौद्धिक अपाङ्गताहरुमा यौनजन्य र अन्य हिंसा झन् बिक्क्राल रुपमा छ । यस्ता कैयौ हिंसाहरु छन् । तर उनिहरुले आफु प्रती भएको घटनाको नत बिरोध नै गर्न सक्छन्,नत आवाज उठाउन । आफु प्रती भएको र्दुब्यवहारको प्रतिकार कसरी र कहाँ गर्ने ? ति आवाज बिहिनका आवाज र दृष्टि बिहिनका दृश्य बनिदिने,सुनिदिने खै काे ? आफ्ना समस्यालाई भित्रै दवाई टुलुटुलु हेरेर बस्न शिवाय खै उपाय ? आफु भित्र घटेको घटना सुनाए पनी यहाँ कसले बोलिदिने,कस्लाई फुर्सद ? अपाङ्गता भएकाहरुको समस्यालाई उठान गर्न र समाधान गर्ने समस्यालाई केलाउने बल्लतल्ल सहास हिम्मत गरेर यस्ता समस्यको भर्सना गर्नुपर्छ भनेर आवाज उठाय,समस्या ल्याय भने पनि त आवाज सुनिदिने चै को ? अपाङ्गता मानिस यो देश समाजका नागरिक हैनन् र ? यदि हुन भने उनिहरुलाई न्याय खैत ? सकेसम्म घटना भित्र भित्रै दबायो,नत्र जोसुकै होस अपाङ्गलाई केको न्याय यिनिहरुले के नै गर्छन र यहाँ मानिसको सोच यति सम्म आयर रहेको पाईन्छ । अपाङ्गताहरु पनि यहि देशका नागरिक हुन् । उनिहरुलाई पनि आमनागरिक झै बाच्न पाउने र अन्य कार्यमा सहभागी हुन पाउने हक अधिकार उत्तिकै छ,भनेर बुझ्नेहरु धेरै कम भेटेको छु समाजमा ।

म आफु पनि शारीरिक रुपमा अपाङ्गता भएको महिला हु । मैले पनि अपाङ्गता भएकै कारण कैयौ घटनाको सामना गर्नु परेको छ । शारीरिक रुपमा केहि कठिनाई भएको कारण यो समाजका मानिसले हेर्ने दृस्टिकोण नै फरक र अपशब्द बोल्ने यिनिहरुले के गर्न सक्छन र ? बिचरा परिवार आफ्न्त, समाजको बोझ्,बाँचेको कुनै अर्थ नै छैन, पुर्ब जन्मको स्राप, अनि पाप भोग्नु परेको । यस्ता कुराहरु वाणहरु सुन्दै आईरहेको छु । अझ शारीरिक कठिनाई भएको देखेरै कतिपय मानिसहरू त सहयोग गर्ने बहानाले नजिक हुने र छुन खोज्ने लोभ लालच र प्रलोभन देखाउने जस्ता क्रियाकलाप पनि झेल्नु नपरेको कहाँ हो र ? बाटो, गाडी, जुनसुकै ठाउँमा पनि यस्ता समस्या बिछिप्टै भेटिन्छन् । शरिरको कुनै अंगले पो काम नगरेको होत । अरु सबै अंग सक्रिय रहेका छन् । अरु सरह हामिले पनी सामाजिक र अन्य कर्यमा सहभागी हुन सक्छौ। अरु सरह सबै कार्य गर्न पनि सक्छौँ । कोही पनी मानिस कुनै कुरामा पुण हुदैन । हर कोहिमा केहिन केहि क्षमता अवस्य पनि हुन्छ । शारीरिक रुपमा सवल भएका मानिस सरह अपाङ्गता भयका मानिसले पनि यो समाजमा उदाहरणिय कार्य गरेको हाम्रो अगाडि कयौ उदाहरणहरु छर्लङ्ग छन् । अपाङ्गता नत पुर्ब जन्मको स्राप नत पाप हो । यो त बस् यौटा अबस्था मात्र हो । जो हरकोईमा आउन सक्छ । आज तपाईमा छ,भोली म मा हुनसक्छ । आज म मा छ,भोली अरु कोहिमा हुनसक्छ । दिनप्रतिदिन यसरी हिंसा जन्य कार्य बड्दै गैईरहदा भोली यो समाजले कस्तो रुप लिने हो ? हामी यसरी नै त्रास जन्य जिबन कहिले सम्म बाच्ने ?

अव हामिले यस्ता खालका हिंसाजन्य क्रियाकलाप रोक्नको लागी आफुले पनि केहि गर्न सक्छौ भन्ने धारण बिकास गर्नु आवस्यक छ । आखिर कतिदिन सम्म अर्काको मुख ताक्ने ? जब हामिले आफुबाट परिवर्तन गर्न सुरु गर्छौ,तब मात्र परिवर्तन सम्भब हुन्छ । तैसैले सोच बदल्यौ । हर कोहिलाई सम्मान गरौ र आफु पनि सम्मानित बनौ ।

प्रतिक्रिया